इटहरीको अम्बे सहकारीमा ४० करोड घोटला, अध्यक्ष फणीन्द्र मगर सहित पाँच जना पक्राउ

 न्यूज विराट
इटहरीको अम्बे सहकारीमा ४० करोड घोटला, अध्यक्ष फणीन्द्र मगर सहित पाँच जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले निक्षेप गरेको करिब ४० करोड घोटला भएको पाइएको छ । बचत कर्ताहरुले निक्षेप गरेको रकम घोटला भएपछि अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित पाँच जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिला गजमेर, राहुल अग्रवाल र कुमार आले रहेको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका एक जनाको नाम प्रहरीले खुलाएको छैन । गएको साउनदेखि अम्बेले बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् ।
बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी उजुरी दिएका थिए ।
उजुरी दिएपछि पटक पटक बचतकर्तासँग वार्ता भएको थियो । बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति भएपनि रकम फिर्ता गर्न नसकेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्ष सहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ठगी प्रकरणको प्रारम्भिक अनुसन्धान सुरु भैसकेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्ति पनि पक्राउ पर्न सक्ने सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

यसअघि तीन महिनायता बचत गरेको रकम फिर्ता गर्न माग गर्दै बचतकर्ताहरू आन्दोलित बनेका थिए । बचतकर्ताहरूले इनरुवास्थित प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालय र सञ्चालकको घर घेराउ समेत गरेका थिए ।

पाँच हजार बढी सेवाग्राहीहरूको रहेको सहकारीमा ३ सय सेयर सदस्य रहेका छन् । सहकारीले मोरङको विराटनगर, बिराटचोक र झापाको दमक गरी ३ स्थानमा सेवा केन्द्र समेत राखेर सेवा सञ्चालन गरिरहेको छ ।

यता सहकारीले भने व्यापार व्यवसायमा इतिहासमै ठुलो सङ्कट र बैङ्कमा तरलताको अभाव रहेको कारण बचत कर्ताहरूले मागेको बचत रकम एकै पटक फिर्ता गर्न नसकिएको जनाएको छ ।

बजारमा लगाएको कर्जा समेत ऋणीले एकै पटक तिर्न सक्ने अवस्था नरहेको कारण बचत फिर्तामा समस्या भएको सहकारीको भनाई छ ।

सम्बन्धित समाचार

विराटनगर विमानस्थलको मुआब्जाको काम सुस्त हुदा स्थानिय आक्रोशित

विराटनगर, ३२ साउन । विराटनगर–विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर...

प्रचण्ड पतनको बाटोमा :सांसद राई

विराटगर, फागुन २–नेकपा अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसका स्व. नेता गिरिजाप्रसाद कोइरालाबारे दिएको अभिव्यक्तिप्रति कांग्रेसका प्रदेश सांसदले आपत्ती जनाएका छन् । शुक्रबार प्रदेशसभा बैठकको शून्य समयमा कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले नेकपा अध्यक्ष प्रचण्ड पतनको दिशामा...

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाइ सार्वजनिक गरिएको छ । नेपाल र चीनले संयुक्त रूपमा मंगलबार सगरमाथाको उचाइ सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ हजार ४८.८६ मिटर रहेको औपचारिक घोषणा गरिएको हो...

विराटनगर महानगरको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सुरु

विराटनगर, २७ असार । विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा...

प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता...

बडादसैँको मुख्य दिन आज: आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदै

काठमाडौँ, २९ असोज-(असोज २९ गते शुक्रबार प्रचारप्रसार गर्ने) नेपालीहरूको महान् चाड बडादसँैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे...

अध्यक्षविरूद्ध एक वर्ष कैद र १८ लाख जरिवानको माग दाबी, आज अदालतमा अभियोग दर्ता हुँदै

विराटनगर । मोरङको बेलबारी नगरपालिका – ११ भाउनेस्थित सृजना सामुदायिक वनको ९५५ क्युफिट काठ घोटला गरेको आरोप लागेको वनका अध्यक्ष छत्रबहादुर लिम्बु विरुद्ध मुद्दा दायर हुने भएको छ । डिभिजन वन कार्यालय मोरङले अध्यक्ष लिम्बु...

भरतपुर अस्पतालमा संक्रमित र अन्यको बाटाे अलग

चितवन, १ असार-सर्वसाधारण बिरामीको उपचार गर्ने भरतपुर अस्पतालमा राखिएका कोरोना संक्रमित र तीनको उपचारमा संंलग्नलाई आवतजावत गर्ने प्रवेशद्वारा र बाटो अलग गरिएको छ । अस्पतालमा उपचार गर्न आउनेलाई सुरक्षित गर्न छुट्टै स्थानमा संक्रमितलाई राखिएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्