तस्करले सवारी चालक राईलाई फसाएको गुनासो, रिहाको लागि परिवारको हारगुहार

 न्यूज विराट
तस्करले सवारी चालक राईलाई फसाएको गुनासो, रिहाको लागि परिवारको हारगुहार

विराटनगर । भारतबाट क्यारिङ्गमार्फत कपडाको तस्करी गर्ने गिरोहको समूहले विराटनगरका एक जना सवारी चालकलाई फसाएको भन्दै न्यायको लागि परिवारले हारगुहार गरेका छन् । 

नक्कली बिलबिजक देखाएर सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार राईलाई भारतबाट क्या रिङ गर्ने तस्करको समूहले फसाएको भन्दै रिहाइको माग राखेका हुन् ।

बिहीबार दिउँसो विराटनगर ४ कञ्चनवारिबाट सशस्त्र प्रहरी बल मोरङले अवैध रूपमा सुन्दरहरैचा लैजाँदै गरेको करिब सात लाख ५० हजार रुपैयाँ मूल्य बराबरको कुर्ता सलवार बरामद गरेको थियो । सशस्त्रको सादा पोषकका प्रहरीले प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपबाट आठ सय ३४ थान कुर्ता सलवार बरामद गरिएको थियो । लत्ताकपडा बरामद गरेको पिक अप राईको हो । उनलाई भारतबाट तस्करी गर्ने दुई जना गिरोहले नक्कली बिलबिजक देखाएर मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलपुर स्थित कपडाको पसल गर्ने व्यापारी प्रिया भनिने दुर्गा घिमिरेलाई दिनु भनेर पठाएका थिए । उक्त सामान गन्तव्यसम्म पुर्‍याउँदा गाडी भाडा बापत उनलाई तीन हजार दिने बताएका थिए । ‘गाडी लिएर गिद्रीमा बसेको थिए । दुई जना मोटरसाइकलमा आए । बिलबिजक देखाए । विराटनगर ६ सरौचियामा रहेको ओमेक्स फेसन होजियारीको पान नम्बर ६१४६७४०२० मा भ्याटसहित ५९ हजार ३२५ रुपैयाँ काटेको बिल थियो । सम्पूर्ण प्रक्रिया पुरा गरेको सामान रहेछ भनेर मैले ९८१०४१८१३१ नम्बरको प्रिया भनिने दुर्गा घिमिरेले सञ्चालन गरेको मनकामना तयारी पोसाकमा लैजान भनेर विराटनगरबाट हिँडेको थिए । कन्चन बारी पुग्दा प्रहरीले समायो । यो सामान अवैध हो भनेर प्रहरीले भनेपछि छानाबाट खसेजस्तो भए,’ थुनामा रहेका चालक राईले भने, ‘ म सोझो राई को छोरा । लप्पन छप्प न जान्दिन । मैले त सोझो हिसाबले बिल हेरेपछि त्यही अनुसारको सामान होला भनेर लिएर गएको थिए । तर, प्रहरीले समाएपछि सामान त अर्को हालेको रहेछ ।’ 

दिनभरि सवारी चलाएर आठ जनाको परिवार पाल्ने आर्थिक अवस्था नाजुक भएको परिवारलाई अहिले भन्सारले ७ लाख ५० हजार कपडाको, १५ लाख गाडीको र मान्छेको दिनको ५० हजार गरी झन्डै २३ लाख धरौटी माग्ने बताउँदै आएका छन् । ‘यत्रो पैसा कहाँबाट ल्याउनु ? । घरमा अपाङ्गता भएका बिरामी आमा हुनहुन्छ । श्रीमानलाई सुनियोजित तरिकाले फसाएको छ । हामीले सामान ल्याउने मान्छे पनि पत्ता लगाइसक्यो । सम्पूर्ण कागजपत्र प्रहरी प्रशासन र भन्सारलाई पनि बुझाएका छौँ । क्या रिङ गर्ने र कपडा मगाउने व्यापारीलाई प्रहरीले अहिलेसम्म समाउन सकेको छैन । एउटा सोझो श्रीमानलाई समाएर राखिएको छ,’ श्रीमती सजिना राईले भनिन् । सुनियोजित तरिकाले फसाएको श्रीमानलाई बिना सर्त रिहा भन्सारले गरिनुपर्ने उनले माग राखेकी छिन् ।

भारतबाट कपडाको तस्करी गर्ने विराटनगर दरैयाबस्तीका मिथुन साहको रहेको स्रोतले बताएको छ । मिथुनले पल सर मोटरसाइकलमा सहयोगी परिचालन गरेर सवारी साधनबाट सलपुरमा कपडाको व्यापार गर्ने प्रियालाई बेचेको बिलबिजकबाट देखिन्छ । सवारी चालक राईका परिवारले क्या रिङ गर्ने र कपडा खरिद गर्ने व्यापारी पहिचान गरिसक्दा पनि सशस्त्र र नेपाल प्रहरीले अहिलेसम्म तस्करी गर्नेलाई पक्राउ गरेको छैन । 

मोरङ प्रहरीका प्रमुख एसपी दीपक पोखरेले आफ्नो कार्यक्षेत्रमा नपर्ने भएकाले भन्सारले भनेपछि पक्राउ गर्ने बताए । ‘सशस्त्रले सामान समाएपछि भन्सारमा बुझाएको छ । भन्सारले मुद्दा चलाएपछि बयान हुन्छ । बयानबाट खुलाएपछि भन्सारले पक्राउ गर्नुपर्दा प्रहरीलाई पत्राचार गर्ने हो । नेपाल प्रहरीलाई पक्राउ गर्ने सहयोग मागेपछि हामीले नियन्त्रणमा लिएर भन्सारमा बुझाउने हो,’ एसपी पोखरेलले भने ।  विराटनगर भन्सार कार्यालयले मङ्गलवार धरौटी खोल्ने तयारी गरेको छ । 

सम्बन्धित समाचार

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

विराटनगरको बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

विराटनगर, १ पुस । निरन्तर विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले विराटनगर बखरीस्थित बखरी आधारभूत विद्यालयमा अध्ययनरत विपन्न परिवारका ३० जना बालबालिकाहरुलाई...

सौन्दर्यकर्मी युनियन विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ

विराटनगर । रााष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटि विराटनगरको अध्यक्षमा भली सुब्बा गुरूङ्ग निर्विरोध निर्वाचित भएकी छिन् । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरको चौथो अधिवेशनले सुब्बालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । मंगलबार सम्पन्न भएको...

हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएका वेबसाइट सामुदायिक विद्यालयलाई निःशुल्क हस्तान्तरण

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी...

दुई न्यायाधीशमा कोरोना

धनुषा, साउन १६–उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत...

विराट गोल्डकप : आर्मी एनआरटीसँग स्तब्ध

विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।...

म राजीनामा दिनेवाला छैन : प्रधानमन्त्री ओली

काठमाडौं, १९ कात्तिक-प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । पछिल्लो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्