विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका– ११ पट्वारीका २३ वर्षिय राजेश कुमार स्वर्णकारको प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको आक्रमणमा ज्यान गुमाउनु परेको छ । गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी राजेशसहित १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।
कामसँगै अध्ययनका लागि राजेश गत भदौ २६ गते इजरायल पुगेका थिए । त्यहाँ पुगेसँगै काममा लागेका उनी परिवारको सम्पर्कमै थिए । राम्रैसँग दिनहरु गुजारिरहेका थिए । परिवारका साइलो छोरा उनी इजरायल गएसँगै घरमा पनि खुसीको आशा पलाएको थियो । तर दुर्भाग्य गत शनिबारदेखि उनको परिवारसँग सम्पर्क टुट्यो ।
त्यहीबेला इजरायलमाथि प्यालेस्टिनी कट्टरपन्थी समूह हमासले भीषण आक्रमण गरेको खबर संसारभर फैलियो । इजरायलमा भएको आक्रमणको खबरसँगै परिवारका सदस्य चिन्तामा परे । उनीसँग परिवारको सम्पर्कको लागि कैयौं प्रयास भयो । तर सम्पर्क हुन सकेन । त्यसपछि राजेशका बुवा राजकुमार र आमा कैलाशले शनिवार साँझ छोराको दीर्घायुको कामनासहित पूजा आराधना गर्न घर नजिकको मन्दिरमा पुगे । इजरायलमा हमासले गरेको आक्रमणको खबर सुनेको र छोरासँग पनि सम्पर्क नभएको अवस्थामा चिन्तित बनेका उनीहरूले छोरालाई केही नहोस् भनेर भगवान् पुकारे । तर, दुर्भाग्य ! मन्दिरबाट फर्किँदै गर्दा छोराको मृत्युको खबर सुन्नुप¥यो, त्यसपछि राजेशको आमाको होसहवास उड्यो ।
‘राजेशको दीर्घायुको कामना गर्दै माइलो विनोद र कान्छा भाइ चन्दनलाई लिएर ममीबुवा साँझमा मन्दिर जानुभएको थियो,’ जेठा दाइ मुकेशले भने, ‘मन्दिरबाट आउँदै गर्दा छिमेकी भाउजूले कान्छो भाइलाई इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको नाम देखाइदिनुभएछ । भाइले राजेश दाइ रहनुभएन भनेपछिबाट आमा त्यसपछि बेहोस हुनुभयो । अहिले त घरमा असाध्यै पीडा छ, गाउँ पूरै शोकमा डुबेको छ ।’
शुक्रवार मात्र जेठा दाजु मुकेशसँग राजेशको कुरा भएको थियो । ‘भाइले होटलमा बस्न भन्यो । २५ सय भाडा लाग्छ भनेको थियो । दाइ, भोलि कुरा गरौंला, अहिले खाना खाने बेला भयो भन्यो । शनिवार यहाँ छुट्टी हुन्छ, अलि लामो गफ गरौंला भनेको थियो,’ मुकेशले गहभरी आसु पार्दै भाइसँग भएको संवाद सुनाए ।
विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना...
विराटनगर । मोरङ क्षेत्र नं. ६ (१) मा वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका उम्मेद्वार जीवन आचार्यले उत्पादन र उद्यमशीलताको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् । आर्थिक क्रान्ति बिना देश समृद्ध हुन नसक्ने धारणा व्यक्त...
विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता भएका छन् । आज धरान स्थित धरान गल्फ क्लबको गल्फ...
काठमाडौं, १३ असार-नेपालका ७७ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ । अहिलेसम्म बाँकी रहेको जिल्ला रसुवामा आज ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य...
काठमाडौं, २२ वैशाख-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डीस्इन्फेक्ट छर्दैमा कोरोना भाइरस नाश नुहने बताएको छ ।मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले शरीरमा कीटनाशक झोल छर्किँदैनमा कोरोनाको संक्रमण नरोकिने बताएका हुन् । विभिन्न ठाउँमा डिस्इन्फेक्सन...
विराटनगर । प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो। प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको...
काठमाडौं, जेठ २–सरकारको नीति तथा कार्यत्रम संघीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ४ बजे संयुक्त बैठकमा नीति तथा कार्यत्रम प्रस्तुत गर्ने छिन् । नीति तथा कार्यक्रम पेस गर्न संसद्...
दार्चुला, बैशाख ३१-दार्चुलाको कालापानी क्षेत्रका लागि हिँडेकाे सशस्त्र प्रहरीको टोली काठमाडौंबाट दार्चुला पुगेको छ । कालापानी क्षेत्रका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत सशस्त्र प्रहरीको टोली काठमाडौंबाट बिहान ११ बजे दार्चुला सदरमुकाममा रहेको दुर्गादल गुल्ममा अवतरण गरेकाे...