इटहरीमा कर्मघरबाट गरियो बुहारीको कन्यादान

 न्यूज विराट
इटहरीमा कर्मघरबाट गरियो बुहारीको कन्यादान

विराटनगर । सुनसरीको इटहरी नगरपालिका वडा नं २ का पुण्य पौडेल र उनकी आमा जानुका पौडेलले बुहारीको विवाह गरिदिएका छन् ।

बुहारी ३४ वर्षीया सूजा पौडेलको कर्मघरबाट वैदिक परम्पराअनुसार विहीबार कन्यादान गरी विवाह भएको हो । २०६९ सालमा पौडेल परिवारले झापाको बैगुन्धुराबाट सूजालाई बुहारी बनाएर भित्र्याएको थियो ।

जानुकाले भनिन्,“मेरी कान्छी बुहारीको रुपमा भित्र्याएकी उनलाई आज छोरीको रुपमा विवाह दान गरेर विदाइ गरें ।” जानुकाका कान्छा छोरा फडिन्द्र र सूजाबीच मागी विवाह भएको थियो । फडिन्द्रको २०७१ निधन भएको थियो ।
सुनसरी डुम्राहाका रमेश रेग्मीले विवाह गर्न परिवारमै प्रस्ताव गरेपछि आफूहरुले राजीखुसी विवाह गराइ दिएको पुण्यले बताए । “बुहारीको माइती पक्षसँग पनि यस विषयमा छलफल भयो,” उनले भने,“पारिवारिक सहमतिमै विवाह गर्ने निर्णयमा पुगेका हौं । भनेजस्तो परिवार र उस्तै विगत भएका जोडीले राम्रो गरिखान सक्छन् भन्ने अपेक्षासहित बुहारीको विवाह गरिदिएका हौं ।”
रेग्मीको पहिलो श्रीमतीको पनि दुई वर्ष पहिले निधन भएको थियो । उनीतिरका एक छोरा र छोरी छन् । पौडेलकी पनि एक छोरी छिन् । रेग्मी सरकारी कर्मचारी हुन् । सूजा एनआइसी एसिया लघुवित्त बैंकमा कार्यरत छिन् । सूजाका बुवा कृष्ण खतिवडाले छोरी कर्मघरबाट बेहुली भई बिदा हुन पाउनु समाजका लागि पनि उदाहारण भएको बताए ।

कर्मघरबाट छोरीको रुपमा बेहुली बनेर बिदाइ हुन पाउँदा गर्व लागेको सूजाले बताइन । जीवनमा आई परेका समस्या र त्यसको समाधानबारे धेरै सिकाइ भएको बताउँदै उनले भनिन्,“पौडेल परिवारबाट मैले छोरीकै माया पाएँ । अहिले यही घरबाट बुहारी भएर जान पाउँदा यो समाजका लागि पनि उदाहरण हो जस्तो लाग्छ ।” अब दुबैतिरका छोराछोरीलाई साथै राखेर आफूहरुले नयाँ जीवन शुरुवात गर्ने उनले बताइन् ।

सम्बन्धित समाचार

इनारमा डुबेर वृद्धाको मृत्यु

विराटनगर, २५ वैशाख-मोरङमा इनारमा डुबेर १ वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मिक्लाजुङ गाउँपालिका–७ बेलगौकी ६० बर्षीया सानुमाया लम्साल रहेकी छिन् । बिहीबार दिउँसो साढे १ बजेको समयमा लम्सालको आफ्नै घर अगाडि रहेको...

प्याब्सन जिल्ला स्तरीय हिज्जे प्रतियोगिताको उपाधि स्कलर्स होम स्कुललाई

विराटनगर । प्याब्सन मोरङ जिल्लास्तरीय हिज्जे प्रतियोगिताको उपाधि मोरङ सुन्दर हरैंचाको स्कलर्स होम स्कुलले जितेको छ । विराटनगरमा बुधबार सम्पन्न भएको प्रतियोगितामा ४१ वटा स्कुललाई पछि पार्दै स्कलर्सले उपाधि जितेको हो । उपाधिसँगै स्कलर्सले १५...

पेट्रोलको मूल्य १५० पुग्यो, डिजेलको १३३

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि गरेको छ । निगमले बिहीबार रातीदेखि लागुहुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य ५/५ रुपैयाँले बढाएको हो । नयाँ मूल्यअनुसार पेट्रोल १५० रुपैयाँ लिटर पुगेको छ भने डिजेल र...

’फरार’ सिद्धबाबाले गरे आत्मसमर्पण

काठमाडौं, फागुन २०–उच्च अदालत, बिराटनगरले आफूलाई थुनामा पठाउने आदेश दिने छनक पाएपछि फरार भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । आफ्नै अनुयायीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेका गिरीले जिल्ला अदालत, सुनसरीमा मंगलबार आत्मसमर्पण...

विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर, १७ असोज–विराटनगरकी कोरोना संक्रमित एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । विराटनगर–३ की ६८ वर्षीया महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्युु भएको हो । केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज ११ गते...

भेरीमा हराइरहेकाको खोजी गर्न गोताखोरसहित सशस्त्र प्रहरीको टोली परिचालन

काठमाडौं, १४ जेठ-भेरी नदीमा हराइरहेकाको खोजी कार्यका १८ जनाको टोली परिचालन गरिएको छ । गोताखोरसहितको १८ जनाको टोली शनिबारदेखि हराइरहेका ३ जनाको खोजी कार्यका लागि परिचालन गरिएको हो । शनिबार पश्चिम रूकुमको चौरजहारीमा मल्ल थरकी...

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

उपत्यकामा लकडाउनलाई यसरी गरिँदै छ कडाइ

काठमाडौं, १ जेठ-सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्