१३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुँदै, २१० विद्यालयका ३ हजार बढी विद्यार्थीले भाग लिने
सोमबार, २२ माघ, २०८०,
न्यूज विराट
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल मोरङको आयोजनामा विराटनगरमा माघ २६ देखि २८ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट हुने भएको हो ।
प्याब्सनले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी स्पोर्ट्स मिटमा जिल्लाभरीका २१० वटा प्याब्सनमा आवद्ध सदस्य विद्यालयबाट ३ हजार बढी विद्यार्थीहरूले एक दर्जन बढी प्रतियोगितामा भाग लिने अध्यक्ष प्रेमलालसिंह सुवालले जानकारी दिए । ‘प्रत्येक वर्ष हुने प्याब्सन स्पोर्ट्स मिट निजी विद्यालयहरुको कुम्भ मेला जस्तै हो,’ उनले भने, ‘मोरङ जिल्लाभरीका प्याब्सनमा आवद्ध भएका निजी विद्यालयहरुले प्रतियोगितामा भाग लिनेछन् । जसले गर्दा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन हुने गर्दछ ।’ तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, टी–टी सिङगल इभेन्ट र कक्षा दशसम्मको प्याब्सन भलिबल कप हुनेछ ।
भलिबल छात्र÷छात्रा दुवै तर्फको हुने सचिब जगत बस्नेतले जानकारी दिए । यसैगरी प्याब्सन प्रेसिडेन्ट कप यू– १५ फुटबल पनि हुनेछ । फुटबलमा पालिकाबाट विजय भएका आएकार विद्यालयले जिल्लामा भाग लिन पाउनेछन् । यसअघि स्थानीय पालिका भित्र छनौट चरणको प्याब्सन प्रेसिडेन्ट कप यू– १५ भएको छ । यसैगरी कक्षा ११ र १२ को छात्र–छात्रा भलिबल प्रतियोगिता पनि हुने भएको छ । प्रतियोगिताको एक दर्जन बढी खेलहरु सहिद मैदान, विराटनगर जुटमिलको खेलमैदान र एभरेष्ट कलेजको खेलमैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन रंगशालमा कोशी प्रदेशका प्रमखु पर्शुराम खापुङ्गले गर्नेछन् । प्रतियोगिता भव्य र सभ्य तरिकाले सम्पन्न गर्नको लागि माघ २५ गते विहान ११ बजेदेखि प्रमोसन ¥याली पनि गर्ने अध्यक्ष सुवालले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोछ ।
विराटनगर । विराटनगरको वैजनापुर क्रिकेट मैदानमा जारी अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोशी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी मोडेलले राइजिङ नेपाललाई ८ विकेटले पराजित गरेको छ । टस...
काठमाडौं, २४ कात्तिक-संसदीय समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ शब्दको सट्टा ‘नेपाल’ मात्र लेख्ने सरकारी निर्णय फिर्ता गर्न निर्देशन दिएको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको...
विराटनगर । विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी सातौँ वार्षिकोत्सव मनाउने भएको छ । सातौँ वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले पुस १० गते विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी...
बझाङ, पुस ७–जयपृथ्वी नगरपालिकाको ७ नम्बर वडामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् । आज दिउँसो १ बजेतिर जयपृथ्वी नगरपालिकाको कोइरालीखेतमा ४० वर्षकी सितादेवी रोकाया गम्भीर घाइते भएकी हुन् । उनको बझाङ जिल्ला अस्पतालमा...
काठमाडौं, १६ जेठ-सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले २१ जेठदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया सुरू गर्ने भएका छन् । निजी...
झापा, जेठ ५-झापाको गौरादह-४ स्थितमा गाईको बाछाे काटेको आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी, ५० वर्षीय रमेश सतार र सोही स्थानका ६० वर्षीय मद्रासी सतार रहेका छन् ।...
काठमाडौं, १२ असार-उपसभामुखको रिक्तपद पूर्तिको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । नेपालको संविधानअनुसार उपसभामुखको अविलम्ब व्यवस्थाका निम्ति परमादेशको आदेशको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालाय, सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा तथा सभामुखको...
काठमाडौं, १० साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....