सकियो ‘एभरेष्ट कार्निभल’, पाँच हजार बढीले गरे अवलोकन
सोमबार, ०७ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट स्कुलले आयोजना गरेको एभरेष्ट कार्निभल २.० सम्पन्न भएको छ । ५ फागुनदेखि सुरु भएको कार्निभल सोमबार विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफूहरुले सिकेका विज्ञानसम्बन्धि विभिन्न अन्वेशणहरुलाई प्रदर्शनीमा राखेका थिए । अभिभावकलाई सम्बन्धित परियोजनाहरुको विषयमा जानकारी गराउँदै विभिन्न खेल खेलाएर मनोरञ्जन प्रदान गरे । रोबर्ट, अटोमेटिक सेन्सरयुक्त कारदेखि लिएर एण्टि थेप्ट साइरन, आगलागि सम्बन्धि जानकारी दिने उपकरण जस्ता उपकरणहरु प्रर्दशनीमा राखिएको थियो । विभिन्न ३५ वटा स्टलमा विद्यार्थीहरुले आ–आफ्ना समूहगत परियोजनाहरु प्रदर्शनीमा राखेका थिए भने, करिब ५ हजार भन्दा बढीको संख्यामा उपस्थित अभिभावकहरु बालबालिकाको प्रतिभा अवलोकन गर्दै मनोरञ्जन लिइरहेका थिए ।
बालबालिकाका विभिन्न परियोजना कार्यहरु, सांस्कृतिक कार्यक्रम र गायन, तथा नृत्य हेर्दा एभरेष्ट स्कुलले बालबालिकाको सर्वाङ्गिण विकासमा ध्यान दिएको अनुभूति भएको उनले प्रतिक्रिया दिए । एभरेष्ट स्कुलका प्रिन्सिपल टिकाराम पुरीले बालबालिकालाई संस्कारयुक्त बनाउनुपर्ने बताए । कार्निभललाई सम्वोधन गर्दै उनले बालबालिका बौद्धिक भएर मात्र हुँदैन, संस्कारयुक्त समेत हुनुपर्ने बताए । विद्यार्थीले संस्कार सिक्ने पहिलो पाठशाला घर नै भएको भन्दै उनले अभिभावकहरुलाई सोहि अनुसारको वातावरण तयार गरिदिन आग्रह गरे । संस्कार नभए नैतिकता, नैतिकता नभए बौद्धिकताको अर्थ नरहने भन्दै उनले एभरेष्टले शिक्षासँगै सीप र संस्कारलाई समेत प्राथमिकतामा राखेको बताए । प्रिन्सिपल पुरीले बालबालिकालाई नैतिकवान बनाउन कक्षा ६ देखि ९ सम्म नैतिक शिक्षाको पाठ्यक्रम नै तयार गरेर अध्यापन समेत गराउँदै आएको बताए ।
श्रेयांश, आरोही र युनिशालाई एभरेष्ट सिङ्गिङ आइडलको उपाधि एभरेष्ट सिङ्गिङ आइडलको कक्षा १ देखि ५ सम्मको समूहबाट कक्षा ५ कंचनजंघाका श्रेयांश खड्काले उपाधि जितेकी छिन् ।सोहि कक्षाका निपुन काफ्ले दित्तिय र कक्षा ३ गौरीशंकरका आर्यमन दुलाल तृतीय भए । यस्तै कक्षा ६ देखि ८ को समूहबाट कक्षा ६ माछापुच्छ्रे की आरोही तिम्सिना प्रथम, कक्षा ८ धौलागिरीकि कृषा पोखरेल दित्तिय र कक्षा ६ सगरमाथाका शिवम् पगैया तृृतिय भए । कक्षा ९ देखि १२ सम्मको समूहबाट कक्षा ९ अन्नपूर्णकी युनिशा न्यौपानेले उपाधि जितिन् । कक्षा १२ स्मिथकी आर्या गुभाजु दित्तिय हुँदा कक्षा ९ सगरमाथाकी स्मारिका आचार्य तृतिय भइन् । तीनवटै समूहका प्रथम दित्तिय र तृतियले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफि प्राप्त गरेका छन् ।
काठमाडौं, फागुन ८–सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सो अडियो टेपमा सेक्युरिटी प्रेस खरिद...
विराटनगर, १३ फागुन । विराटनगरबाट एक अधिकृत घुससहित पक्राउ परेका छन् । औषधी व्यवस्था विभाग विराटनगरका फामेर्सी अधिकृत सरोज सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । बिहीबार अपरान्ह...
जनकपुर, ३ असार-प्रदेश–२ मा आज एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । आज एकै दिनमा प्रदेश– २ मा २१ जना महिला र ३ सय २७ जना पुरुष गरी कुल ३ सय ४८...
विराटनगर, ३ कात्तिक–युएनडीपीले ७५ लाख बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बैजनाथपुर आईसोलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण...
विराटनगर, ८ असोज । झापाको छुट्टा छुट्टै स्थानबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिका का २७ बर्षीय रोशन सुबेदी, २८ बर्षीय सुमन कार्की र भारत दार्जिलिङका...
नेकपा एमालेले वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । एमालले पार्टीले सोधेको स्पष्टीकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि दुवै पार्टी सदस्यबाट निलम्बन गरेको हो । पार्टी साधारण सदस्यबाट नै...
काठमाडौं, २२ फागुन । नेकपा संसदीय दलको बैधानिक बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा संसदीय दलको बैठक बस्न लागेको हो । आजको बैठकले पुनर्स्थापित प्रतिनिधिसभामा कसरी प्रस्तुत हुने भन्ने निर्क्यौल गर्नेछ । बैठकमा...
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...