विराटनगर । बहुआयामिक सेवा प्रदान गर्दै आएको विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिलाको उपचारमा सहुलियत दिएको छ । अस्पतालले फाल्गुण १८ देखि चैत्र १८ ९मार्च १ देखि ३१० सम्म सहुलियतमा उपचार गर्ने स्किम लिएर आएको हो ।
एक महिनासम्म अस्पतलाले निःशुल्क रुपमा स्त्री रोग तथा प्रसुतीको ओपीडि सेवा सुचारु गरेको छ । स्त्री तथा प्रसूती रोग सम्बन्धी समस्या भएर स्वास्थ्य परामर्शको लागि ओपीडिमा आउने विरामीको निःशुल्क र ल्याब परीक्षणमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । त्यसै गरि महिलाहरुको लागी सम्पुर्ण उपचारमा १० प्रतिशत छुट प्रदान गरिने गरिएको अस्पतालले जनाएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर मार्च ८ मा मनाउने गरिन्छ । ७० प्रतिशतभन्दा बढी महिला कर्मचारी रहेको तथा महिलाकै नेतृत्वमा सन्चालित न्युरो अस्पतालले विगत सात बर्ष देखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विभिन्न सचेतना मुलक कार्यक्रमहरु गर्दै आएको छ । महिलाहरुको सम्मानको लागि अस्पतालमा आउने विरामीहरुलाई छुटको सुविधालाई यस पटक पनि निरन्तरता दिएको अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्टले जानकारी दिइन् । बहुआयामिक सेवा प्रदान गर्दै आएको न्युरो अस्पतालमा भर्खरै ६ तल्लाको नयाँ भवन थप सहित नयाँ एमआरआइ मशिन जडान गर्दे सुपरस्पेशियालिटी सेवाहरु शुरु भइरहेको छ । अस्पतालले बिराटनगर महानगरपालिका वडा नं ८ र १० का सम्पुर्ण बासिन्दाहरुको लागी स्वास्थ्य सेवालाई सर्वसुलभ बनाएको छ ।
बिराटनगर ८ र १० का सम्पुर्ण बासिन्दाहरुले न्युरो अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । त्यसै गरि निःशुल्क एम्बलेन्स सेवा तथा वडाको आग्रहमा निःशुल्क स्वास्थ्य शिविर पनि गर्ने भएको छ । एक कार्यक्रम बिच न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई तथा बिराटनगर ८ र १० वडा अध्यक्षद्वय क्रमश राम पोखरेल तथा अर्जुन गिरीले समझौता पत्रमा हस्ताक्षर गरेका छन् । आम सेवाग्राही मामाझ स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन बिराटनगर महानगरपालिकाका अन्य वडाहरुसँग पनि यस्तै प्रकारको सम्झौता गर्ने योजना रहेको अपरेशनल डाइरेक्टर राजेश भट्टराइले बताए ।
विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सिपिआर तथा क्यान्सर रोग बारे सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा उक्त कार्यक्रम शुक्रबार विराटनगरस्थित होटल स्वागतममा आयोजना गरेको हो ।...
काठमाडौं, १३ मंसिर-नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रतिवेदन खारेजयोग्य भएको जवाफ दिएका छन् । सचिवालय बैठकमा आज प्रतिवेदन पेस गर्दै ओलीले प्रचण्डको प्रतिवेदनलाई कृत्रिम आरोपको संगालो भनेका...
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिमा नयाँ नेतृत्व चयन भएको छ ।विराटनगरमा शनिबार सम्पन्न भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि...
बाँके, २७ वैशाख-भारतमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए । भारत...
विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...
विराटनगर । मोरङको बुढिगंगा गाउँपालिका – ४ स्थित कोशी लोकमार्गमा सवारी चालक तथा सह–चालकहरुको स्वास्थ्य परिक्षण तथा लापसे जाँच गरीएको छ । सवारी दुर्घटना रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले उक्त...
काठमाडौं, २७ वैशाख-सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले भारतले नेपालको सार्वभौमसत्ताको अवमूल्यन गरेको जनाएका छन् । शनिबार अवेर विज्ञप्ति जारी गर्दै यस्तो जनाएका हुन् । नेपालको भूमि लिपुलेकमा बनाइएको सडक भारतीय...
काठमाडौं, १६ कात्तिक । कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आगामी साताको एपिसोडसँगै उक्त सो बन्द हुन लागेको हो । कार्यक्रममा...