विराटनगरको केभिएम स्कुलमा विज्ञान प्रर्दशनी, दुई दर्जन बढी स्टल

 न्यूज विराट
विराटनगरको केभिएम स्कुलमा विज्ञान प्रर्दशनी, दुई दर्जन बढी स्टल

विराटनगर । विराटनगरस्थित केभिएम स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा आइतबार विद्यार्थीहरुले विज्ञान प्रर्दशनी गरेका हुन् ।

विद्यार्थीहरुले तयार पारेको विज्ञानसँग सम्बन्धीत दुई दर्जन बढी स्टल तयार पारी प्रर्दशन गरे । विद्यार्थीहरुले हाइड्रालिक, वाटर मिल, वाटर साइकल, रोर्बट, मोडल अफ सिटी, सोलर सिस्टम, मोडल अफ भिलेजलगायतका दुई दर्जन बढी विभिन्न बस्तु बनाएर प्रर्दशनीमा राखेको स्कुलका डाइरेक्टर सिएम रिजालले जानकारी दिए । विद्यार्थीहरुले अध्ययन गरेको विषयबस्तुहरु प्राक्ट्रिकल रुपमा अभ्यास गरेर प्रर्दशनीमा राखेको उनले बताए ।

विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न यस्तो प्रर्दशनीले ठूलो सहयोग मिल्ने उनले बताए । कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश दासले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा पनि अगाडी बढाएर लैजानुपर्नेमा जोड दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्न यस्तो प्रर्दशनीले ठूलो सहयोग मिल्ने बताए । गुणस्तरीय शिक्षासँगै आजको आवश्यकता सिप मुलक शिक्षा भएको बताए । विद्यालयहरुले संस्कारसहित सीपयुक्त शिक्षा प्रदान गरि विद्यार्थीहरुलाई स्वरोजगार बनाउनुपर्नेमा उनले बताए ।

सम्बन्धित समाचार

२४ घण्टाभित्र १४४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजारनजिक

काठमाडौं, २९ असार-सोमबार १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालमा गरिएको परीक्षणमा १४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका...

गौतम बुद्ध स्कुलमा ‘फन फेस्टा’ र सांस्कृतिक कार्यक्रम

विराटनगर। विराटनगरस्थित गौतम बुद्ध स्कुलले ‘फन फेस्टा’ र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको छ । स्कुल परिसरमा शनिबार एक भव्य कार्यक्रम आयोजना गरी फन फेस्टा, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रर्दशनी कार्यक्रम आयोजना गरेको हो ।स्कुलमा...

भुल्केमा कोरोना संक्रमण अन्त्य : मन्त्री घिमिरे

विराटनगर, २२ जेठ-प्रदेश १ मा पहिलो पटक उदयपुरको भुल्केमा देखिएको कोरोना संक्रमणको अन्त्य भएको छ ।  गत वैशाख ५ गते उदयपुरको भुल्केमा संक्रमण देखिएको थियो । उदयपुरमा संक्रमण देखिएका ३३ जना नै डिस्चार्ज भएसँगै भुल्के...

मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का...

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...

पोखरा महानगरले बनायो कृषि बजारमा स्यानिटाइजर टनेल

पोखरा, १४ वैशाख-पोखरा महानगरपालिकाले शान्ति वनस्थित कृषि बजार उपजमा स्वचालित सेनिटाइजर टनेल जडान गरेको छ ।कोरोनाको महामारीले विश्व नै आक्रान्त बनेको बेलामा होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको भाइरसलाई मार्ने स्वचालित सेनिटाइजर टनेल बनाएर महानगरले...

काठमाडाैं र हेटाैंडामा हैजा फैलिएपछि चितवनमा अलर्ट

सङ्घीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडामा हैजाको सङ्क्रमण देखिएपछि चितवन उच्च जोखिममा परेको छ । यी दुवै ठाउँमा यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर हुने भएकाले जोखिम बढेको हो । यससँगै हेटौँडाका अधिकांश बिरामी उपचारका लागि...

सामान्य अवस्थामा पनि राजस्वको लक्ष्य पूरा हुन सक्दैन : विनोद चौधरी

काठमाडौं, १८ जेठ-कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीले सरकारले आगामी आर्थिक वर्षका लागि अनुमान गरेको राजस्व सामान्य अवस्थामा पनि उठ्न नसक्ने दाबी गरेका छन् । आइतबार बजेटमाथिको छलफलमा चौधरीले चालू वर्षमा १० महिना पूर्ण रूपमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्