एनसीडिए मोरङको पुस २८ गते अधिवेशन, अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

 न्यूज विराट
एनसीडिए मोरङको पुस २८ गते अधिवेशन, अध्यक्षमा ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी पुस २८ गते हुने संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०५३ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आबद्ध भएका ढकाल प्रथम अधिवेशनमा उपाध्यक्षमा सर्वाधिक मत २९९ ल्याएर निर्वाचित भएका थिए । व्यवसायीको हकहितमा लागि पर्ने, स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरी औषधी व्यवसायीहरूलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो बनाउन सधैँ लागि परेको कारण ढकाल औषधी व्यवसायीहरु माझ लोकप्रिय छन् । पेशागत इमान्दारीता, व्यवसायीक एकता आजको आवश्यकता हो ,’ अध्यक्षको उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘मर्यादित, पारदर्शि र पेशागत हित सुनिश्चतताको लागि मैले अध्यक्षमा उम्मेदवारी दिएको छु ।’

मंगलबार औषधी व्यवसायी सुदिन ध्वज श्रेष्ठले पनि एनसीडिए मोरङको अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि सर्वसम्मत नेतृत्व चयनको सम्भवना कम देखिएको छ । नेतृत्व चयन सर्वसम्मत हुने सम्भवना कम हुँदै गएपछि ढकाल र श्रेष्ठ नेतृत्वको प्यानल बनाएर चुनावी अभियानमा जाने भएका छन् । उनीहरु दुवै जना प्यानल बनाएर चुनावी अभियानमा जाने तयारीको लागि पदाधिकारी र सदस्यहरुको नाम तय गरि निर्वाचनमा जान जुटेका छन् ।
प्रथम अधिवेशनमा ढकालले श्रेष्ठलाई उपाध्यक्षमा पराजित गरेका थिए । त्यसबेलाको निर्वाचनमा ढकालले २९९ मत ल्याएर निर्वाचित हुँदा श्रेष्ठले १३५ मत पाएका थिए । एनसीडिए मोरङमा ४१५ जना सदस्यीय रहेका छन् । १३ सदस्यीयको लागि उनीहरूले निर्वाचनमा मतदान गर्नेछन् ।

सम्बन्धित समाचार

कांग्रेसले प्रस्ताव गर्यो नेतादेखि समर्थकसम्मको बरियता

काठमाडौं, असार २८ । नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा मात्रै पर्ने देखिनुभएको छ । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्न्द्रीय सभापति, पूर्वकेन्द्रीय...

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना

काठमाडौँ, २८ असोज-नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना...

एकै पटक १७ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, २४ वैशाख-एकैपटक १७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । संक्रमितहरू ७ महिला र १० पुरुष रहेका छन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशाला र वीरगंजबाट प्राप्त विवरणअनुनसार...

एसईईको मूल्याङ्कन कार्यविधि अन्तिम चरणमा

काठमाडौं, ८ असार-एसईईको मूल्याङ्कन कसरी गर्ने भन्ने कार्यविधि बनाउन गठित समितिले प्रतिवेदन तयार पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो । समितिले प्रतिवेदन आज नै...

वी – डिभिजन क्रिकेट प्रतियोगिता : मिल्स र वेलबारी विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय वी – डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा विराटनगरको मिल्स क्रिकेट क्लव र बेलबारी विजयी भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई...

न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने, सचेतनासँगै स्वास्थ्य उपचारमा सौलियत दिने

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले ‘वर्ल्ड पर्पल डे’ मनाउने भएको छ । चैत १३ गते पर्ने ‘वर्ल्ड पर्पल डे’ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । ‘वर्ल्ड पर्पल डे’...

कोशी र बीपीमा २ संक्रमित महिलाको मृत्यु

विराटनगर, २० भदौ–कोरोना भाइरसको संक्रमणबाट विराटनगरका दुई जना महिलाको मृत्यु भएको छ । एक जनाको विराटनगरस्थित कोशी अस्पतालमा र एक जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साझ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्