विराटनगर । मेडिकल र इन्जिनियरिङको क्षेत्रमा मात्र नभएर आइटिको क्षेत्रमा पनि दक्ष प्राविधिकहरू हायर गराएर विराटनगर– ९ मा रहेको शिक्षादीप कलेज काठमाडौँ बाहिर मोफसलमा अब्बल साबित हुन अग्रसर भएर लागि परेको छ । काठमाण्डौंबाट दक्ष प्राविधिकहरूको टिम कलेजमा ल्याएर आइटिको क्षेत्रमा विद्यार्थीहरूलाई रोजगारमुखी ज्ञान हासिल गराएर प्राविधिकको क्षेत्रमा पनि कलेज अब्बल साबित हुन लागि परेको हो ।
त्यसको लागि कलेजले कक्षा १२ मा कम्प्युटर साइन्स लिएर अध्ययन गर्दै आएका चार सय बढी विद्यार्थीहरूलाई एक हप्ताको कार्यशालामा सहभागी गराएको छ । कार्यशालाको औपचारिक समापन शनिवार विराटनगरस्थित सिटी प्यालेसमा भव्य कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कार्यशालामा विद्यार्थीहरूले सफ्टवेयर बनाउने देखि वेबसाइट डिजाइन गर्ने, साइबरमा आउने टेक्निकल समस्याहरू, ह्याकिङ कसरी कन्ट्रोल गर्ने त्यसबारेमा जानकारी लिएका छन् । ‘ह्याकिङ भए कसरी हटाउनेदेखि टेक्निकल विषयमा झन्डै एक हप्ताको जानकारी कार्यशालामा लिएका छन् । अहिले विद्यार्थीहरु आफैले पनि वेबसाइट डिजाइन गर्न थालेका छन् ।
कार्यशालामा विद्यार्थीहरु उत्साहजनक सहभागिता रह्यो,’ कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले भने, ‘कार्यशालामा सिकेको ज्ञान विद्यार्थीहरूले समूहगत रूपमा प्रस्तुति पनि गरेका थिए । शिक्षा दीपले पहिलो पटक यति ठुलो सङ्ख्यामा प्राविधिकहरू विराटनगरमा ल्याएर विद्यार्थीलाई कार्यशालामा सहभागी गराएको हो । ‘
काठमाण्डौमा ठुला आइटी कम्पनीका सिइओहरु आएर विद्यार्थीहरूलाई प्राविधिक ज्ञान हासिल गराएका छन् । कार्यशालामा यति एयरलाइन्सको सिइओ सुवास सापकोटा, एक्स्पायर कलेजका सिइओ लक्ष्मण पोखरेल, चिफ बिजनेस अफिसर असिस प्रसाईँ, टेक्निकल इन्टर पिनर सुरज राज पाण्डे, एजुकेटिभ डाइरेक्टर जीवन निरौलासहित शिक्षादीप कलेजका तीन जना कम्प्युटरका शिक्षकहरू मनिष निरौला, मेघराज कट्टेल र राजेश कुमार दासले विद्यार्थीहरूलाई प्रशिक्षण गराएका थिए । कलेजको कम्प्युटर ल्याब पनि विद्यार्थीहरूको लागि सुविधा सम्पन्न रहेको छ ।
‘एकै पटक ५० भन्दा बढी विद्यार्थी बसेर प्रयोगशालामा काम गर्न सक्ने बात वरण रहेको छ,’ कलेजका प्राध्यापक रामचन्द्र अधिकारीले भने, ‘जहाँ विद्यार्थीहरूले निर्धक्क भएर सिक्न पाउनेछन् ।’ कलेजका प्रिन्सिपल खड्काले अहिलेको आवश्यकता प्राविधिक क्षेत्रको भएकाले विश्वमा बिक्ने शिक्षामा शिक्षा दीपले जोड दिएको बताए । ‘अहिले विश्वमा आइटिको अवसर छ । आइटी सेक्टर अहिलेको आवश्यकता हो । त्यसैले विद्यार्थीहरूलाई आइटिको ज्ञान दिन हामी लागि परेको हो । आइटीमा विद्यार्थीहरु दक्ष भए स्वरोजगार बन्नेछन् । त्यसैले कक्षा ११ देखि आइटिको कक्षा मात्र सञ्चालन गरेर काठमाण्डौबाट दक्ष प्रशिक्षकहरू ल्याएर कार्यशाला गराएको हो,’ प्रिन्सिपल खड्काले भने, ‘काठमाण्डौको प्रतिष्ठित आइटी कम्पनी कोड हिमालयको सहकार्य गरेर कार्यशाला गराएको हो ।’
विज्ञान र इन्जिनियरिङपछि आइटिको क्षेत्रमा पनि अब्बल कलेजको रूपमा शिक्षा दीपलाई चिरपरिचित गराउन लागि परेको उनले बताए । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरणको कारणले शिक्षा दीप कलेज मेडिकल र इन्जिनियरिङमा नाम निकाल्न अग्रणी स्थानमा आउने गरेको छ । प्रत्येक वर्ष मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीको सङ्ख्या यस कलेजबाट बढ्दो क्रममा रहेको छ । मेडिकल र इन्जिनियरिङपछि अब आइटिको क्षेत्रमा पनि विद्यार्थीहरूलाई रोजगारमुखी शिक्षा दिएर अगाडी बढ्ने योजना रहेको प्रिन्सिपल खड्काले बताए ।
गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने उद्देश्यका साथ ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ गरिएको छ । चालू आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका...
राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा साझा पार्टीले ‘डिजिटल अभियान’ चलाउने भएको छ । उसले सामाजिक सञ्जाललगायतबाट अध्यादेशप्रति विरोध जनाउने भएको हो । संसदभित्र र बाहिर रहेका दल, नागरिक समाज र आमसर्वसाधारण सबैलाई यस...
काठमाडौं, ४ भदौ । सदीय दलको ह्वीप उल्लंघन गरेको अभियोगमा निष्कासनमा परेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस्न एमालेले आज पनि सभामुख अग्नि सापकोटालाई दबाब दिदैछ । आज कार्यालय समय शुरु हुनासाथ...
काठमाडौं, २९ चैत-शान्ति मिसनमा खटिएका बेला मृत्यु भएका नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको शव लिन श्री एयरलायन्सको जहाज सुडान उडेको छ ।सुडानको डारफोर मिसन मुख्यालयमा स्टाफ अफिसरका रूपमा खटिएका विष्टको १७ चैतमा हृदयघातका कारण...
काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...
काठमाडौं । प्रतिनिधिसभाको बैठकले किशोरी ‘बलात्कार’ प्रकरणमा शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देश गरेको छ । आजको बैठकमा कांग्रेस सांसद गगन थापाले हालै ८ वर्ष पुरानो यौनहिंसाको घटना सार्वजनिक भएको भन्दै तत्काल...
विराटनगर, ६ जेठ-मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरका १ युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई सिल गर्ने निर्णय गरिएको छ । नगरपालिकामा कोरोना भाइरस रोकथाम प्रतिकार्य र व्यवस्थापन कार्यदलको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि आगामी जेठ...
विराटनगर, चैत १०–प्रदेश १ का सवै स्वास्थ्य संस्थाहरुमा भोलिदेखि आकस्मिक र फिवर सेवा वाहेकका अन्य सवै सेवा बन्द रहने भएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन को...