विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ ।
विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक वर्ष २०७९ / ०८० मा सहकारीले सो बरावरको कूल आम्दानी गरेको जानकारी गराएको हो ।
१ हजार ८२६ शेयर सदस्य रहेको सहकारीले ३३ करोड ७३ लाख ६ हजार १ सय २१ रुपैयाँ कूल कारोबार गरेको छ । सहकारीको सम्पत्ति दायित्व ३८ करोड ९१ लाख ४४ हजार १५१ रुपैयाँ रहेको छ भने कूल खर्च ३ करोड ५२ लाख ६१ हजार ६८२ रुपैयाँ रहेको सहकारीका अध्यक्ष जीवन काफ्ले जानकारी दिए । अध्यक्ष काफ्लेका अनुसार सहकारीको शेयर पूँजी ६ करोड १७ लाख ८६ हजार ३ सय रुपैयाँ, कोष हिसाब २ करोड ८६ लाख ५४ हजार ७११, निक्षेप हिसाब २८ करोड ९५ लाख २७ हजार ७४८ रुपैयाँ, ऋण लगानी २८ करोड ४८ लाख ७१ हजार ५४० रुपैयाँ रहेको छ । यसैगरी परिवार राहत कोष कार्यक्रममा २१ लाख १७ हजार ६९ रुपैयाँ, स्थिर सम्पत्ति २ करोड ७७ लाख ५७ हजार १९०, सञ्चालन बचत ५५ लाख ५३ हजार ३२६ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।
सहकारीमा हालसम्म १३ वटा अक्षयकोष स्थापना गरिएको बताईएको छ । उक्त कोषबाट प्रत्येक वर्ष विभिन्न व्यक्तिहरुलाई सम्मान गरिदै आईएको छ । यसपटक पनि साधारणसभामा सहकारीले पूर्व सांसद तथा साहित्यकार कुन्ता शर्मासहित ७ जनालाई सम्मान गरेको छ । शर्मालाई १५ हजार ५५५ रुपैयाँको स्व. किशोरी खतिवडा स्मृति पुरस्कार प्रदान गरिएको छ । यसैगरी स्व. दधिराम दाहाल स्मृति पुरस्कार रुपनारायण अधिकारी र स्व. हिरणकुमार थापा स्मृति पुरस्कार सहकारीकर्मी नरबहादुर कार्कीलाई प्रदान गरिएको छ । उनीहरुलाई जनही ११ हजार ५५५ रुपैयाँले सम्मान गरिएको सहकारीले जनाएको छ । ८० वर्ष उमेर पुरा भएका ज्येष्ठ सदस्य दुन माझीलाई समेत सहकारीले नगद ५ हजार पुरस्कृत गरिएको छ । यसैगरी सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रबन्धक प्रभु पोखरेल र ग्यास व्यवसायी आनन्दभूषण खड्कालाई पनि सम्मान गरिएको छ । सहकारीले ७५ वर्ष उमेर पूरा भएका शेयर सदस्यहरुलाई जनही २ हजार रुपैयाँ औषधि खर्चसहित सम्मान गरेको छ ।
पुरस्कृत व्यक्तिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा बोल्दै उनले छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सहकारीको भूमिका ठूलो रहेको बताए ।
कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष काफ्लेले निजामती क्षेत्रका युवा पुस्तालाई शेयर सदस्य बनाउन आर्कषक योजनासहित अघि बढ्नुपर्ने बिषयमा जोड दिए । शेयर सदस्यहरुको विश्वास जित्दै सम्पूर्ण आर्थिक कारोबारहरु संस्थागतमार्फत् भन्ने नारालाई सार्थकता दिएर अगाडी बढनुपर्ने उनले बताए । ‘सहकारी शिक्षा र चेतनाको वृद्धि गरी सहकारी अभियानप्रतिको नकारात्मक धारणा न्यूनीकरण गर्नुपर्छ,’ उनले भने ।
विराटनगर, चैत १७-कोरोना भाइरस(कोभिड–१९) को संक्रमणसँगै सरकारले लकडाउन गरेपछि भोकै परेका विराटनगरका सुकुम्बासी र दैनिक रोजगारी गरेर जीविकोपार्जन गर्ने मजदूरलाई विराटनगरका समाजसेवी व्यवसायीले राहत स्वरुप खाद्यान्न वितरण गरेका छन् । गुद्री बजार सब्जी मण्डी व्यवस्थापन...
विराटनगर । यस वर्षको चैत १५ गतेबाट सुरू हुने एसइइको परीक्षा मर्यादित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् । एजुकेसन हेल्पलाईनको आयोजना तथा राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशको समन्वय ग्लोबल एकेडेमी र मनकामना स्कुलको आयोजनामा विराटनगरमा...
काठमाडौं, असार १७ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन...
विराटनगर । सुनसरी क्षेत्र नम्बर ३ (२)को प्रदेशसभामा नेकपा एमालेका रामदेव यादव विजयी भएका छन । उनले कांग्रेसका विन्देश्वर यादवलाई पराजित गर्दै निर्वाचित भएका हुन । रामदेवले १९ हजार ४७९ मत ल्याइ विजयी भएका छन भने...
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङले स्थानीय तहहरुसँग सहकार्य गरेर विरामीहरूलाई निःशुल्क रगतउपलब्ध गराउँदै आएको छ । रेडक्रसले मोरङको आठ वटा स्थानीय तहहरुसँग सम्झौतागरेपछि अहिले निःशुल्क रगत विरामीलाई उपलब्ध गराउँदै आएको हो । स्वास्थ्य...
काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भौगोलिक क्षेत्रभित्र रहेका प्रमुख मस्जिदको अनुगमन गरेका छन् । पछिल्लो समय संक्रमणको उच्च जोखिममा मस्जित रहेको जनाउँदै प्रमुख शाक्यले काठमाडौंभित्रका मस्जिदको अनुगमन गरेका हुन् । मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारी,...
सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । विराटनगरमा मंगलबार कांग्रेस नेता गुरूराज घिमिरेले लेखेको ‘बाटो विराएको राजनीति’ नामक विचार संग्रह विमोचन कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सरकार...