विराटनगर । अन्तर विद्यालय यु–१५ प्रेसिडेन्ट कप फुटबल प्रतियोगिताको उपाधि विराटनगरस्थित दिल्ली पब्लिक स्कुल(डिपिएस) ले जितेको छ ।
विराटनगरको जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा टाइब्रेकरमा अपूर्ण स्कुललाई ६–५ गोलले पराजित गर्दै डिपिएसले उपाधि जितेको हो । जितसँग डिपिएस स्कुल प्याब्सन मोरङले माघ २५ गते आयोजना गर्ने जिल्ला स्तरीय प्याब्सन स्पोर्ट्स मिटमा भाग लिन पाउनेछन् । निर्धारित समयसम्म खेल बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट लिएको थियो । प्याब्सन नगरले आयोजना गरेको फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका एक दर्जन बढी विद्यालयहरुले भाग लिएको प्रतियोगिताको संयोजक हिरा थापाले जानकारी दिए । बिजेता हुने खेलाडीहरुलाई प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवाल, नगर अध्यक्ष नगेन्द्र प्रसाद ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।
संखुवासभा, ४ असोज । भदौ २८ गते मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्या घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका...
सर्लाही, २४ वैशाख-सर्लाहीको मलंगवाबाट २ भारतीय नागरिकको साथबाट स्रोत नखुलेको १७ लाख ९० हजार नेपाली रुपैयाँ बरामद गरिएको छ ।सशस्त्र प्रहरीले सुरक्षा जाँचको क्रममा धान बोकेर नेपाल प्रवेश गरेको बी आर ३० बीए २४५८ नम्बरको...
काठमाडौं, ९ असोज । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकामा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका...
विराटनगर । विराटनगरका तीन वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न भएको खेलमा जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल...
काठमाडौं । टि–२० वल्र्डकप क्वालिफायर अन्तरगत फिलिपिन्स विरुद्धको म्याचमा नेपालले सहज जित निकालेको छ । कुशल भुर्तेल र दिपेन्द्रको शानदार साझेदारी र बलरहरुको उत्कृष्ट प्रदर्शनसँगै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको यो...
विराटनगर । विराटनगर २ मा रहेको जनता नमुना माविमा पूर्व विद्यार्थी संघले विद्यालयको स्मारिका र ई–लाइबेरी बनाइदिने भएको छ । विद्यालय स्थापना भएको ७० औं वार्षिकउत्सवको अवसरमा आगामी श्रीपञ्चमीको अवसरमा संघले विविध कार्यक्रम आयोजना गर्ने...
विराटनगर। सौन्दर्य कला व्यवसायी सङ्घ विराटनगर महानगर कमिटीमा नयाँ नेतृत्व आएको छ । उक्त संघको अध्यक्षमा विराटनगरका ब्युटिसियन सविता थापा रहेकी छिन् । विराटनगरमा भएको भेलाले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसअघिको अध्यक्षमा...
काठमाडौं, २७ जेठ-सर्वोच्च अदालतले बन्दाबन्दीका समयमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त व्यक्तिको विशेष सुरक्षा गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले आज...