उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

 न्यूज विराट
उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजको सम्मान र पुरस्कार

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र नगद पुरस्कार वितरण गरेको छ ।
कलेजले लिएको दोस्रो त्रैमासिक परीक्षमा उत्कृष्ट हुने १३८ जना बिद्यार्थीलाई मंगलबार सम्मान र पुरस्कार वितरण गरेको हो ।
सम्मानित हुने १ सय १८ जना विज्ञान संकाय र २० जना ब्यवस्थापन २० संकायका कक्षा ११ र १२ का विद्यार्थीहरू रहेको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कलेजले निश्चित मापदण्ड तय गरी उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । कक्षा ११ र १२ मा २ हजार ५ सय विद्यार्थीहरू अध्ययरत रहेका मध्ये ७५ प्रतिशत अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरेको कलेजले जनाएको छ । उत्कृष्ट मध्ये पनि प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट दशभित्र पर्ने ४२ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको छ ।
६० प्रतिशत अंक ल्याउने तीन सय भन्दा बढी विद्यार्थीहरुलाई कलेजले यसअघि छात्रवृत्ति प्रदान गरिएको जनाएको छ ।
कोशी प्रदेशभित्र कक्षा ११ मा सबैभन्दा बढी विद्यार्थी भर्ना हुने कलेजको रुपमा चिनिएको शिक्षादीपले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणलेले यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङमा पनि छात्रवृत्तीमा नाम निकाल्न सफल छन् । त्यसैले गर्दा कलेजले हप्ताको प्रत्येक शनिबार मेडिकल र इन्जिनियरिङको तयारि कक्षा हुने गरेको प्रिन्सिपल खड्काले बताए ।

११ र १२ कक्षाका विद्यार्थीहरुको लागि तयारी कक्षा पनि सुरु गरिएको कलेजले जनाएको छ । ‘विद्यार्थीहरूलाई दक्ष प्रध्यापक र शिक्षकहरूबाट पठनपाठन र विद्यार्थीहरुको मेहनतको कारणले कलेजले सफलता लिएको हो,’ प्रिन्सिपल खड्काले भने, ‘हामीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसुर बाँकी रहेको छैन । विद्यार्थीहरुको इच्छा र चाहना हामीले शिक्षामा पु¥याएका छौं ।’
उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार र सम्मान कलेजका प्रिन्सिपल खड्का, विज्ञान संकायका संयोजक नवीन रोय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशकहरु शैलेन्द्र सिवाकोटी, भुपेन्द्र दाहाल र रामचन्द्र अधिकारले वितरण गरेका थिए ।

सम्बन्धित समाचार

मुख्यमन्त्री गुरुङको आरडीटी पोजिटिभ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आरडीटी विधिबाट गरिको परीक्षण्मा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार गरिएको आरडीटी परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो । आरडीटी पोजिटिभ आएपछि पीसीआर परीक्षण गर्न उनको स्वाब मंगलबार राति...

संविधान शंसोधन गरिएकोमा खुशियाली

विराटनगर, जेठ ३१-प्रतिनिधिसभाले निसान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुसीयाली मनाइएको छ । निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि विराटनगरमा पनि खुशियाली...

मन्त्री घिमिरे र राज्यमन्त्री गजमेरको विदाई

विराटनगर, १२ पुस-प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको आइतबार विदाई गरिएको छ । बर्तमान राष्ट्रिय राजनीति घटनाक्रममा कारण मन्त्रीको जिम्मेवारीमा रहेर कार्यगर्ने सक्ने अवस्था नभएको भन्दै उनीहरुले आइतबार विहान...

कोरोना नियन्त्रणमा केन्द्रित हुन दिगो विकास समितिको सरकारलाई निर्देशन

काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी...

रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लिदै (फोटोफिचरसहित)

रतुवामाई । रतुवामाईमा एमालेको पक्षमा जनलहर उर्लेको छ । चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा एमालेको पक्षमा उर्लिएको जनलहरले रतुवामाईमा एमाले धेरै बलियो देखिएको नेताहरूले दावी गरेका छन् । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा...

दोस्रो मिल्स भेट्रान्स गोल्डकपको उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको ग्रामथान भेट्रान्सले जितेको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेको हो...

प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरी निरीक्षक दिनेश गौतम घाइते

नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । त्यस समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गर्न शंखमूलस्थित निवासमा पुगेको प्रहरीको टोली र नेकपाका कार्यकर्ताबीच झडप हुँदा सादा पोशाकमा खटिएका महानगरीय अपराध महाशाखाका प्रहरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्