हिमालय दर्शन कलेजका ५९ विद्यार्थी दीक्षित

 न्यूज विराट
हिमालय दर्शन कलेजका ५९ विद्यार्थी दीक्षित

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजका ५९ जना विद्यार्थी दीक्षित भएका छन् । कलेजले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी सो विद्यार्थीहरूलाई दीक्षित गरेका हुन् ।

पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले दीक्षित भएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरे । यसरी दीक्षित हुनेहरूमा बीआइएम बाट २६ जना, बीसिएबाट २२ जना, बीएससि सिएसआइटिबाट ११ जना गरि ५९ जना विद्यार्थीहरू दीक्षित गरिएको कलेजका प्रिन्सिपल भरत सापकोटाले जानकारी दिए । उनका अनुसार दीक्षित भएका विद्यार्थीहरू २०७५ ब्याजका विद्यार्थीहरू रहेको बताए । हिमालय दर्शन कलेजमा बीआइएम, बीसिए, बीएससि सिएसआइटि, बीबीएस र बीएचएम कोर्ष पढाइ हुने गरेको छ । विभिन्न पाँच वटा फ्याकल्टी पढाइ हुने उक्त कलेजमा करिब ७ सय बढी विद्यार्थीहरु अध्ययरत रहेको कलेजले जनाएको छ ।
दीक्षित कार्यक्रममा बिद्यार्थीहरू सीमरन साह, रन्जना पौडल र प्रशंशा लुइँटेल विद्यार्थीहरुले अध्ययनको क्रममा भएको अनुभूतिहरु सुनाएका थिए ।
सोही अवसरमा कलेजले आयोजना गरेको स्पोर्टस् मिटमा बिजेता हुने विद्यार्थीहरुलाई पुरस्कार पनि बितरण गरिएको थियो । विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, भेषराज पोखरेल, ज्ञानबहादुर खड्का, लक्ष्मण ढकाल र अध्यक्ष डा. पिके झाले बितरण गरे ।

सम्बन्धित समाचार

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को...

विराटनगरमा ६ वडाको मतगणना सकियो, तीन वटामा एमालेको जित

विराटनगर, ३ वैशाख । विराटनगरमा हालसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएको छ । हालसम्म वराटनगर महानगरपालिकाका वडा नम्बर १, २, १६, १७, १८ र १९ नम्बर वडाको मतगणना सम्पन्न भएको हो । ती वडाको...

खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...

राधाकृष्ण रथयात्रा मंगलबार निस्किदै, नेपाल र भारतका ५ लाख बढी भक्तजनहरुको सहभागिता हुने

विराटनगर । विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ । राधाकृष्णको युगल जोडीको रथयात्रा भाद्र ११ गते मंगलबार विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने भएको हो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट प्रत्येक वर्ष विराटनगरमा रथयात्रा...

बृद्धभत्ताको लोभमा एमालेलाई भोट नहाल्नुस्, हामीले २० वर्ष बढी बाँच्ने बनाएका छौँः रामचन्द्र पौडेल

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताको लोभमा एमालेलाई मत नदिन आग्रह गरेका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता...

बधाइ दिन आउनेको भिडले काम प्रभावित भयो : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिने आउनेहरुको भिडको कारणले कामकाजमा प्रभावित भएको बताएका छन् । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले...

नवजात शिशु बेपत्ता प्रकरण : डाक्टर कर्णसहित तीन जना जेल चलान

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...

कानुनअनुसार एसईई हुन्छ

काठमाडौं, २८ वैशाख-गत ६ चैतका लागि तोकिएको उच्च माध्यमिक शिक्षा परीक्षा (एसईई ) कोरोना भाइरसका कारण अन्तिम समयमा स्थिगित भयो । ४ लाख ८२ हजार विद्यार्थी परीक्षाको प्रतीक्षामा छन् । कहिले परीक्षा हुने हो, अन्योल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्