भन्सार नाप जाँच भएको ट्याक्टर प्रहरीको नियन्त्रणमा, भन्सार छलीको आशङ्का
बिहिबार, १६ कार्तिक, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नाप जाँच भएर निस्किएको एउटा ट्याक्टर सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरिएको आशङ्कामा सशस्त्र प्रहरी बल मोरङले विराटनगर १७ आई सिपी रोडबाट एउटा ट्याक्टरमा लोड भएको सामान आज नियन्त्रणमा लिएको हो ।
बीआर ३८ ए ६८४४ नम्बरको ट्याक्टरमा लोड भएको मिलको सामानहरू सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ थापाले जानकारी दिए । उक्त ट्याक्टरमा लोड भएको समानको भन्सार मुल्याकंन कम गरी राजस्व छली गरेको हुनसक्ने भएकोले प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टर र सामान सशस्त्र प्रहरीले आवश्यक अनुसन्धान गरी कारबाहीको लागि इटहरी राजस्व कार्यालयमा बुझाएको छ । राजस्व कार्यालयले अनुसन्धान पछि मात्र भन्सार छली भए नभएको पत्ता लाग्नेछ ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टरको सामान कसको भन्ने खुलिसकेको छैन । उक्त समानको भन्सार सहजीकरण एजेन्ट किशोर शाहीले गरेका छन् ।
काठमाडाैं, २३ साउन-नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४२ जनामा कोरोना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार बिहीबार राति गरिएकाे परीक्षणमा २२ महिला र...
काठमाडौं, १८ पुस । इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाले कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेकाले सतर्कता अपनाउन पालिका, जिल्ला स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरूलाई अनुरोध गरेको छ । ‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै...
विराटनगर । पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको लाइभ राउन्टमा ५० जना प्रतियोगि छनोट भएका छन् ।सेमिफाइनलमा पुगेका ११६ जनाबाट मंगलबार लाइभ राउन्टको लागि ५० जना छनोट भएका हुन् । विराटनगरस्थित एभरेष्ट स्कुलमा भएको सेमिफाइनल चरणबाट...
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा ज्वेलर्स सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको झण्डै एक करोड रुपैयाँ गठी गरेको आरोपमा पक्राउ परेका छन् । सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर ८२ लाख रूपैयाँभन्दा...
विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार...
सरकारले कोरोना भाइरस संक्रमित नथपिएको जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना नपिएको बताएका हुन् । मंगलबार सनसिटीमा देखिएका संक्रमितपछि...
काठमाडौं, २० वैशाख-पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन् । पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरु नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए...