पूर्वाञ्चल स्कुलमा आमा–बुवा गायन तथा नृत्य प्रतियोगिता, प्रथम भइन् बिन्जु
बुधबार, ०२ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन स्कुलमा आमा – बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको छ ।
सरस्वती पूजाको अवसर पारेर स्कुल परिसरमा बुधबार आमा बुवा गायन तथा नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।
विद्यार्थीका अभिभावकहरूको लागि आयोजना गरिएको उक्त प्रतियोगिताको प्रथम बिन्जु पराजुली, द्वितीय प्रिती राई, तृतीय कोपिला कार्की भएकी छिन् । यसैगरी सान्त्वना सुमित्रा राजवंशी, कल्पना घिमिरे, मेनुका जोगी, अनिशा जोगी रविना राई भइन् । अभिभावकहरूमा लुकेको प्रतिभा उजागर गर्ने उद्देश्यले पूर्वाञ्चलले पहिलो पटक नौलो प्रकारको कार्यक्रम आयोजना गरेको हो ।
‘यस्तो प्रतियोगिताले विद्यार्थीको मात्र होइन अभिभावकहरुको पनि लुकेको प्रतिभा उजार गर्छ,’ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले भने, ‘विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै संस्कार र सीपसहितको शिक्षा दिइरहेको छ । त्यसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापहरू पनि गराइदै आएको छ । अभिभावकहरुको प्रतिभा पनि खोजी गरिन यस्तो प्रतियोगिता आयोजना गरिएको हो ।’ प्रतियोगितामा भाग लिएका अभिभावकहरुले आफ्नो रुची अनुसार गीत र नृत्य प्रस्तुत गरेका थिए । बिजयी हुने अभिभावकहरुलाई पुरस्कार वितरण विराटनगर १३ का वडाअध्यक्ष सुर्यलाल यादव र स्कुलका प्रिन्सिपल अर्जुनश्रेष्ठले वितरण गरे । सोही अवसरमा विद्यार्थीहरुले साँस्कृतिक नृत्य र गीत पनि प्रस्तुत गरि रमाइलो गरेका छन् ।
काठमाडौं, ३१ जेठ-देशको वास्तविक नक्सा निशान छापमा समावेश गर्ने नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ । भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा...
जनकपुर, ११ वैशाख-मधेस केन्द्रित राजपा र समाजवादी पार्टीबीच एकता भएपछि प्रदेश २ का विभिन्न स्थानमा दीपावली गरिएकाे छ । लकडाउनका बाबजुद जनता-समाजवादी पार्टीका नेता तथा कार्यकर्ताले दीपावली मनाएका हुन् । सप्तरीको राजविराजस्थित गजेन्द्र चोक र...
विराटनगर, फागुन २८–अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासँग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी बुधबार सार्वजानिक गरेको छ । गत फागुन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका–३ का २४ बर्षीय मुकेश...
काठमाडौं, २३ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान ट्विट गर्दै बाइडेन र ह्यारिसलाई बर्धा दिएका हुन् । ‘शानदार र ऐतिहासिक...
काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो । त्यतिञ्जेल...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समूहमा नमाज नपढ्न तथा पूजा नगर्नका लागि आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले समूहमा नमाज नप्ढ र भोज नगर्नका लागि आग्रह गरेका छन् । उनले यस विषयमा मुस्लिम आयोगसँग...
विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ । साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको...
विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण...