तेली कल्याणले निःशुल्क विवाह गरिदिने

 न्यूज विराट
तेली कल्याणले निःशुल्क विवाह गरिदिने

विराटनगर । तेली कल्याण समाज मोरङले आर्थिक अवस्था नाजुक भएका परिवारको छोरा–छोरीको निःशुल्क विवाह गरिदिने भएको छ । आर्थिक अवस्था नाजुक भएर विवाह गर्न नसक्ने परिवारका छोरा छोरीहरूको निःशुल्क विवाह गरिदिने व्यवस्था गरेको हो ।
समाजका आजिवन सदस्य विजय कुमार साह र उनका श्रीमती नमिता साहले विवाहको खर्च व्यवस्थापन गरिदिने भएका छन् । समुदायका केही जोडिहरुको विवाह निःशुल्क रुपमा समाजले गरिदिने निर्णय गरेको तेली समुदायका तथा कल्याण्ड समाजका अध्यक्ष डा. बालकृष्ण साहले बताए ।

‘यसका लागि अभिभावकहरु (बिशेषतः बधुपक्षले) समाजलाई विवाहको खर्च जुटाउन नसक्ने भनेर आग्रह गरे पछि समाजले परम्परा अनुसाह यज्ञ गरेर विवाह गराईदिने भएको हो,’ अध्यक्ष साहले भने । विवाहको जन्तभोज,यज्ञ सामग्री, ब्राह्मण–ठाकुरलाई दान, कन्यादानको पहिरन (वर–वधुको लुगा), अन्य सामग्री र आभुषण समेतको व्यवस्थापन समाजले नै जुटाइदिने गरी विवाह गराउने भएको हो ।

‘यस विवाहका लागि वर–वधु तय गर्ने उनीहरुका अभिभावकले नै गर्नेछन् र कानुनले तोकेको उमेर लगायतका मापदण्ड पूरा भएको हुनुपर्छ । विवाह पश्चयाच समाजको कुनै हस्तक्षेप वा सरोकार, जिम्मेवारी रहने छैन । कुनै किसिमको दहेज, दाइजो लिन–दिन नपाउने तर विवाह पश्चयात नवदम्पतीलाई आशिर्वाद संगै स्वेच्छाले केही उपहार दिन पाउने छन्,’ अध्यक्ष साहले भने, ‘ विवाहमा कन्यादान गर्ने अवसर प्रायोजकले प्राप्त गर्ने छन् । एक जोडिको विवाह पनि गर्ने भए पनि सामुहिक विवाहलाई प्राथमिकता राख्ने हामीले तयारी गरिएको छ ।’
विवाहको लागि वर–वधु वा उनका अभिभावकले तेली कल्याण समाजका जिल्ला समिति वा कुनै पनि समितिमा सम्पर्क गर्न सक्ने अध्यक्ष साहलेब ताए ।

सम्बन्धित समाचार

प्रथम रविदानन्द चौधरी कप : फाइलनमा विराट र रंगशाला भेट्रान भिड्ने

विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिताको उपाधिको लागि विराटनगरको विराट युनाइटेड भेट्रान र रंगशाला भेट्रानबीच प्रतिस्पर्धा हुने भएको छ । मोरङको ग्रामथान गाउँपालिका – ७ गणेश माविको खेल मैदानमा आइतबार सम्पन्न...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

विराटनगरको शिक्षादीपका विद्यार्थीले थाले जलबायु परिवर्तनबारे अनुसन्धान

विराटनगर । जलबायु परिवर्तनबारे विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीले अनुसन्धान गरेका छन् ।कक्षा ११ को जीव विज्ञान समूहका विद्यार्थीले जलवायु परिवर्तनका बर्तमान मुद्धाहरुबारे अनुसन्धान गरि समाधानको उपायहरु पनि सुझाएका छन् । आठ समूहमा विद्यार्थीले गरेको अनुसन्धान...

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ । पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल...

विराटनगरको बसपार्कमा तरवार प्रहार, विजय कामत घाइते

विराटनगर । गुण्डागर्दीमा संलग्न विराटनगर ११ का रेगन कँडेलले तरवार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका छन् ।विराटनगर– ११ बसपार्कमा मंगलबार राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर १२ का विजय कामतलाई...

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान तिव्र

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ ।एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ । मतदातालाई...

२४ घण्टामा कोरोना संक्रमणबाट ४ महिला र २ पुरुषको निधन

काठमाडौं, १८ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप ६ व्यक्तिको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । निधन हुनेमा महिला ४ जना छन् भने पुरुष २ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

चितवनमा स्कर्पियो दुर्घटनामा १ जनाको मृत्यु, २ गम्भीर

हेटौंडा, १५ असार-नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत् सत्रकिलो भन्ने स्थानमा ग्यास बुलेट र स्कर्पियो एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार नै दुर्घटनामा परेको छ । स्कर्पियोमा कृष्णसहित पत्नी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्