कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति गर्न सनाखत सुरू, आङ्बो पक्ष सनाखतमा नजाने
शनिबार, २७ असोज, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि सांसदहरूको सनाखत प्रक्रिया सुरू भएको छ । मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा सनाखत दिन सुरु भएको हो ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरुको आज हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका केदार कार्कीले दाबी पेश गरेपछि खापुङले दुबै पक्षले पेस गरेका सांसदहरुको हस्ताक्षर सनाखत गर्ने तयारी गरेका हुन्।
खापुङले प्रदेशसभा सदस्यलाई हस्ताक्षर सनाखत गर्न शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्मको समय दिएका छन् । नेकपा एमालेका ३८ र नेपाली कांग्रेसको डा शेखर कोइराला ८ जना सांसदहरू बिहान ८ः३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन् । एमालेका सांसद ज्ञानेन्द्र सुवेदी भने केहीबेरमा पुग्ने बताइएको छ । अहिले कार्की पक्षका सांसदहरुले सनाखत गर्न सुरु गरेका छन् ।
कोशीकोे मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी प्रस्तुत गरेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पक्ष तत्काल सनाखतमा नजाने बतनएका छन् । आङ्बाेले आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबीच सहमतिकाे प्रयास भईरहेकाे कारण तत्काल सनाखतमा नजाने बताए । काँग्रेसका ८ जना माननीयहरू सशरिर उपस्थिति भईसकेपछि हाम्राे दाबी पुग्दैन, अर्काे कुरा शीर्ष नेताहरू छलफलमै हुनुहुन्छ । त्यसकारण हामी अहिले सनाखतमा जाँदैनाैं, उनले भने ।
सनाखतको काम सकिएपछि आजै मुख्यमन्त्री नियुक्त गर्ने मुख्यमन्त्री कार्यालयको तयारी छ। प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएर सांसदले कतापट्टिको आफ्नो सही आधिकारिक हो भनेर खुलाउनुपर्ने छ। मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्की र आङ्बो दुबैले प्रदेश सभाका ४७–४७ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष पेस गरेका छन्।
तर, आङ्बोले आफ्नो पक्षमा राखेका कांग्रेसको शेखर कोइराला पक्षका ८ जना सांसदको नाम कार्कीको लिस्टमा पनि देखिएपछि प्रदेश प्रमुख खापुङले सांसदलाई शशरीर उपस्थित गराएर सनाखत गर्ने तयारी गरेका हुन्।
विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजना तथा म्यारी स्टोप्स् इन्टरनेशनल नेपाल र सुनौलो परिवार नेपालको सह आयोजनामा महिलाहरुको प्रजनन् स्वास्थ्य विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ।महिला उद्यम समितिकी संयोजक श्रुति शर्माको...
मस्को, असार ३–रुसमा कोरोना संक्रमितको संख्या साढे ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ४३ जना नयाँ थपिएसँगै कुल कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ३ सय १ पुगेको...
काठमाडौं, ३० भदौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ...
मुलुक कोरोनाका कारण संकटमा परेको बेला अति विपन्न परिवार, सडकमा रहेका जनावर पशुपक्षीहरूलाई राहत सामग्री वितरण गरिएको छ । श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल, श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल र श्रीकृष्ण प्रणामी वाइजुराज महिला समितिले राहत...
विराटनगर । नेपाल अग्रवाल युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि ३० र्औ स्थापाना दिवश मनाएको छ । मञ्चले आज आइतबार विराटेश्वर विद्धाआश्रममा रहेको विद्ध–विद्धाहरुलाई विहानको भोजन गराएको थियो । सोही अवसरमा विराटेश्वर विद्धाआश्रमका अध्यक्ष...
मोहन अधिकारीको शब्द रचना र कमल खत्रीको स्वर रहेको गित सार्बजनिक भएको छ । लामो समयदेखि साहित्यमा कलम चलाउँदै आएका अधिकारीको शब्दमा खत्रिले स्वर दिएको गित ‘म तिम्रै हुँ’ को लिरिकल भिडियो सार्वजनिक भएको हो...
सप्तरी, २० साउन-कतिपयले झुटो विवरण लेखाई पीसीआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना परीक्षणका लागि स्थानीय तहले सङ्कलन गरेर दिएका...
एजेन्सी, जेठ १७-मलेसियाका विकासवादी तथा लोकप्रिय नेता पूर्व प्रधानमन्त्री महाथिर मोहम्मद आफ्नै पार्टीबाट बर्खास्त भएका छन् । बरसातु पार्टीबाट महाथिर, उनका छोरा र अन्य तीन जना वरिष्ठ नेताहरु निस्कासनमा परेका हुन् । यद्यपि ९४ वर्षीय...