विराटनगर । भुजेल भाषा र लिपी नामक पुस्तक बिमोचन गरिएको छ । भुजेल समाज सेवा समिति विराटनगर महानगरपालिकाले विराटनगरमा एक कार्यक्रम आयोजना गरी उक्त पुस्तक बिमोचन गरेको हो ।
विराटनगर महानगरपालिकाका नगर प्रमुख नागेश कोइरालाबाट सो पुस्तकको बिमोचन गरे । विराटनगर महानगरपालिका समितिका अध्यक्ष गोपाल भुजेलको सभापतित्वमा भुजेल भाषा, लिपि संस्कार संस्कृतिका अध्येता लक्ष्मण थुसिरोङ भुजेलबाट संकलित सो पुस्तक विमोचन कार्यक्रममा डिग्री क्याम्पसका क्याम्पस प्रमुख ढकबहादुर मगर,विराटनगर महानगरपालिकाका वडा नं. १६ का वडाध्यक्ष उद्यव कुमार भुजेल ,समाजका केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजकुमार भुजेल, संस्थापक केन्द्रीय सचिव पूर्ण बहादुर भजेल (क) कोशी प्रदेश समितिका कोषाध्यक्ष एवं विराटनगर महानगरपालिका समितिका संरक्षक इन्द्रबहादृर भुजेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।