मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

 न्यूज विराट
मोरङको ग्रामथानमा तेली कल्याण समाज गठन, संयोजकमा प्रदिप साह

विराटनगर । मोरङको ग्रामथानमा तली कल्याण समाज नेपाल गठन भएको छ । ग्रामथानको नेताचौकमा सोमबार आयोजना गरेको भेटघाट तथा परिचयात्मक कार्यक्रममा तेली कल्याण समाज गठन गरेको हो ।

प्रदिप साहको संयोजकत्वमा १५ सदस्यीय तदर्थ समिति गठन भएको छ। समितिको सह– संयोजकमा डा. सचितानन्द दास ,सचिवमा रोशन साह तथा सदस्यहरुमा तिलक साह, योगेन्द्र साह, राजेश साह, रामकृष्ण साह, क्रान्ति साह, विरेन्द्र साह, पंकज साह, शशिभुषण साह, रामराज साह, दिलिप साह र उमेश साह रहेका छन् । तदर्थ समितिले सदस्यता बढाउदै केही दिनमा नै ग्रामथान गाउँपालिका अधिवेशन गरेर ग्रामथान कार्यसमिति गठन गर्ने अध्यक्ष डा. बालकृष्ण साहले बताए । ग्रामथानमा करिव ५०० तेलीहरुको जनसंख्या रहेको छ । मोरङको विराटनगर, रंगेली, रतुवामाई, सुनबर्षी, जहदा, सुन्दरहरैचामा यस अघिनै तेली कल्याण समाज नेपालको कार्यसमिति गठन भैइ सकेको छ।

मोरङ जिल्ला अध्यक्ष डाक्टर बालकृष्ण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सदस्यहरु गणेश कुमार साह, डा. शिवशंकर साह, शत्रुधन साह, समाजका विराटनगर महानगर सचिव जगतलाल साहु, विराटनगर वडा ५ का अध्यक्ष सुरेश साह, संस्थापक सदस्य तथा सल्लाहकार विन्देश्वर साह लगायत ग्रामथानका करिव ५० जना सजातीयहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

सर्वोच्चको परमादेशमाथि सरकारको पुनरावलोकन

काठमाडौं, १७ कात्तिक-सर्वोच्च अदालतले कोरोना संक्रमित नागरिकलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन दिएको परमादेशमाथि पुनरावलोकन परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत आज उक्त पुनरावलोकन निवेदनमा दर्ता भएको हो । यही १५ असोजमा सर्वोच्च...

विराट गोल्डकप गर्ने जिम्मा निजी क्षेत्रलाई, फागुन १९ गतेबाट नौं संस्करणको गोल्डकप हुने

विराटनगर । विराट गोल्डकप आयोजनाको जिम्मा पुन निजी क्षेत्रलाई दिइएको छ । पछिल्लो दुई वर्ष लगातार गोल्डकप घाटामा गएपछि यस पटक विराट गोल्डकप ट्रष्टले आयोजनाको जिम्मा विराटनगरका उद्योगी नवीन रिजाललाई दिएको हो । ५ औं...

सचिवालय बैठक : ओली उपस्थिति हुनेबारे अझै अन्यौल

काठमाडौं, २० मंसिर-आज बस्न लागेको नेकपा सचिवालय बैठकमा पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुनेमा अन्यौल कायमै छ । अनौपचारिक संवादमार्फत सहमति जुटाउने प्रयास जारी रहे पनि आजको सचिवालय बैठकमा उपस्थित हुनेनहुनेबारेमा...

मिस एण्ड मिस्टर रौनियार प्रतियोगिता हुने, प्रदेश १ को अडिसन विराटनगरमा

विराटनगर, २० माघ । मुलुकभरीका छरिएर रहेका तराईबासी समुदाय रौनियार युवायुवतीका मनोबल वढाउन मिस एण्ड मिस्टर रौनियार–२०७७ हुने भएको भएको छ। एमी इन्टरटेन्टमेन्ट प्रालि काठमाडौद्वारा मंगलबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को अडिसन...

निर्माण व्यवसायीको बैंकमा साढे ३ खर्ब ऋण, किस्ता तिर्न नसकेको गुनासो

काठमाडौं, २५ वैशाख-निर्माण व्यवसायीहरुले काम प्रभावित हुँदा करिब साढे ३ खर्ब ऋणको किस्ता तिर्न समस्या रहेको बताएका छन् । बिहीबार संसदको अर्थसमितिमा भएको छलफलमा नेपाल निमार्ण व्यवसायी महासंघका अध्यक्ष रवि संहले बैंकबाट लिएको ३ खर्ब...

नेपालको राजनीतिमा महिलाको उच्च सहभागिताले विश्वमै उदाहरणीय कदम सावित : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन २४ । आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ ।  नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री केपी...

लकडाउनमा घर फर्किएकाहरु माछा मार्न व्यस्त

खोटाङ, ६ वैशाख-लकडाउन लागू हुनुअघि तथा लागू भएपछि घर फर्किएका जिल्लाका अधिकांश युवा खोलामा गएर माछा मार्न तथा डाँडा घुम्नमा व्यस्त देखिएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारद्वारा आह्वान गरिएको लकडाउनको...

वीपीमा कोरोना संक्रमित युवाको मृत्यु

विराटनगर, ८ भदौ–सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार दिँउसो एक कोरोना संक्रमित युवाको मृत्युु भएको छ । सिरहाको गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए। भदौ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्