कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयक : बजेटको आकार ५० करोड बढाउँदै ३६ अर्ब ७४ करोड पुर्‍याइयो

 न्यूज विराट
कोशी प्रदेश बजेट प्रतिस्थापन विधेयक : बजेटको आकार ५० करोड बढाउँदै ३६ अर्ब ७४ करोड पुर्‍याइयो

विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ५० करोड थप गर्दै उक्त बजेट प्रतिस्थापन विधेयक ल्याएको छ । अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट ल्याइएको हो ।

यसअघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको थियो । उक्त अध्यादेशमा ५० करोड बढी अनुमान गर्दै प्रतिस्थापन बजेट ल्याइएको हो ।

जसअनुसार चालूतर्फ १२ अर्ब ६८ करोड १० लाख ८३ हजार, पुँजीगततर्फ २० अर्ब ३८ करोड १५ लाख ८२ हजार, वित्तीय व्यवस्था तर्फ १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ अर्ब ६६ करोड ७३ लाख ४५ हजार विनियोजन गरिएको छ । यस्तै चालू खर्चमध्ये सङ्घीय अनुदान बचत फिर्ताका लागि २ अर्ब राखिएको छ । उक्त बजेटको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ११ अर्ब ६४ करोड ८१ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ८४ करोड २९ लाख ५० हजार तथा नगद मौज्दातबाट ४ अर्ब २५ करोड १ लाख तथा वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रहेको छ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चालू आर्थिक वर्षका लागि पहिलो पटक अध्यादेशबाट जेठ ३२ गते बजेट ल्याएका थिए । अध्यादेशबाट ल्याएको बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार तथा चालूतर्फ १७ अर्ब ९९ करोड ९२ लाख ५८ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ करोड थियो । जसमध्ये प्रदेश सरकारले पहिलो चौमासिकमा चालूतर्फ ३ अर्ब ५७ करोड ८२ लाख १३ हजार २९४ रुपैयाँ अर्थात् १९.८७ प्रतिशत खर्च गरिसकेको छ । पुँजीगत तर्फ भने हालसम्ममा १ अर्ब ३७ करोड ५५ लाख ९६५ रुपैयाँ अर्थात् ७।५४ प्रतिशत खर्च गरिसकेको छ ।

सम्बन्धित समाचार

सिरिया र बंगलादेशका शिविर विनाशकारी बन्न सक्ने चेतावनी

कोरोना भाइरसका कारण संसार आक्रान्त भए पनि मानिसहरूको ध्यान हजारौँको सामूहिक बसोबास भएका शरणार्थी शिविरतिर गएको छैन । जहाँ कोरोना भाइरस फैलिएमा विनाशकारी बन्नेछ । बंगलादेशदेखि सिरियासम्म, एसियादेखि अफ्रिकासम्मका शरणार्थी शिविरमा बस्नेहरूले आधारभूत सुविधासमेत नपाइरहेको...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

प्रदेश १ : एमाले संसदीय दलको उपनेतामा अधिकारी

विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको रिक्त पदाधिकारीलाई पूर्णता दिएको छ । दलको उपनेतामा प्रदेशसभा सदस्य यशाेदा अधिकारी र सचेतकमा विमल कार्कीलाई चयन गरेको एमाले संसदीय दलका नेता भीम प्रसाद...

देउवाको नयाँ निर्वाचन लिस्ट सार्वजनिक (नामावलीसहित)

काठमाडौं, २७ मंसिर ।  नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सोमबार बिहानबाट मतदान सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ । आन्तरिक चुनावका लागि...

थप ७१० जनामा कोरोना पुष्टि, ११७५ डिस्चार्ज

काठमाडौं, ४ पुस-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ७१० जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७८० नमुना पीसीबर विधिबाट परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो...

शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ७ जना पक्राउ

एजेन्सी, २८ पुस । शारीरिक सम्बन्धका लागि श्रीमती साटासाट गर्ने ठूलो गिरोहको खुलासा भएको छ । खुलासा भएसँगै यो गिरोहमा संलग्न ७ जना पक्राउ परेका छन् । गिरोहमा १ हजारभन्दा धेरै जोडी सक्रिय रहेको समेत...

रोकीएको पिकअप पछाडी सर्दा किचेर एक जनाको मृत्यु

विराटनगर, ८ असोज । इलाम माइजोगमाइ गाऊपालिका ५ सोयाङ गणेश गोलाइ स्थितमा रोकी राखेको पिकअप गाडी सर्दा किचिरे सोही गाडीमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५७ बर्षीय खिर बहादुर...

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्