शतप्रतिशत नतिजा दिन रंगेलीका मेयर बगडीया र प्रमुख प्रशासकिय अधिकृत गौतमको निर्देशन, निर्माणाधिन योजनाको अनुगमन
बिहिबार, १२ पुष, २०८०,
न्यूज विराट
विराटनगर । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया र प्रमुख प्रशासकिय अधिकृत तेजिन्द्र गौतमले शतप्रतिशत नतिजा दिनेगरी कार्य सम्पादन गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
केहीदिन प्रमुख प्रशासकिय अधिकृत नहुँदा नगरको काम सामान्यरुपमा प्रभावित भएपनि अब नयाँ प्रमुख प्रशासधिय अधिकृतको रुपमा गौतम आइसकेपछि सवै योजना तथा कार्यक्रमको शतप्रतिशत नतिजा र परिणामुखी काम गर्न मेयर बगडीयाले कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
उनले सेवा प्रवाहमा ढिला सुस्ती नगर्नसमेत चेतावनी दिएका छन् । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत गौतम पनि एक्सनमा उत्रिएका छन् । रंगेली नगरपालिकाले दिने सेवा प्रवाहलाई छिटो, छरितो, चुस्तदुरुस्त र प्रभावकारी बनाउन प्रमुख प्रशासकिय अधिकृत गौतम लागि परेका हुन् ।
उनले केहिदिन अघि मात्र जिम्मेवारी सम्हालेका हुन् । लगत्तै उनले नगरमा सञ्चालित योजनाहरुको कार्यप्रगतीको अवस्था बुझेर शत प्रतिशत नतिजा दिन सम्पूर्ण शाखाका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
प्रमुख प्रशासकिय अधिकृत गौतमले नगरमा सञ्चालित र चालु अस्थामा रहेका सवै योजनाहरु तोकिएकै समयमा सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । उनले यतिबेला नगरमा सञ्चालित र चालु अस्थामा रहेका योजनाहरुको अनुगमन गरिरहेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत गौतमले नगरपालिका कार्यालय दक्षिण पट्टी निर्माण हुँदै गरेको कोल्ड स्टोर को अनुगमन गरेका छन् । उनले निर्माणस्थलमा पुगेर निर्माण हुँदै गरेको अत्याधुनिक कोल्ड स्टोरको अनुगमन गरेका हुन् ।
अनुमगन गर्दै प्रमुख प्रशासकिय अधिकृत गौतमले निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।
सो कोल्ड स्टोर नगरपालिकाको ४६ लाख ८६ हजार, प्रदेश सरकारको शसर्त अनुदान ३ करोड र संघीय सरकार अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको १ करोड ४ लाख गरि कुल ४ करोड ५० लाख ८६ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको हो । त्यसैगरी नगरपालिकाकै लगानीमा निर्माण हुँदै गरेको सुविधा सम्पन्न सभाहलको समेत प्रमुख प्रशासकिय गौतमले निरिक्षणसमेत गरेका छन् ।
अनुगमनमा नगरपालिकाका योजना अधिकृत कृष्ण प्रसाद भट्टराईको पनि सहभागीता रहेको थियो । २०७४ सालको निर्वाचनमा पहिलो पटक निर्वाचित भएर मेयर बगडीया आएयता रंगेलीले विकासमा फड्को मारेको छ । यतिबेला रंगेली देशमै उदाहरणीय र नमुना नगरपालिकाको रुपमा विकास भएको छ । रंगेली नगरपालिका विकासमा तीब्र गतिमा अघि बढीरहेको छ ।
काठमाडौं, १३ असार-शनिबार देशका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थान प्राधिकरणका अनुसार शनिबार ४० भन्दा बढी जिल्ला वर्षमा भएको छ । वर्षाको कारण नदीहरूको बहाव बढ्ने अनुमान गरिएको छ...
काठमाडौं, २८ साउन-नेपाल राष्ट्र बैंकका १ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो । सोही विभागमा कार्यरत एक कर्मचारीले एक जनामा कोरोना...
चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...
काठमाडौं, १३ असार-कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको सानो झुण्ड भित्रिएको अनुमान गरेको छ । नेपालमा मनसुन सुरू भइसकेको सन्दर्भमा यस कीराको प्रवेश हुने सम्भावना न्यून रहेको आँकलन...
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत सोमबार विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न भएका छन् । छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फानलमा प्रवेश गरेको छ । पहिलो...
प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश...
ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर सांसदहरूको बैठक बोलाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफल लगत्तै उनले आफूनिकट सांसदहरूको बैठक बोलाएका हुन् । बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो तीन बजे सांसदहरूलाई बोलाइएको हो ।...