विराट मेडिकलका डा. सनम एमबीबीएस टपर : भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’
आइतबार, ०१ पुष, २०८०,
न्यूज विराट
विराटनगर । बागलुङका डा. सनम ढकालले काठमाडौं विश्वविद्यालय (केयु)को वि.संं. २०८० को एमबीबीएस टप गरे । मोरङको बुढीगंगा गाउँपालिका–२ टिंकीसिनवारीस्थित विराट मेडिकल कलेज अध्ययन गरेका उनले ८४ दशमलव २६ प्रतिशत ल्याएर केयुको एमबीबीएस टप गरेका हुन् । एक हजार बढी विद्यार्थीले रहेको एमबीबीएसको उनको ब्याचमा डा. ढकालले ४२०० पूर्णांकमा ३५३९ अंकसहित टप गरेका हुन् । बुधबार केयुका २६ वर्षीय एमबीबीएस टपर डा. ढकाललाई प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले ‘भ्वाइस चान्सलर स्वर्णपदक’बाट विभूषित गरे ।
डा. सनम विराट मेडिकल कलेजको एमबीबीएसको सन् २०१६ ब्याचका विद्यार्थी हुन् । यो कलेजको एमबीबीएसको तेस्रो ब्याच हो, त्यही ब्याचमा सर्वोत्कृष्ट नम्बर ल्याएर डा. सनमले गोल्डमेडल मात्रै ल्याएनन् विराट मेडिकल कलेजको शैक्षिक उन्नयलाई प्रमाणित समेत गरिदिए । ‘पढ्दा टप गर्नेभन्दा पनि केही सिक्ने उद्देश्यका साथ पढिरहेको हुन्थे,’ उनले भने ।
सफलताको सेक्रेट कसैसँग नहुने बताउने डा. ढकालका लागि एमबीबीएस टप गर्न कसरी सम्भव भयो ? ‘पढेका कुरा पछि बिरामीमा अप्लाई गर्नु सकू भन्ने दिमागमा राखेर नै पढेको हुँ । परीक्षाको एकदिन अगाडि पढेर गोल्डमेडल आउँदैन्,’ उनी थप्छन्, ‘दिनदिनैको मेहनत आवश्यक पर्छ । एकदिन १० घण्टा पढ्नुभन्दा दिनदिनैको नियमित पढाइले नै मैले टप गर्न सकेको हुँ जस्तो लाग्छ ।’ हरेक विषयलाई सुक्ष्म तरिकाले भित्रैबाट अध्ययन गर्दा सफलता मिल्ने डा. ढकाल बताउँछन् । ‘दिनदिनै मेहनत गर्दै जानुपर्छ,’ उनी सुनाउँछन्, ‘म दिनको ३–४ घण्टा पढ्थे । सधैं अलिअलि गर्दै पढेर आफ्नो कन्सेप्ट डेभलप गर्न सकियो भने टप गर्न सकिन्छजस्तो लाग्छ ।’ कक्षा चारदेखि एमबीबीएससम्म सधैं फष्ट भएका डा. ढकालको जन्म २२ बैशाख २०५५ मा बागलुङको बागलुङ नगरपालिकामा भएको हो ।
बुवा नारायणप्रसाद ढकाल र आमा सावित्रादेवी ढकालका जेठा छोरा हुन्, उनी । उनका बावुआमा कृषि पेशामा आवद्ध छन् । वि.सं. २०६९ सालमा उनले पोखराको स्पाइरल ग्यालेक्सी एकेडेमी स्कुलबाट एलएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले कक्षा ११ र १२ को पढाइ काठमाडौंको सिसिआरसी कलेजमा अगाडि बढाए ।
वि.सं. २०७२ सालमा उनले विज्ञान संकायमा प्लस टु सके । त्यसपछि एमबीबीएसको इन्ट्रासमा छात्रवृत्तिमा नाम निकालेपछि उनी विराट मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि पुगे । सानैदेखि पढाइमा अब्बल रहेका डा. सनम भविष्यमा कार्डियोलोजी पढने योजना बनाएका छन् । इन्टरनल मेडिसिनमा एमडी गरेपछि कार्डियोलोजी पढने योजना रहेको उनले सुनाए । ‘अहिले हाम्रो जीवनशैलीको कारणले मुटुका बिरामीहरु पनि बढेका छन् । मुटुका चिकित्सकहरु एकदमै कम छन्,’ उनले भने, ‘त्यसैले पनि भविष्यमा कार्डियोलोजी पढ्ने योजना बनाएको छु ।’
छात्रवृत्ति करारअन्तर्गत अहिले उनी नेपाल सरकारको आठौं तहको मेडिकल अधिकृतका रुपमा पर्वत जिल्ला अस्पताल कुस्मामा कार्यरत छन् । सरकारसँगको छात्रवृत्ति करारमा उनी पर्वत जिल्ला अस्पतालमा दुई वर्ष रहनेछन् । डा. ढकालले पढाइप्रतिको लगनशीलता, कलेजको शान्त वातावरण, गुरुहरुको अध्यापन गराउने उत्कृष्ट शैली, साथीहरुको साथ सहयोगका कारण सानैदेखिको चिकित्सक बन्ने सपना पूरा भएको बताए । नाम निकाल्नका लागि पहिलो प्राथमिकता बुझाइ हो भनेर आफूले पढेको उनले सुनाए । ‘नबुझेको कुरा पटक–पटक दोहो¥याएर बुझ्ने प्रयास गर्थे,’ उनी एमबीबीएस इन्ट्रान्सको तयारीबारे भन्छन्, ‘आफूले नजानेका कुराहरु वेबसाइट, युट्युबमा पनि हेर्थे । पढेको कुरा बुझियो भने मेडिकल इन्ट्रान्स केही पनि होइन ।’ एमबीबीएस पढ्ने सपना बुनेर तयारी गरिरहेका सयौं विद्यार्थीहरुलाई उनी मेहनत गर्न सुझाव दिन्छन् । सफलता र असफलता एकै सिक्का दुई पाटा भएकाले नाम ननिस्कनेलाई हतास र निराश नहुन उनको सुझाव छ । ‘एमबीबीएस मात्रै करिअर अपरचुनिटी होइन्, अरु थुप्रै करिअर अपरचुनिटीजहरु छन्,’ उनले भने, ‘एमबीबीएस नै गर्नुछ भने पनि एक वर्षमा पुनः परीक्षा हुन्छ, राम्रो गर्नुहोस् । धेरै आत्तिनुपर्ने केही छैन् अझै मेहनत गर्नुहोस् ।’
काठमाडौं, ३० असार-नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति नेकपा भित्रको अन्तरद्वन्द्वका बीच कुर्ची जोगाउने अस्त्र भएको बताएका छन् । उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिबारे प्रतिक्रिया दिँदै आन्तरिक...
विराटनगर । २० तोला सुन र ३६ तोला चाँदी चोरी गरेको आरोपमा पक्राउ परेका अभियुक्तिहरू पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतलले बुधबार २० तोला सुन र ३६ केजी चाँदी चोरी आरोपमा पक्राउ...
विराटनगर, ६ साउन । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धीत औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे...
काठमाडौं, २९ चैत-प्रधानमन्त्री केपी शर्मा ओली सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फेरेन्समार्फत कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासबारे जानकारी लिएका छन् । सिहदरबारस्थित एक्सन रूमबाट ४ घण्टाभन्दा बढी अवधिसम्म संचालन भइएको भर्चुअल छलफलका...
विराटनगर, फागुन १४–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले मोरङको बुधनगर भेडियारी स्थित एकिकृत जाँच पास चौकी (आईसिपि) क्षेत्रमा स्थानीयलेनै रोजगारीमा प्रथामिकता पाउनुपर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँगको कुराकानीमा मण्डलले आईसिपि निर्माणका...
सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नम्बरको...
एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका...
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...