विराटनगरको कन्चनबारीमा दुर्घटना, टिपर चालकसहित पाँच घाइते
बिहिबार, २५ माघ, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर – ४ कन्चनबारीमा सवारी दुर्घटनामा परी टिपर चालकसहित पाँच जना घाइते भएका छन् । विराटनगरबाट इटहरी तर्फ जाँदै गरेको ना. ३ ख ६६६४ नम्बरको मिनी ट्रकले सोही दिशातर्फ गइरहेको टिफरलाई ठक्कर दिदा टिपर चालकसहित मिनी ट्रकमा सवार पाँच जना घाइते भएका हुन् ।
मिनी ट्रकमा सवार विराटनगर १८ बस्ने वर्ष २३ का सोनु मण्डल, ५० वर्षीया प्रभानन्द यादव, विराटनगर १४ बस्ने वर्ष ४० विनोद प्रसाद यादव, धनपालथा गाउँपालिका ७ बस्ने वर्ष २० का अमन मण्डल, वर्ष १८ का लालु मण्डल र टिफर चालक सुन्दरहरैचार ४ बस्ने वर्ष ४० का श्रीराम चौधरी घाइते भएको मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए ।
टिफर चालकसहित तीन जना सामान्य घाइते रहेका छन् भने दुई जना गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको उपचार विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेकोछ । ना ३ ख ६६६४ नम्बर ट्रक चालक विराटनगर १८ बस्ने वर्ष ३० का सुरेश मण्डल फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उच्च अदालत सुर्खेतले अनियमित विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि अध्ययन समिति गठन गर्न आदेश दिएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का २१ वर्षीया आज्ञा भट्टले नेपाल विद्युत् प्राधिकरणविरुद्ध परमादेश माग गर्दै दायर गरेको रिटमा बिहीबार सुनुवाइ...
विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले ड्रागनफुडका विरुवा रोपेको छ । क्लबले मोरङको जहदा गाउँपालिका–३ को विभिन्न स्थानमा ड्रागनफुडका विरुवा रोपेको हो । स्थानीय बाबुराम राजवंशी, कुलबहादुर गुरुङ र राजकिशोर भगतको खेतमा दुई सय...
विराटनगर । भनिन्छ अबको युग व्यवस्थापनको हो । व्यवस्थापन विज्ञान मात्रै होइन कला पनि हो भनेर वेत्ताहरुले भन्दै आएका छन् ।यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका आधारभूत ज्ञान विद्यार्थीमा सञ्चारित गराउँदै आएको एक अब्बल...
काठमडौं, १३ वैशाख-नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अति उच्च जोखिमबाट उच्च...
विराटनगर । विराटनगर – १० लालिगुरास चौकमा आगोमा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । ८० वर्षीया देवी यादवको आगो ताप्ने क्रममा जलेर आज विहान साढे ७ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी...
विराटनगर, १५ असार-मनसुनको सक्रियतासँगै प्रदेश नं १ मा अहिले सम्ममा २१ प्रतिशत धान रोपाइँ भएको कृषि निर्देशनालय विराटनगरले जनाएको छ । यस प्रदेशमा अहिलेसम्म ३७ प्रतिशत मात्र सिँचाइ सुविधा पुगेको छ । सिँचाइ सुविधा नभएका...
धनगढी, फागुन २०–सरकारसँग १४ बुँदे माग राख्दै आन्दोलनरत थरुहट र थारुवान राष्ट्रिय मोर्चाले सरकारलाई दबाब दिन आज र भोली कञ्चनपुर र कैलाली सहित तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र...
विराटनगर । नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कोशी प्रदेशले होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । समाजले विराटनगरमा एक कार्यक्रम आयोजना गरी शुभकामना आदान प्रदान गरेको हो । सोही अवसरमा क्यालेन्डर विमोचन पनि...