सिटिभिटीले लिएको लेभल टूको परीक्षा विवादमा, केन्द्र सारेर पुनः परीक्षा लिन माग
सोमबार, ०७ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । प्राबिधिक तथा व्यवसायिक तालिम परिषद् (सिटिभिटी) ले सौन्दर्यकर्मीहरुको लागि सुरू भएको लेभल टूको प्रयोगत्मक परीक्षा विवादमा परेको छ । ३ फागुनदेखि विराटनगरमा सुरु भएको प्रयोगत्मक परीक्षा विवादमा परेको हो ।
परीक्षा निष्पक्ष हुन नसकेको आरोप लागउँदै राष्ट्रिय सौन्दयकर्मी यूनियन नेपाल विराटनगर महानगरले सोमबार पत्रकार सम्मेलन गरी परीक्षा केन्द्र सारेर पुनः परीक्षा हुनुपर्ने माग राखेको छ । सौन्दर्यकर्मीहरुको लागि विराटनगर ११ प्राइम इन्स्टिच्युटमा परीक्षा केन्द्र तोकेर परीक्षा भइरहेको छ । सिटिभिटीले लिने परीक्षा ३ फागुनदेखि ९ गतेसम्म सुरु हुने कार्यतालिका रहेको छ ।
प्रत्येक दिन १० जना सिट संख्या तोकिएर परीक्षा लिन सुरु गरिएको छ । दैनिक ८ घण्टासम्म प्रयोगत्मक परीक्षा हुने गरेको छ । पहिलो दिन १० जनाको सिट संख्यामा तीन जना मात्र परीक्षार्थी आए । दोस्रो दिन प्रयोगत्मक परीक्षामा ८ जना सामेल भएका थिए । त्यस दिन सामेल भएका परीक्षार्थीहरूमध्ये केही लाई छुट्टै गोप्य कोठामा राखेर उनीहरुलाई मात्र परीक्षामा उत्तिर्ण गराउने उद्देश्य अनुरुप परीक्षा लिएको सौन्दर्यकर्मी यूनियन नेपाल विराटनगर महानगरपालिकाकी अध्यक्ष भली सुब्बाले बताइन् । ‘प्रयोगत्मक परीक्षा परीक्षार्थीहरूलाई एकै ठाउँमा राखेर लिनुपर्ने हो । तर, ४ फागुनमा लिएको परीक्षामा परीक्षार्थीहरूबीच विभेद गरिएको पाइएको छ । जुन सरासर गलत अभ्यास हो,’ अध्यक्ष सुब्बाले भनिन् ।
यसअघि पनि प्राइम इन्स्टिच्युटमा भएको परीक्षाहरू निष्पक्ष र व्यवस्थित नभएको युनियनको आरोप छ । अहिले सुरु भएको दोस्रो दिनको प्रयोगत्मक परीक्षामा पनि परीक्षार्थीहरुलाई मूल्याङ्कनकर्ताहरुले प्रयोगात्मक परीक्षा दिने क्रममा क्रस प्रश्न सोधेर अत्याउने गरेको अध्यक्ष सुब्बाले बताइन् । ‘भाइबा’ (मौखिक प्रश्न) को क्रममा तपाईं फेल हुनुभयो । तपाईं यसपटक पास हुन सक्नुहुन्न अर्को पटक परीक्षामा आउनु भन्दै परीक्षार्थीहरुलाई हतोत्साहित गर्दै मानसिक तनाव पनि दिएको परीक्षार्थीहरुको गुनासो रहेको छ ।
निश्पक्ष रुपमा परीक्षा गराउन नसक्ने मूल्याङ्कनकर्ताहरू माथि छानबिन गरिनुपर्ने र स्वच्छ, मर्यादित रुपमा परीक्षा गराउने वातावरण सिर्जना गर्न नसक्ने परीक्षा केन्द्र खारेजी गरिनुपर्ने सौन्दर्यकर्मी युनियनको माग रहेको छ । उनीहरुले मर्यादित र व्यवस्थित रुपमा परीक्षा हुने ठाउँमा परीक्षा केन्द्र तोकेर पुनः परीक्षाका लागि माग गरेका छन् । उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्रीको सचिवालयको दबाबमा पाँच जनालाई चलखेल गरेर पास गराउन दबाब दिएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको समेत दाबी गरेका छन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश सचिव कला डाँगीले परीक्षा नै नदिएका ब्यक्तिलाई पास गर्नु पर्छ भनेर दबाब दिएको पाइएको बत्ताइन् । दोस्रो तहको परीक्षामा सहभागी भएपछि उनीहरू उत्तीर्ण भएको अवस्थामा प्रशिक्षकको रूपमा उनीहरूको दर्जा हुने भनिएको छ । जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमालले सिटिभिटीले लिने परीक्षा स्वच्छ र निष्पक्ष रुपमा हुनुपर्ने बताए । सिटीभिटीले लिने लेभल टुको परीक्षामा लेभल वान उत्तिर्ण गरेको र ब्यूटिसियनको क्षेत्रमा तीन वर्ष अनुभव भएकोले लेभल टुको परीक्षामा सहभागि हुन पाउँछन् । विगतमा प्राटिकल, लिखित र मौखिक हुने गरेको थियो । अहिले प्राटिकल र मौखिम मात्र परीक्षा हुने गरेको छ । ८ घण्टाको परीक्षामा १० वटा प्राक्टिकल गरेर मौखिकमा सोधिएको प्रश्न मिलाए उत्तिर्ण हुने गर्दछन् । परीक्षा लिएको तीन महिनापछि सिटिभिटीले परीक्षाफल प्रकाशित गर्दछ ।
विराटनगर, जेठ ९–अस्पतालकै स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि जेठ ४ गतेदेखि बन्द रहेको धनकुटा अस्पताल आइतबारदेखि संचालनमा आउने भएको छ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरश मेहताले आज प्रेस विज्ञप्ति जारी गरि...
नेपालमा बिहिबार १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको छ । ९ हजार २ सय ८९ को पीसीआर गरिएकोमा आज १ हजार ३ सय ४३ जनामा कोरोना पुष्टि भएको हो । योसहित संक्रमितको...
काठमाडौं, माघ २६ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेब्रुअरी २८) भित्र नै एमसीसी कम्प्याक्ट अनुमोदन हुनुपर्ने बटमलाइन दिएको छ । एमसीसीले संझौता संसोधन कुनै पनि हालतमा नहुने र सो...
विराटनगर, २२ जेठ-प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ । गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के...
विराटनगर । यसपटक राष्ट्रिय सहकारी दिवस विराटनगरमा भव्यरुपमा मनाइने भएको छ । जिल्ला सहकारी संघ मोरङको आयोजनामा ६७ औं राष्ट्रिय सहकारी दिवस आगामी चैत्र २० गते विराटनगर एकीकृत रुपमा विराटनगरमा भव्यरुपमा मनाइने भएको हो ।यसका...
विराटनगर । विराटनगर २ सोमबारे हाट शंकरपुरस्थित मोरङ सहकारी हस्पिटलमा न्यूरो सर्जरीको उपचारका लागि भरपर्दो गन्तव्य बनेको छ ।अत्याधुनिक उपकरण र चर्चित न्यूरो सर्जर चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण मोरङ सहकारीमा न्यूरो सर्जरीको उपचार...
काठमाडौं, २४ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा...
विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सको बुधबार उद्घाटन गर्दै...