मुक्ति समाजको ३६ औँ स्थापना दिवसमा नेता द्वय नेपाली र पोर्तेल पुरस्कृत
मङ्गलबार, ०३ पुष, २०८०,
न्यूज विराट
विराटनगर । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् ।
मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको हो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा र कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मालगायतले वितरण गरे ।
पुरस्कृत अभियन्ता नेपाली मुक्ति समाज केन्द्रीय कमिटीका महासचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी पूर्व जनसंगठन समन्वय संयन्त्र प्रमुख एवम् राष्ट्रियसभाका पूर्व सांसद हुन् ।
पोर्तेल मुक्ति समाज केन्द्रीय कमिटी सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख हुन् ।
मुक्ति समाजको स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश कमिटीले स्थापना गरेको सो पुरस्कार उनीहरुलाई वितरण गरिएको हो ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, उपाध्यक्ष बाबुराम कार्की, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मुक्ति समाजका उपाध्यक्ष एवम् प्रदेश कमिटी इन्चार्ज अनुभूती बम नेपालीलगायत कोशी प्रदेशका अधिकांश जिल्लाबाट मुक्ति समाजका सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मंगलबार देश व्यापीरुपमा मुक्ति समाजको ३६ औं स्थापना दिवस मनाइएको छ । यसपटक मोरङमा केन्द्रीय कमिटीको आयोजनामा स्थापना दिवस मनाइएको मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
एजेन्सी, असार ११ -भारत-चीनबीचको सीमामा देखिएको तनाव कम हुने स्थिति देखिएको छैन । देपसाङ क्षेत्रमा चिनियाँ सैनिकको हलचल बढेसँगै तनावको स्थिति मत्थर नहुने देखिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार चीनको पूर्व लद्दाखको दौलत बेग ओल्डी...
सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार...
विराटनगर, २० भदौ–समुदायस्तरमा कोरोना संक्रमण फैलिएको मोरङको रंगेली नगरपालिकामा कोरोना शंक्रमण शुन्यमा पुगेको छ । जनता क्याम्पसको आइसोलेसन केन्द्रमा रहेका बाँकी तीन जनालेसमेत शनिबार कोरोना जितेर घर फकिएपछि रंगेलीमा कोरोना संक्रमण शुन्यमा पुगेको हो ।...
विराटनगर, ३ वैशाख । विराटनगरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् । वडाध्यक्षका उम्मेदवार पराजित भएपछि कार्यकर्ताले नेपाली कांग्रेसका केन्दीय सदस्य हसन अन्सारीमाथि हातपात गरेका हुन् । मंगलबार बिहान अन्सारीकै घरमा...
धनगढी, १९ जेठ-सुदूरपश्चिममा १८ जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १८ जनामा काेराेना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । संक्रमितबारे थप विवरण आउन...
काठमाडौं, २१ मंसिर-नेकपा अध्यक्ष तथा प्रधानमन्त्री धुम्बाराहीमा बसिरहेको स्थायी कमिटी बैठकमा नआउने भएका छन् । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै प्रधानमन्त्री ओली बैठकमा नआएका हुन् । आजको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली...
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको प्रशासनिक भवनमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । इस्लाम धर्मावलम्बीहरूको ईद पर्व सोमबार पर्ने सम्भावना रहेको दिन समेत परीक्षा तालिका राखिएकोले त्यसलाई रद्द गर्न माग गर्दै विद्यार्थीले...
काठमाडाैं, ४ जेठ-राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आइतबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न मुस्लिम समदुायलाई आग्रह गरेका...