पाँच बुद्धे मागसहित अखिल नेपाल ट्रेड युनियले बुझायो श्रम कार्यालयमा ज्ञापन पत्र
आइतबार, ०१ पुष, २०८०,
न्यूज विराट
विराटनगर। अखिल नेपाल ट्रेडयुनियन महासंघ कोशी प्रदेशको अगुवाईमा श्रमकार्यालय विराटनगरमा ज्ञापनपत्र बुझाएको छ । ५ बुँदे माग सहित अखिल नेपाल टे«ड युनियनले आज श्रम कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा श्रमऐन २०७४ लागू गरिनुपर्ने, सामाजिक सुरक्षा कोष ऐन २०७५ कार्यान्वयन गरिनुपर्ने, नेपाल राजपत्र अनुसार बढेको पारिश्रमिक साउन १ गतेदेखि नै लागू गरिनुपर्ने, बैदेशिक श्रम स्वीकृति र श्रमिकको मुद्दा हेर्ने अलग कार्यालयको व्यवस्था गरिनुपर्ने, ऐन कानुन ,बढेका पारिश्रमिक कार्यान्वयन नगर्ने प्रतिष्ठानलाई कडा कार्वाही गरिनुपर्ने, साथै श्रम कार्यालयलाई आवश्यक जनशक्तिको अबिलम्ब व्यवस्था गरिनुपर्ने माग राख्दै श्रम कार्यालयमा ज्ञापन पत्र बुझाएको नेपाल ट्रेडयुनियन महासंघका उपमहासचिब ओपेन्द्र कुमार रायले जानकारी दिए । ज्ञापन पत्र बुझाउँदा महासंघका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज भुपाल सापकोटा , उपमहासचिव ओपेन्द्र कुमार राय र सीता सापकोटा ,प्रदेश अध्यक्ष टिकाराम प्रसाईं लगायत पदाधिकारीको उपस्थीति रहेको थियो । उनीहरुले विराटनगर ४ दुधफारम देखि नाराजुलुश सहित श्रमकार्यालय विराटनगरमा ५ बुँदे माग सहित ज्ञापनपत्र बुझाईएका हुन् ।
काठमाडौं, १२ वैशाख-महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी श्यामलाल ज्ञवाली र अपराध महाशाखामा एसएसपी दीपक थापाको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहमन्त्रालयले आज सरुवा गरेको हो । परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदी...
विराटनगर, ३२ साउन–विराटनगरमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ४३ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्की जानकारी दिए । उनका अनुसार थपिएका संक्रमितहरु ५ देखि...
नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको सहकार्यमा निर्माण गर्न लागेको रियालिटी...
काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...
इलाममा लोपोन्मुख पाटेबाघ यहाँ फेला परेको छ । इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।...
आइतबार काठमाडौं उपत्यकामा ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २ सय ५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ जनामा कोरोना पुष्टि भएको हो । आज देशभर...
काठमाडौं, ११ पुस-सरकार ढाल्न खाेजेकाे भन्दै प्रदेश- १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री शेरधन राईले पदमुक्त गरेका छन् । प्रचण्ड-माधव नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका बेला राईले शनिबार साँझ...
काठमाडौं, २८ जेठ-रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा दिएका हुन्...