सामाजि क्षेत्रमा सक्रिय युवा नेता गिरी, विराटनगरको मदरसामा सहयोग गर्ने प्रतिवद्धता
शनिबार, ३० मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरी पछिल्लो समय सामाजि क्षेत्रमा सक्रिय भएर लागि परेका छन् । उनले आर्थिक विपन्न परिवारलाई जाडोको न्यायो कपडा बितरणदेखि उपचार नपाएर अस्पतालमा छटपटिरहेका विरामीको उपचार गरेर सामाजि कार्यमा सक्रिय भएर लागि परेका हुन् ।
केही दिन अगाडी गिरीले विराटनगरस्थित रेडप्लस अस्पतालमा आगोले जलेर घाइते भएका एक जना बालककोे निःशुल्क उपचार गरिदिएका थिए । गिरीको पहलमा विराटनगरका आदिलको १८ दिन अस्पतालमा राखेर उपचार गरेपछि डिस्चार्ज भएको थियो । उक्त बालकको उपचारमा लागेको सम्पूर्ण खर्च गिरीले गरिदिएका थिए । त्यसैगरी विराटनगरको ऋषिदेव परिवारका सदस्यहरुलाई पनि जाडोको कपडा गिरीले बितरण गर्दै आएका छन् । उनले असाय र आर्थिक अवस्था नाजुक भएका परिवारहरुलाई खाद्यन्य र लत्ताकपडा वितरण पनि गर्दै आएका छन् ।
यसैगरी गिरीले विराटनगर – ८ अशोकचोक स्थित रहेको मदरसा तालिमुल कुरान मदरसामा रहेका बालवालिकाहरुलाई पनि बिहीबार भोजन गराएका छन् । करिब दुई सय जना बालवाकिाहरुलाई गिरीले भोजन गराएका हुन् । उनले मदरसा निरीक्षणको क्रममा भौतिक संरचना जिर्ण भएकोले निमार्णमा सहयोग गर्ने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री दिने बताएका छन् ।
मदरसाको भौतिक संरचनाको अवस्था कमजोर देखिएकोले व्यवस्थित बनाउन सहयोग गर्ने बताए । ‘भौतिक संरचना सुविधा सम्पन्न भयो भने मात्र विद्यार्थीहरूले गुणस्तरीय शिक्षा पाउँछन् । पहिलो आवश्यकता भनेको संरचना हो । त्यसैले मदरसाको संरचना राम्रो बनाउन लागि पर्नेछु,’ उनले मदरसाको निरीक्षण गर्दै भने, ‘मैले सकेको सहयोग गर्नेछु ।’ यता मदरसाका प्रधानाध्यापक अब्दुस सुबानले मदरसाको भवन निमार्णमा सहयोग पु¥याउर्ने कार्यप्रति युवा नेता गिरीलाई धन्यवाद दिए ।
विराटनगर। मोरङको जहदा गाउँपालिका–३ मा रहेको मिठाई बनाउने उद्योगमा पाइप विष्फोट हुँदा दुई जना कामदार घाइते भएका छन् ।निर्माणाधीन अवस्थाको कोसी विराट एग्रो प्रा.लि नामक मिठाई बनाउने फ्याक्ट्रीमा मेसिन जडान गर्ने क्रममा मंगलबार साँझ ७ः४५...
विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले समाज परिबर्तनमा सञ्चारकर्मीहरुले अदृश्य शक्तिको रुपमा कार्य गरेको बताएका छन् । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिको दोस्रो अधिवेशनको विराटनगरमा उद्घाटन...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ का विद्यार्थीहरूलाई विदाई गरेको छ । विज्ञान र व्यवस्थापन संकायमा अध्ययरत विद्यार्थीहरूलाई कलेजले शुक्रबार एक भव्य कार्यक्रम आयोजना गरी विदाई गरेको हो । १५ औं ब्याजका विज्ञान र...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभिलेख सार्वजनिक नगर्ने ६ जिल्ला र एक सय नौ स्थानीय सरकारलाई तत्काल मौज्दात खोप विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । यसअघि मन्त्रालयले २१ माघसम्ममा सातै...
काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो । त्यतिञ्जेल...
विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा मोरङ र सुनसरीका पाँच वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा आइतबार...
विराटनगर, २ वैशाख । माेरङमा रक्सी खाएर मातेका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जहदा गाउँपालिका-७ का ३३ वर्षे नारायण साेरेनले श्रीमती ३२ वर्षीया पानाे टुडुलाई कुटपिट गरी हत्या गरेकाे मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए...
विराटनगर । विराटनगरस्थित सेन्ट्रल मल चौथो वार्षिकोत्सव विविद्य कार्यक्रम आयोजना गरी मनाउने भएको छ । सेन्ट्रल मलले विभिन्न कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनाउने भएको हो । वार्षिकोत्सव अवसर पारेर फागुन २० विहान १० बजेदेखि सुल्ला...