‘एभरेष्ट कार्निभल ’ सुरू, विद्यार्थीले देखाए प्रतिभा

 न्यूज विराट
‘एभरेष्ट कार्निभल ’ सुरू, विद्यार्थीले देखाए प्रतिभा

विराटनगर । विराटनगर – ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ सुरू भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल सुरु भएको हो ।

कार्निभलको पहिलो दिन एभरेष्ट कलेज परिसरमा कक्षा २ देखि ५ सम्मका बालबालिकाले आफूले जानेका विषयको प्रदर्शनी गरे । सयौंको संख्यामा उपस्थित अभिभावकलाई बालबालिकाहरुले दिनभरी मनोरञ्जन प्रदान गरे ।
यस्तै आफ्नो कक्षामा पढेका विषयत पाठमा नाटक प्रस्तुत गर्दा अभिभावक मख्ख परिरहेका देखिन्थे । कार्निभलमा नाटक हेरिरहेका अभिभावक बलराम गिरीले भने, ‘कस्तो बबाल एक्टिङ गरेको ।’ गाउँ समाज मिलेर बस्नुपर्छ भन्ने सन्देश बोकेको पाठको नाटक देखाइरहेका बालबालिकाले अधिकांश अभिभावकको ध्यान खिच्न सक्यो ।

गणित, नेपाली, समाजिक, विज्ञान, कम्प्युटर, बिंगोलगायतका विभिन्न क्षेत्र छुट्याएर बालबालिकाले आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुको परियोजना प्रदर्शनी गरेका थिए । विषयगत विषयमा अभिभावकलाई समेत खेल खेलाउँदै तक्मा दिइरहेका देखिन्थे ।
एउटा महोत्सव जस्तै लाग्ने कार्निभलमा रहेका ३५ वटा स्टलमा कतिपय अभिभावक तथा विद्यार्थीहरु अवलोकन गर्न, खेल्न ब्यस्त देखिन्थे भने कोही फोटो खिच्न त कोही बालबालिकाका प्रतिभाहरु हेरेर मख्ख देखिन्थे ।
कार्निभलको दोस्रो दिन विद्यालयभित्रै आन्तरिक प्रदर्शनी गर्ने तयारी गरेको एभरेष्टले फागुन ७ गते भने कक्षा ६ देखि १२ सम्मका विद्यार्थीको प्रत्यक्ष सहभागितामा भव्य रुपमा विभिन्न प्रदर्शनी, एभरेष्ट सिङ्गिङ आइडल– २०८०को ग्राण्ड फिनालेलगायतका कार्यक्रम गर्दै सम्पन्न गर्ने एभरेष्ट स्कुलका भाईस प्रिन्सिपल नारायण कडरीयाले बताए ।

सम्बन्धित समाचार

आगलागीबाट १३ लाखको क्षति

पाँचथरको फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख बराबरको क्षति भएको छ । मंगलबार साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट ढकालको दुई तले कच्ची...

प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरु, एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर...

सीटीईभीटीले बढायो पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टको शुल्क, के पढ्न कति खर्च ?

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले चिकित्सा शिक्षा अन्तर्गतका विषयहरुको अध्ययनका लागि विद्यार्थीले तिर्नुपर्ने शुल्क बढाएको छ। सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा एचए र डिप्लोमा इन फार्मेसीको अध्ययन...

नेकपाको विदेश प्रमुख र चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुखबीच भिडियो कन्फेरेन्स

काठमाडौं, १७ वैशाख-अहिले विश्व कोरोना भाइरस (कोभिड १९) महामारीको सन्त्रासमा छ ।  कोरोना भाइरसले विश्व लकडाउनमा छ । दैनिक यो भाइरसबाट मृत्यु हुनेहरूको संख्या २ लाखभन्दा बढी पुगि सकेको छ । यसैबीच बुधबार नेकपाका विदेश...

शिक्षादीप कलेजद्वारा अग्निपीडितलाई शैक्षिक सामग्री र पोशाक वितरण

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो । शिक्षादीप कलेजका...

विराटनगरको पोखरीया स्कुललाई ‘एजुकेसन अवार्ड’

विराटनगर । देशभरका सामुदायिक विद्यालयमा उत्कृष्ट नतिजा निकालेर चर्चामा रहेको विराटनगरको पोखरिया माध्यमिक विद्यालयले प्लस टुतर्फ राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेका परीक्षामा पनि उत्कृष्ट नजिता हाँसिल गरेको भन्दै सम्मानित भएको छ । मंगलबार काठमाडौंमा आयोजित...

नानुमैयाको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन

विराटनगर । युवा साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तकसंग्रहको विमोचन गरिएको छ ।नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तकसंग्रहको विमोचन गरिएको हो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी,...

सनसिटीका एकै परिवारका २ जनामा कोरोना देखिँदा १ जनामा भने दोस्रो पटक पनि नेगेटिभ

काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्‍यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्‍यापिड टेस्टमा २९८ जनाको नेगेटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्