शिक्षादीप कलेजका विद्यार्थीले उडाए ‘वाटर रकेट’, बुधबारबाट सुरू भयो ६ दिने कार्यशाला
बुधबार, २७ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । पानी र हावाको मिश्रणको चापबाट चल्ने ‘वाटर रकेट’ तयार हुँदा विराटनगरस्थित शिक्षादीप कलेजका ७ जना विद्यार्थीको अनुहारमा बेग्लै चमक देखियो । कक्षा १२ मा विज्ञान संकाय लिएर अध्ययन गर्दै आएका आयुष ठाकुर, रितेस भट्टराई, राहुल ठाकुर, प्रशान्त झा, सिमृका तिमल्सिना, संस्कृति कर्ण र सिवाङ्का भगतले लामोसमयसम्मको खोज र अनुसन्धानपछि वाटर रकेट तयार पारे । उनीहरूले लामो समयसम्मको मेहनत बुधबारदेखि सुरू भएको विज्ञान सम्बन्धी ६ दिने कार्यशालामा वाटर रकेट देखाउँदा सहभागि भएका जनप्रतिनिधी, प्रध्यापक, शिक्षक र विद्यार्थीहरू पनि दंग देखिन्थे ।
उनीहरुले ५० मिटर उचाइसम्म उडने वाटर रकेट बनाएको विद्यार्थी आयुष ठाकुरले बताए । वाटर रकेट प्रक्षेपणपछि उनले भने, ‘विज्ञान पढेको स्वाद त बल्ल पो आयो ।’ कार्यशालाले विज्ञान क्षेत्रमा नेपालले केही गर्न सक्ने सम्भावना देखाएको उनले सुनाए । शिक्षादीप कलेजले विज्ञान संकाय अध्ययरत विद्यार्थीहरुका लागि अन्तरिक्ष विज्ञानसम्बन्धी ६ दिने कार्यशाला बुधबारदेखि सुरु गरेको छ । रिसिक इनोभेसन्स अन्तर्गतको ‘द स्क्वाड अफ चेन्ज मेकर्स’ सँगको सहकार्यमा विज्ञान संकाय अध्ययनरत विद्यार्थीहरुका लागि कार्यशाला सुरु गरेको हो ।
विज्ञान बिषय अध्ययनरत ४ समुुहमा विभाजन गरेर कार्यशालामा सहभागी गराईएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यशाला सकिएपछि विद्यार्थीहरुले पाँच हजार फिट उड्ने रकेट बनाउने द स्कुवाड अफ चेन्ज मेकर्सका अध्यक्ष सुशील देव भट्टराईले बताए । फियुलमा सुगर प्रयोग गरेर बनाउने रकेट प्रतिसेकेण्ड ७० फिट स्पीटको प्रक्षेपण गरिएको उनले बताए । विद्यार्थीहरुले कार्यशालमा रोबोटिक्स, खगोल विज्ञान, रकेट साईन्स, स्याटेलाईट टेक्नोलोजी, उडड्यन प्रविधिसँग सम्बन्धित सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन गर्नेछन् । पौष २ गतेसम्म चल्ने कार्यशालमा विद्यार्थीहरुलाई ६ दिनसम्म क्रमशः पहिलो दिन सैद्धान्तिक र दोश्रो दिन प्रयोगात्मक कक्षामा सहभागी गराउने तयारी कलेजले गरेको छ । कार्यशालामा विद्यार्थीहरुले ११० मिलिमिटरको अमेच्योर रकेट, १ यूनिटको क्युब स्याटेलाईट र ३ किलोमिटर रेन्ज भएको रिमोट कन्ट्रोल प्लेन बनाउन सिक्नेछन् । खगोलशास्त्रको अन्तिम दुईदिने कार्यशालामा विद्यार्थीहरुलाई छुद्र ग्रह पत्ता लगाउन तथा आकाशको म्यापिङ गर्न समेत सिकाईने बताईएको छ ।
‘विद्यार्थीले किताबी ज्ञान र आउट नलेज व्यवहार्रमा उतारेका छन् । वाटर रकेट बनाएर उडाउँदा छुट्टै आनन्द हुँदो रहेछ,’ कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले भने, ‘अब यस्ता गतिविधि निरन्तर गरेर विज्ञान सिकाइ प्रभावकारी बनाउनु आवश्यक छ ।’ कार्यशालाले विद्यार्थीलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने उनले बताए । कार्यशालाले विद्यार्थीको सीप अभिवृद्धि गरी आत्मविश्वास जगाएको उनले बताए । कार्यशालाको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले विद्यार्थीहरुले आफुसँग भएको अवसरलाई सदुपयोग गर्न सिक्नुपर्ने बताए । कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, कलेजका अध्यक्ष तथा प्रदेश सांसद भिम पराजुलीलगायले विद्यार्थीहरुले सिकेको कितावी ज्ञान व्यवहारमा उतार्नुपर्नेमा जोड दिए । मोरङमै पहिलोपटक आयोजना गरिएको यसप्रकृतिको कार्यशालाका लागि ९ जना विज्ञको टोली विराटनगर आएका छन् । विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने दक्ष जनशक्ति उत्पादनमा समेत कार्यशालाले महत्वपूर्ण भुमिका खेल्ने बताईएको छ ।
विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...
काठमाडौं, २५ वैशाख-लकडाउनको कारण बन्द हुने अवस्थामा पुगेका उद्योग प्रतिष्ठाहरुलाई सञ्चालन गर्न सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने उद्योगी व्यवसायीहरुले माग गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा सहभागि भएका उद्योगी...
विराटनगर, साउन ११–प्रदेश १ माआज ३१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ पुरुष र ३ महिला, इलामको इलामनगरपालिकामा ८ र...
चितवन, ९ मङ्सिर-नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान...
काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...
काठमाडौं, २५ असार-नेपालले प्रकाशित गरेको नेपालको नयाँ नक्सा र निशान छाप संशाेधनप्रति असन्तुष्टि जनाउँदै भारतले ‘कूटनीतिक नोट’ पठाएको छ ।कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका भूभाग समेटेर नेपालले नयाँ नक्सा सार्वजनिक गरेलगत्तै गत ३१ जेठमा निशान छाप...
विराटनगर, १९ असोज-सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा सोमबार थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत तेह्रथुमको म्याङलुङ नगरपालिका–१ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो...
कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ...