आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

 न्यूज विराट
आइटिएफ तेक्वान्दोको उपाधि झापालाई

विराटनगर । पाँचौ कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिताकोको उपाधि झापाले जितेको छ । झापाले ३ स्वर्ण, ४ कास्य र ३ रजत पदक ल्याएर उपाधि जितेको हो ।

बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटले मोरङको बेलबारीमा सम्पन्न गरेको प्रतियोगितामा ११ वटा जिल्लालाई पछि पार्दै झापाले उपाधि हात पारेको छ ।
प्रतियोगितामा मोरङले ३ स्वर्ण, ३ कास्य र ७ रजत पदक जितेर द्धितीय भएको छ । सुनसरीले ३ स्वर्ण, ३ कास्य र ५ रजत पदक जितेर तृतीय भएको छ ।
प्रतियोगिता अन्र्तगत महिला ४०–४५ तौल समूहमा सुनसरीकी करुणा विष्ट प्रथम, आयोजक बलुवाइ आइटिएफ तेक्वान्दो डोजाङ्ग डागीहाँटकी बिलिसा माझी द्धितीय, तृतीय मोरङकी प्रिया माझी र पाँचथरकी चरितमा राई भएकी छिन् ।
यसैगरी ४६–५० तौल समूहको प्रथम सुनसरीकी एलिका बि.क., द्धितीय झापाकी नम्रता सिगु, तृतीय मोरङकी अनुस्का धिमाल र पाँचथरकी एलिसा सेलिङ्ग भइन् । यस्तै ५१–५५ तौल समूहको प्रथम सुनसरीकी बिट्नी राई, द्धितीय मोरङकी प्रिया राय र झापाकी रेसिका बराल भइन् । यस्तै ५६–६० तौल समूहको प्रथम भोजपुरकी सजिना तामाङ्ग, द्धितीय सुनसरीकी एलिजा राइ, आयोजक दिक्षा लिम्बु र पायल मगर तृतीय भइन् । यस्तै ६१–६५ तौल समूहको प्रथम झापाकी सेहना लिम्बु, द्धितीय आयोजक दिक्षा खड्का, तृतीय मोरङकी मनिषा भूर्तेल र इलामकी नैना खातुन भइन् । यस्तै ६६ प्लस तौल समूहको प्रथम आयोजक एलिजा राजवंशी, द्धितीय झापाकी सुष्मा आक्षमी भइन् ।

यसैगरी पुरुषको ४५–५० तौल समूहको प्रथम मोरङका प्रकाश शर्मा, द्धितीय झापाको सौरव श्रेष्ठ, तृतीय पाँचथरको मनिष राई र भोजपुरको दिपक राई भए । यस्तै ५१–५५ तौल समूहको प्रथम पाचथरको आलोक राई, द्धितीय सुनसरीको पियूष श्रेष्ठ, तृतीय झापाका सनम चौधरी र मोरङका आरकेस चौधरी भए ।
यसैगरी ५६–६० तौल समूहको प्रथम झापाका प्रितम धिमाल, द्धितीय इलामका दिपप्रसन राइ, तृतीय मोरङका कमल थापा र पाँचथरका सिमन सेलिङ्ग भए । यस्तै ६१–६५ केजी तौल समूहका प्रथम मोरङका लक्ष्मण राजवंशी, द्धितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजक सोनुदेव पौदार र सुनसरीका आशिष मगर भए । ६६–७० तौल समूहको प्रथम मोरङका प्रथम कार्की, द्धितीय भोजपुरका सुन्दर गुरुङ्ग, तृतीय पाँचथरका सक्षम बराइली र सुनसरीका सुरज बराइली भए । यस्तै ७१ प्लस तौल समूहको प्रथम झापका अनोमल लिम्बु, द्धितीय आयोजक विकास ठाकुर, तृतीय मोरङका निशान्त भूजेल र धनकुटाका युनिक राई भए ।
दुई दिनसम्म भएको प्रतियोगितामा ११ जिल्लाका १६३ जना खेलाडीहरुको सहभागि भएको कार्यक्रम संयोजक धर्मेन्द्र लिम्बुले जानकारी दिए ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सांसद मानबहादुर लिम्बुले तेक्वान्दो खेलको विकासमा लागि पर्ने बताए । बेलबारीमा खेलाडीहरुको अभ्यासको लागि कवड हल निमार्ण गरि खेलकुद क्षेत्रको विकासमा लागि पर्ने उनको भनाई छ । कार्यक्रममा बोल्दै नेपाल इन्टरनेश्नल तेक्वान्दो महासंघका अध्यक्ष प्रविण कुमार कार्कीले राज्यले खेलकुद क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताए । ‘अहिले पनि राज्यले खेलकुद क्षेत्रमा प्रयायाप्त मात्रमा बजेट बिनायोजन नगरेको कारणले खेल क्षेत्र खच्किएको छ,’अध्यक्ष कार्कीले भने, ‘यस क्षेत्रको विकासको लागि तीन तहको सरकारले विशेष प्राथामिकतामा राख्नुपर्दछ । अनि मात्र खेलकुद क्षेत्रको विकास हुनेछ ।’
नेपाल खेलकुद महासंघका विराटनगर महानगरपालिका इन्चार्ज मनोज विक्रम शाहले आइटिएफ तेक्वान्दो खेललाई विकास गरेर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, केन्द्रीय सदस्य तथा कोशी प्रदेशका संयोजक राजेन्द्र धिमाल, केन्द्रीय सदस्य विराटनगर ४ का वडाअध्यक्ष जितेन थापा, केन्द्रीय सदस्य नविन तामाङ्ग र प्रदेश सदस्य प्रलात राउतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

काठमाडौं, भदौ ३०। नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आइपुगेको छ । हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल बुधबार बिहान १० बजे वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको...

रबिन कार्कीविरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता

विराटनगर, १५ असार । गत २० जेठमा एक भारतीय मजदुरको मृत्यु र एक जना गम्भिर घाइते हुनेगरी भएको कार दुर्घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका रबिन कार्की विरुद्ध सवारी ज्यान मुद्धामा अभियोग दर्ता भएको छ...

विराटनगरमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा

विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा आएको छ । रोयल विरयानी हाउसका चार जना संचालकले रोयल एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् ।...

बेलबारीमा करेन्ट लागेर १ जनाको मृत्यु

विराटनगर, ९ जेठ । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक...

कोशी अस्पतालको आइसोलेशनमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षण हुँदै

विराटनगर, साउन २–विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा कोरोनाको आशंका गरिएका एक व्यक्तिको बुधबार मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या भएपछि मंगलबार राति १० बजे अस्पताल पुगेका विराटनगर ९ गुद्रीका ४५ वर्षीय पुरुषको बुधबार दिउँसो १ः३० बजे...

नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुन्छ:प्रधानमन्त्री ओली

काठमाडौं, ६ जेठ-नेपालको छुटेको भूमि समेटेर भोलिसम्ममा नेपालको नक्सा सार्वजनिक हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् । उनले हिजो मन्त्रिपरिषद्ले नक्सा पारित गरेको भन्दै उनले भोलिसम्ममा नक्सा प्रकाशित हुने बताए । उनले नक्सा प्रकाशित...

हरित, सुरक्षित र दिगो विश्व निर्माणका लागि नवीकृत साझेदारी आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौं, ९ असोज । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका...

विराटनगर–५ को वडाध्यक्षमा कांग्रेसका न्यौपाने निर्वाचित

विराटनगर, ६ वैशाख । विराटनगर–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष न्यौपाने निर्वाचित भएका छन् । उनले एमालेका मीनकुमार आचार्यलाई फरासकलो मतान्तरले पराजित गरे । न्यौपानेले १९९४ मत प्राप्त गर्दा आचार्यले ९५९ मत मात्र प्राप्त गरे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्