विराटनगरसहित मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना, यात्रुसँग बढी भाडा लिनेलाई कारवाही

 न्यूज विराट
विराटनगरसहित मोरङको ६ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना, यात्रुसँग बढी भाडा लिनेलाई कारवाही

विराटनगर । दसैं, तिहार, छठलगायतका चाडपर्व नजिकिएसँगै सार्वजनिक सवारीसाधनमाथि निगरानी बढाउने उद्देश्यले मोरङको ६ ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको छ । चाडपर्वलाई लक्षित गरेर मोरङको विराटनगर बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सेवा प्रवाह सुरू भएको हो । मोरङ ट्राफिक प्रहरीले बुधबार एक कार्यक्रमको आयोजना गरी यात्रा सहायता कक्षको उद्घाटन गरी संचालनमा ल्याएको छ ।
चाडपर्व मनाउन मुलुकका विभिन्न स्थानबाट सार्वजनिक सवारीको प्रयोग गरेर आजतजावत गर्ने यात्रुको सुविधालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएको हो ।
यात्राका क्रममा यात्रुलाई आइपर्ने सम्भावित समस्यालाई तत्काल सम्बोधन गर्ने उदेश्यका साथ ठाउँठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेर सञ्चालनमा ल्याइएको मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए ।


यात्रुको सहजताका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी, सवारी चालक, मजदुरसँग सम्बन्धित संघ संगठन, बसपार्क व्यवस्थापन समितिलगायतका सरोकारवालासँग समन्वय गरिएको उनले बताए । उनका अनुसार चाडपर्वका बेला यात्रुसँग बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रुका सामानको सुरक्षा नगर्ने, आरक्षण सिटको कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी र कोचाकोच यात्रु राख्नेलगायतका समस्या सार्वजनिक सवारीसाधनमा देखिने गरेको छ ।

साथै, यात्रुलाई सम्मानजनक व्यवहार नगर्ने, गन्तव्यसम्म नपु¥याउने, एकभन्दा बढी यात्रुलाई एउटै सिटको टिकट काटिदिने, मापदण्डविपरीत सवारी सञ्चालन गर्ने, यात्रुलाई बिचल्ली बनाउने, अस्वस्थ्यकर खाना खान बाध्य पार्ने तथा बेचबिखन गर्ने, गैरकानुनी व्यवहार गरेर यात्रुलाई मर्कामा पार्ने गरिएको छ । यात्रुमैत्री व्यवहार गर्न सबैलाई आह्वान गरिएको बताउँदै पौडेलले यात्रुलाई असुविधा पु¥याउने खालका हर्कत गर्नेलाई तत्काल कारबाहीको दायरामा ल्याइने जानकारी दिए ।
कार्यक्रममा मोरङ प्रहरीका प्रवक्ता डिएपी रन्जन कुमार दाहाल, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बिजय श्रेष्ठ, विराटनगर ११ का वडाअध्यक्ष तिथेन्द्र न्यौपानेलगायतको उपस्थीति रहेको थियो ।

सम्बन्धित समाचार

सुनसरी जलमग्‍न, २ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

निरन्तरको वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न बनेको छ । पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरू डुबानमा परेका हुन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका...

रोटरी क्लब अफ विराटनगरको पदस्थापन, अध्यक्षमा कबिन श्रेष्ठ

विराटनगर । रोटरी क्ल अफ विराटनगरको ४६ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगरमा आइबार साझ एक भव्य कार्यक्रम आयोजना गरी रोटरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । रोटरी क्लब अफ विराटनगरको रोटरी वर्ष...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । समायोजन गरिएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ । निगमले डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुईका दरले वृद्धि गरेको हो ।...

शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं, ३० साउन-त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप ८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।शुक्रबार ८ जना स्वास्थ्यकर्मीको कोरोना देखिएको हो । ‘८ जनालाई पोजिटिभ देखिएको छ,’ अस्पतालका कोभिड टिमका संयोजक डा. सन्तकुमार दासले भने,...

उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मी पनि डिस्चार्ज

विराटनगर, बैशाख २६–कोभिड अस्पतालमा गत वैशाख ५ गते विरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज डिस्चार्ज भएको छ । इष्टर्न स्टार होटेलको क्वारेन्टाईनमा रहेका स्वास्थ्यकर्मीको टोलीलाई सामाजिक विकास मन्त्री जीवन घिमिरे, मन्त्रालयका सचिव...

सांसद अपहरणको जाहेरी लिन प्रहरीले मानेनः डा. बाबुराम भट्टराई

काठमाडौं, १४ वैशाख-जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दर्ता गर्न खोजिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ ।सो पार्टीका नेता बाबुराम भट्टराईका अनुसार नेकपाका सांसद र पूर्व आईजीपीविरुद्ध यादवको अपहरण...

अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष माग गर्ने नेकपा नेताको तयारी

प्रधानमन्त्री केपी ओलीको अध्यादेश प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ रहेपछि असन्तुष्ट नेताले अध्यादेश खारेजीको माग राष्ट्रपतिसमक्ष गर्ने भएका छन् । अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम सचिवालय सदस्य तथा प्रवक्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्