मिटरब्याजी सुनिल साहविरुद्ध दिए पीडितले उजुरी, आइतबारदेखि छलफल हुने

 न्यूज विराट
मिटरब्याजी सुनिल साहविरुद्ध दिए पीडितले उजुरी, आइतबारदेखि छलफल हुने

विराटनगर । विराटनगर १८ का मिटरब्याजी ५३ वर्षिय सुनिल कुमार साह विरुद्ध पीडितहरूले उजुरी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङमा ६ जना पीडितहरूले मिटरब्याजी साहविरुद्ध बुधबार उजुरी दर्ता गराएको हो ।

साहबाट पीडित भएकाहरू विराटनगर १८ दमादीगीका ४८ वर्षीय दिलीप कुमार अमात, सोही ठाउँका ६८ वर्षीय महेश लाल मण्डल,४५ वर्षीय मिनादेवी मण्डल, ४५ वर्षीय रमानन्द मण्डल, ४५ वर्षीय खिकीरी देवी साह र ४७ वर्षीय नारयण साहले मिटरब्याजी साहविरुद्ध उजुरी दिएको छन् । पीडितहरुले जग्गा फिर्ता गरि मिटरब्याजमा ऋण लगानी गरि गरिवलाई उठिबास लगाउनेलाई कारवाहीको दायारमा ल्याउनुपर्ने मागसहित प्रशासनमा उजुरी दर्ता गराएको विराटनगर महानगरपालिकाकी कानुन शाखाकी प्रमुख शारदा थपलियाले बताइन् ।
‘पीडितहरूले महानगरपालिकाको न्यायीक समितिमा उजुरी दिएपछि यहाँको क्षेत्रअधिकार भित्र नपरेपछि उपप्रमुख ज्यूको पहलमा मोरङ प्रशासनमा उजुरी दिएको हो,’ उनले भनिन्, ‘अहिले उजुरी दर्ता भएको छ । थप प्रक्रिया अगाडी बढाउने प्रमुख जिल्ला अधिकारीले भन्नुभएको छ ।’
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले उजुरी दर्ता भएकोले थप प्रक्रिया अगाडी बढाउने बताए । ‘आइतबादेखि प्रक्रिया अगाडी बढछ,’ उनले भने, ‘पहिलो चरणमा दुवै पक्षबीच छलफल हुनेछ । छलफबाट सहमभि भए उजुरीको प्रक्रिया टुगिन्छ,’ उनले भने, ‘नभए जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी पढाइन्छ र थप अनुसन्धानपछि कारवाहीको प्रक्रिया अगाडी बढनेछ ।’

सम्बन्धित समाचार

कृषि विकास बैंक क्षेत्रीय कार्यलयद्धारा सामग्री हस्तान्तरण

विराटनगर, २४ असार । संखुवासभाको मकालु गाउँपालिका हेदाना ३ गोलेचौर स्थित हिमालय माध्यमिक विद्यालयलाई विभिन्न सामाग्री हस्तान्तरण गरिएको छ । सो विद्यालयलाई कृषि विकास वैंक लिमिटेडले संस्थागत उत्तरदायित्व अन्तर्गत डेल कम्पनीको ल्यापटप ५ थान ,...

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लबले शिविर आयोजना गरेको हो । नोबेल मेडिकल कलेजका डाक्टर र...

१४ औं प्याब्सन स्पोर्ट्स मिट हुने, तीन हजार बढी विद्यार्थीले भाग लिने

विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट सुरू हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा शुक्रबादेखि प्याब्सन स्पोट्र्स मिट हुने भएको हो । प्याब्सनले मंगलबार पत्रकार सम्मेलन गरी...

आरोहण गुरुकुलमा दार्जिलिङका कवि सुब्बा प्रस्तुत

विराटनगर, चैत १–भारतको दार्जिलिङका चर्चित कवि मनप्रसाद सुब्बा विराटनगरस्थित आरोहण गुरुकुलमा प्रस्तुत भएका छन् । आरोहण गुरुकुलको मासिक काव्यारोहण शृंखलाको पाँचौं भागमा सुब्बा प्रस्तुत भएका हुन् । शनिबार भएको कार्यक्रममा सुब्बाले ‘म कहिले बुद्ध हुनु’,...

लकडाउनमा ५ हजार विदेशी फिर्ता

काठमाडौं, २८ वैशाख-कोभिड-१९ को जोखिम औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आआफ्नो मुलुक फर्केका छन् । नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा चार्टर फ्लाइटमार्फत् शनिबारसम्म विभिन्न मुलुकका...

मोहम्मद आफताव आलमका भाइ पक्राउ गर्न गएको प्रहरी टोलीले चलायो १२ राउण्ड गोली

काठमाडौं, ९ जेठ-रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम...

कोरोना जनसुरक्षा कोषमा सुर्य नेपालको १ करोड सहयोग

विराटनगर, २ साउन–नेपालको औद्योगिक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आएको सुर्य नेपाल प्रा. लि ले प्रदेश नं. १ सरकारले स्थापना गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा १ करोड रुपैयाँ योगदान गरेको छ । सुर्य नेपालले कोरोना...

७ जिल्ला कोरोना फ्रि, ३ मा ५ सयभन्दा बढी संक्रमित

काठमाडौं, ५ साउन-शून्य कोरोना संक्रमित भएका जिल्लाको संख्या ७ पुगेको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयको कोभिड-१९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका ७ जिल्ला कोरोना फ्रि भएको बताए । उनका अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्