भव्य भयो ‘मोर्डन एरा लिटल च्याम्प्स’, दिवस, अनुसुया, सृष्टिका र आभा भइन् बिजेता

 न्यूज विराट
भव्य भयो ‘मोर्डन एरा लिटल च्याम्प्स’, दिवस, अनुसुया, सृष्टिका र आभा भइन् बिजेता

विराटनगर । विराटनगरस्थित मोर्डन एरो स्कुलमा ‘मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता सम्पन्न भएको छ । स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी मोर्डन एरा लिटल च्याम्प्स सम्पन्न भएको हो ।

छुट्टा –छुैट तीन विधामा मोर्डन एरा लिटल च्याम्प्स प्रतियोगिता भयो । सिंगीनतर्फको प्रथम दिवस न्यौपाने, डान्सिङ्ग सिनियरतर्फको प्रथम अनुसुया पौडेल, जुनियरतर्फको प्रथम सृष्टिका पराजुली र मोडलिङतर्फको प्रथम आभा चौधरी भइन् ।
सिंगीनतर्फको पब्लिक च्वाइस एवार्ड अभिनव दाहाल, डान्सिङ्ग सिनियरतर्फको सिनियर पब्लिक च्वाइस एवार्ड रिपुजा आचार्य, जुनियरतर्फको पब्लिक च्वाइस एवार्ड सदिक्षा खड्का घोषित भइन् ।

मोडलिङतर्फको प्रथम रनरअप लिजा खत्री, सेकेन्ड रनरअप सम्पदा पराजुली र पब्लिक च्वाइस एवार्ड करुना बस्नेत भइन् ।
उक्त प्रतियोगिताको सिंगिनमा ८ जना, डान्सिङमा १३ जना र मोडलिङमा १२ जना प्रतियोगि फाइनलमा पुगेका थिए । प्रतियोगिताको डान्समा रुपेश विश्वास, प्रकाश तिम्सिना, गायनमा सुमन श्रेष्ठ, मोडलिङमा इश्वर बास्कोटा र सन्चिता महतो निर्णायक रहेका थिए ।
स्कुलले अभिभावक दिवसको अवसर पारेर प्रत्येक वर्ष विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको प्रिन्सिपल इन्द्र बहादुर राईले जानकारी दिए । शनिबार भव्य कार्यक्रम आयोजना गरी अभिभाव भेला सम्पन्न गर्ने उनले बताए । अभिभावक दिवसको अवसरमा मोर्डन एरा अध्ययन गरेका पाँच जना विद्यार्थीहरुले एमबीबीएसमा छात्रवृत्तीमा नाम निकाल्नेहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ । जसमा आयूषा पोखरेल, अमित यादव, नितेस पोखरेल, निरज रेग्मी र रोहन खतिवडालाई सम्मान गर्ने भएको हो ।
सोही अवसरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । मोर्डन एरा च्याम्सको उद्घाटन पूर्व सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले गरे ।

सम्बन्धित समाचार

कोशी प्रदेश टप गर्ने विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ । कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो...

आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन...

नेकपाको आयोजनामा बृहतरुपमा बक्षारोपण गरिँदै, मोरङका ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गर्ने

विराटनगर, असार ९–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिने भएको छ । जननेता मदन भण्डारीको ६९ औँ जयन्तिमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गर्रौ, वातावरणको सुधार गरौ’ भन्ने नाराका...

सामाजिक युवा अभियन्ता राहुलले आश्रममा पुगेर मनाए जन्मदिन

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित...

इटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

विराटनगर, ९ असोज । सुनसरीको  इटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा...

सञ्चार क्षेत्रका लागि विशेष प्याकेज ल्याउन प्रेस युनियनको आग्रह

नेपाल प्रेस युनियनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण मुलुकको सञ्चार क्षेत्र र सञ्चारकर्मीसमेत प्रभावित भएको भन्दै विशेष राहतको प्याकेज ल्याउन सरकारलाई आग्रह गरेको छ । युनियनका अध्यक्ष बद्रि सिग्देलले आज एक विज्ञप्तिमार्फत...

२४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना

काठमाडौं, ८ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४६...

अमेरिकन आइडलका प्रतिष्पर्धी दिवेशको समर्थनमा र्‍याली

काठमाडौं, २७ वैशाख-अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा र्‍याली गरिएको छ । यो सिजनको टप टेनभित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौंमा ब्यानरसहित र्‍याली गरिएको हो । गायक दिवेश पोखरेलकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्