हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

 न्यूज विराट
हिसान स्पोर्टस् मिट : उपाधीको लागि आधा दर्जन कलेज भिड्दै

विराटनगर । विराटनगरमा जारी १२ औं संस्करणको हिसान स्पोर्ट्स मिटको फाइनलमा आधा दर्जन कलेज पुगेका छन् । आइतबार भएको खेलमा शिक्षादिप, विकेभिएम, कान्तिपुर, अरनिको, सिद्धार्थ र मोडर्न एरा कलेज फाइनलमा पुगेको हो ।
विराटनगरको वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तिपुर र अरनिको कलेज फाइनलमा पुगेको छ । पहिलो खेलमा साविक विजेता कान्तिपुरले अर्किड कलेजलाई ३० रनले पराजित गरि फानलमा पुगेको हो । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय २२ रनको योगफल दियो । निशान्त यादवले ४३ रन बनाउँदा कृतिक कामतले ४१ रन जोडे । अर्किडका सवाजुल आलम र यूवराज मगरले समान १–१ विकेट लिए ।
१ सय २३ रनको विजय लक्ष्य पछ्याएको अर्किडले १८ दशमलव ३ बलमा सवै विकेट ९२ रनमा सिमित भयो । साहिल शेखेले २६ रन पारी खेल्दा सम्साद आलम अविजित २१ रन जोडे । कान्तिपुरका म्यान आफ द म्याच कृतिक कामतले ३ विकेट लिँदा मनिष मण्डल, महमद समेहेल र राज वर्माले समान २–२ विकेट लिए ।

दोस्रो खेलमा अरनिको कलेजले भानु कलेजलाई १ सय १५ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ३ विकेट गुमाई १ सय ६४ रनको योगफल बनाएको थियो । नुर अहमदले ६२ रन बनाउँदा सागर मोचीले ५७ रनको इनिङ खेले । भानुका सुवास राँय, राहित कामत र रोहन शर्माले १–१ विकेट लिए ।

१ सय ६५ रनको चुनौती पाएको भानुले १३ ओभरमा सवै विकेट गुमाई ४७ रनमा सिमित भयो । महमद जावेदले १४ रन जोडे । अरनिकोका अमर यादवले सर्वाधिक ६ विकेट लिए ।
शहिद मैदानमा भएको फुटबलमा अर्किड र कान्तिपुर कलेज सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा अर्किड कलेजले मोडर्न एरा स्कुललाई १–० गोलले हरायो । जितको लागि अर्किडका सागर विश्वकर्माले निर्णायक गोल गरे । म्यान अफ द म्याच मोडर्न एराका नविन माझी घोषित भए ।
दोस्रोे खेलमा कान्तिपुर कलेजले नेशनल एकाडमीलाई ५–० को गोल पराजित गर्यो । कान्तिपुरका म्यान अफ द म्याच विजय उराँवले २ गोल तथा युनिस मगर, आदित्य राना मगर र आयुस राईले १–१ गोल गरे ।
छात्र भलिबलमा मोडर्न एरा र कान्तिपुर कलेज फाइनलमा पुगेको छ । पहिलो खेलमा मडर्न एराले रेड स्टारलाई २५–२१ र २५–१६ र २५–१७ को सोझो सेटले हरायो । खेलको म्यान अफ द म्याच मोडर्न एराका पेशल राई घोषित भए ।
दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई २५–८ र २५–१२ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरका सुदिप राई घोषित भए ।
छात्रा भलिबलमा कान्तिपुर कलेज र अर्किड कलेज फाइनलमा पुगेको छ । पहिलो खेलमा कान्तिपुरले ज्ञालेक्सी कलेजलाई २६–२४ र २५–२५ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच कान्तिपुरकी तुलसा राई घोषित भइन् । दोस्रो खेलमा अर्किड कलेजले रेड स्टारलाई २५–२०, १५–२५ र २५–२३ को सोझो सेटले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच अर्किडकी रोसिका बराइली घोषित भइन् ।

कवडीमा मोडर्न एरा, सिद्धार्थ, र शिक्षादीप कलेज सेमिफानलमा पुगेको छ । पहिलो खेलमा मोडर्न एराले कान्तिपुरलाई ३९–३५ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच मोडर्न एराका आसिष यादव घोषित भए ।
दोस्रो खेलमा सिद्धार्थ स्कुलले विद्या भुमी स्कुललाई ४४–२७ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच सिद्धार्थको निराजन मण्डल घोषित भए ।
तेस्रो खेलमा शिक्षदिप कलेजले बुुद्ध कलेजलाई ६५–४१ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका सुवासचन्द्र यादव घोषित भए । बास्केट बलमा शिक्षादिप कलेज र विकेभिएम फाइनलमा पुगेको छ ।
पहिलो खेलमा शिक्षादिपले अरनिको कलेजलाई २४–१८ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच शिक्षादिपका कविस केसी घोषित भए ।
दोस्रो खेलमा विकेभिएमले सगरमाथा कलेजलाई ५४–३३ को स्कोरले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच विकेभिएमका जुडानन्द यादव घोषित भए ।

सम्बन्धित समाचार

दुर्घटना न्युनिकरणका लागि अनेरास्ववियुले बनायो जेब्रा क्रसिङ

विराटनगर, माघ १२-पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारीमा विद्यार्थीहरुले जेब्रा क्रसिङ निर्माण गरेका छन् । बढ्दो दुर्घटना न्युनिकरण र पैदेल यात्रुको सहजताका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)...

एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन...

नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न अडानको माग

काठमाडौं, माघ २६–नेपाल अडिटर्स एसोसीएसन (अडान)ले नयाँ चाटर्ड एकाउन्टेट्स ऐन जारी गर्न सरकारसँग माग गरेको छ । यही २४ र २५ माघमा काठमाडौंमा बसेको अडान केन्द्रीय समिति बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ को व्यापक...

दाङका २ संक्रमित भारतको मुम्बइ र गोरखपुरबाट फर्किएका थिए

दाङ, जेठ ३-तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका २, कपिलवस्तुका ३ र बाँकेका ८ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी...

टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस सार्वजनिक

विराटनगर । टिभिएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्वा मोटर्सले टिभिएस अपाचेको नयाँ मोडल आरटीआर १६०–टू र्भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यस अघि टिभिएसले नेपाली बजारमा टिभिएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युव...

एमालेको स्थायी र केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं, २५ साउन । नेकपा एमालेले आजका लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज बिहान ११ बजे बस्ने गरी स्थायी कमिटी र दिउँसो ३ बजे बस्नै गरी केन्द्रीय कमिटीको बैठक बोलाइएको...

विराटनगरमा मिल्स भेट्रान्स फुटबलः मर्निङ भेट्रान्स क्वाटरफाइनलमा

विराटनगर/विराटनगर जुटमिलको खेलमैदानमा जारी नगर स्तरिय मिल्स भेट्रान फुटबल प्रतियोगितामा मर्निङ भेट्रान्स क्लब क्वारटफाइनलमा प्रवेश गरेको छ । शुक्रबार विहान भएको पहिलो खेलमा तालिम केन्द्र विराटनगरलाई ४–१ गोलले हराउँदै मनिङ भेट्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो...

कोशीमा गठबन्धनले दाबी गर्नुअघि नै प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण, सभामुखलाई गणना नगर्न दबाब

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत सावित गर्ने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ । एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले आज प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्