
उपत्यकामा एकै दिन थपिए ३ हजार १ सय १७ संक्रमित
काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री वितरण गरेको छ । कटहरी गाउँपालिका परिसरमा सोमबार एक कार्यक्रम आयोजना गरी मोरङ प्रहरी र ट्राफिक प्रहरीलाई १० थान साइकल, १ थान कम्प्युटर, १ थान प्रिन्टर, २१ थान ट्राफिक कोण वितरण गरिएको हो ।
गत भदौ २६ गते कार्यपालिकाको बैठकले प्रहरीलाई साइकल र प्राविधिक सामाग्री गरी १ लाख ८६ हजार ९४६ रुपैयाँ सामाग्री वितरण गर्ने निर्याण गरेको थियो । उक्त निर्याण पछि प्रहरीलाई साइकल र प्राविधिक सामाग्री कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिकाका अध्यक्ष चौधरीले प्रहरीलाई साधन स्रोत मैत्री बनाउने कामको सुरुवात गरिएको बताए । भएको सीमित स्रोत साधनले काम गर्दै आएको प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन तीन तहको सरकार लागि पर्नुपर्ने बताए । प्रहरीलाई गस्ती गर्न सहज पु¥याउने उद्देश्यले साइकल वितरण गरिएको उनले बताए । सईको नेतृत्वमा कटहरिमा प्रहरी चौकी स्थापना भएको छ । पाँच कट्ठा क्षेत्रफलमा भवन बनाउने काम पनि भइरहेको उनले बताए ।
कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सीमित स्रोतसाधनले प्रहरीले शान्ति सुरक्षा कायम गर्दै आएको बताए । कटहरिबाट सहयोग प्राप्त भएको साधन स्रोतले शान्ति सुरक्षामा थप सहयोग पुग्ने बताए । शान्ति सुरक्षा प्रहरीले एक्लै मात्र सम्भव नभएको बताउँदै उनले सबैको साथ सहयोगको खाँचो रहेको बताए । ट्राफिक नियमको पालना गरेर सवारी दुर्घटना न्यूनीकरण गरिनुपर्नेमा उनले जोड दिए । भएको कानुन कार्यान्वयन सबैको साथ सहयोग गरेर अपराध रोकथाम र नियन्त्रणमा सहयोग सबैले खेल्नुपर्ने एसपी पोखरेलले बताए ।
कार्यक्रममा कटहरी गाउँपालिकाकी उपाध्यक्ष सिता देवी राजवंशी, वडा अध्यक्ष, सदस्य, मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
काठमाडौं, ५ कात्तिक-बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना...
विराटनगर, १८ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५, उदयपुरमा एक र प्रदेश बाहिरका ४ काजना रहेको सामाजिक विकास...
एजेन्सी, पुस ८–अमेरिकाको अग्रणी विमान निर्माता कम्पनी बोइङका प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट बर्खास्त गरिएको छ । बोइङले संस्थामा आत्मविश्वास पुनस्र्थाििपत गर्नका लागि यो कदम चालिएको दाबी गरेको छ । बोइङ कम्पनीको ७३७ म्याक्स...
काठमाडौं, १२ असार-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ। दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ...
जनकपुरधाम, २५ चैत-प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशनबाट फरार भएकी महिलालाई प्रहरीले धनुषाको सपहीबाट नियन्त्रणमा लिएको छ । भारत बिहारको झंझारबाट आएकी सिरहाको नरहा गाउँपालिका ३ निवासी ५५ वर्षीया शैला खातुनलाई कोरोना भाइरसको लक्षण देखिएपछि प्रादेशिक अस्पताल...
काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...
विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...
भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.