प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु उत्कृष्ट प्रहरी घोषित
शुक्रबार, ०८ मंसिर, २०८०,
न्यूज विराट
विराटनगर । इलाका प्रहरी कार्यालय भाण्टाबारी, सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा बहादुर पोमु लिम्बु उत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले लिम्बुलाई कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो । प्रहरी संगठन भित्र लिम्बु अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित रहेका छन् । उनी मोरङमा रहदा जघन्य अपराधको घटनाको सफल अनुसन्धान गरेका थिए । प्रविधिमा पोख्त मानिएका लिम्बुले गम्भिर प्रकृतिका जघन्य अपराधको घटनाको सुष्म अनुसन्धान गरी अभियुक्तहरु पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल अधिकृतको रुपमा परिचत रहेका छन् ।
लिम्बुले विभागीय मूल्य मान्यता, आदेश– निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी घोषित गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलाले बताए । लिम्बुले धरान ३ स्थित सुन पसलमा डाँका चोरी भएको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेका थिए । लिम्बुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल कार्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
विराटनगर, १५ भदौ । मानव अधिकार संरक्षण, सम्र्बद्धन र सरोकार विषयक कार्यशाला बुधबार विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजनामा सरोकारवालहरूले मानवअधिकार रक्षकहरूले राज्यसँग पहिचान खोज्नेवेला आएको...
विराटनगर, १५ भदौ । यौन दुर्व्यवहारको आरोपमा विराटनगरबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्षसमेत रहेका विराटनगर–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई मोरङ प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो...
विराटनगर, माघ २३–नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २७औँ राष्ट्रिय महाधिवेशन विराटनगरमा हुने भएको छ । शुक्रबार र शनिबार हुन लागेको महाधिवेशनमा देशभरिबाट ५ सय जना एमआरहरू सहभागी हुने संघका केन्द्रीय सचिव सुनीलकुमार श्रेष्ठले जानकारी...
विराटनगर । विराटनगरको हाटखोला– रंगेली हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् । तीन महिना भित्र उक्त सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले सहमति गरेपछि यहाँका स्थानीयले एक...
काठमाडौं, माघ २९–राष्ट्रिय वाणिज्य बैंकको नाफा चालू आर्थिक वर्षको ६ महिनामा ८.३१ प्रतिशतले घटेको छ । नाफा घटे पनि अन्य बैंकको तुलनामा भने वाणिज्य बैंक नै अगाडि छ । बैंकको नाफा यस वर्ष २ अर्ब...
विराटनगर, ५ साउन–प्रदेश १ मा आज १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा...
विराटनगर, १६ पुस । विराटनगरमा मोटरसाईकल चोरीमा संलग्न व्यक्तिहरु धमाधम प्रहरीको फन्दामा पर्न थालेका छन् । पछिल्लो समय विराटनगरमा मोटरसाईकल चोरीको बिगबिगी बढ्दै गएका बेला चोरीमा संलग्न व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले...