विराटनगर । विराटनगर जुनियर जेसिजको २८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । पूर्वाञ्चल विश्विद्यालयका पूर्व डीन प्रो। डा। दुर्गानन्द चौधरीको उपस्थितिमा पदस्थापन कार्यक्रम भएको थियो ।
विराटनगर जुनियर जेसिजको २९ औं अध्यक्षको रूपमा वर्ष २०२४ का लागि गौरव कर्ण निर्वाचित भएका थिए ।
कर्ण सहित अन्य १८ जना सदस्य निर्विरोध चयन भएका निर्वाचन आयुक्त बिकल्प न्यौपाने बताए ।
उक्त कार्यक्रममा संस्थापक अध्यक्ष डा. सन्देश दास श्रेष्ठ, विराटनगर जेसिजका पुर्वअध्यक्ष घनश्याम राठी, उज्ज्वल खरेल, विराटनगर जेसिजका कार्यकारी निर्देशक प्रितेशराज दाहाल, विराटनगर जेसिजद्वारा विराटनगर जुनियर जेसिजका लागि निरुपित जुनियर जेसी कोअर्डिनेटर कविराज दाहाल लगायत अन्य जुनियर जेसिज शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको जुनियर जेसिजा महासचिव दिया बाँनियाले जानकारी दिइन् ।