विराटनगर । विराटनगर ४ तिलोक मार्गमा एक जना युवाले हातको नशा काटेर आत्महत्या गरेका छन् । खोटाङ घर भई मामाघरमा बस्दै आएका ३२ वर्षीय जितेस पाण्डे देब्रे हातको नशा काटेर बुधवार आत्महत्या गरेका हुन् ।
पाण्डे मामा टिकाराम दाहालको घरमा दुई दिन अगाडी आएका थिए । बुधवार दाहालको घरमा सराद्ध थियो । सराद्ध सकिएपछि भान्जालाई टिका लगाइदिन बोलाउँदामा कोठामा हातको नशा काटेर रगात्मय अवस्थामा भेटिएका थिए । उपचारको लागि हस्पिटल लैजाने क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।
अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रन्जन कुमार दाहालसहितको प्रहरी टोली पुगेको छ । ‘झुन्डिन पनि प्रयास गरेको देखिन्छ । घाँटीमा डोरीको डाम पनि छ । डोरी चुटिएपछि हातको नशा चुलेसीले काटेको घटनास्थलमा हेदा देखिन्छ,’ डिएसपी दाहालले भने, ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ । थप विषय अनुसन्धानपछि खुल्नेछ ।
प्रहरीले घटना मुचुल्का उठाएर पोस्टमार्टम गर्न कोसी अस्पताल लैजाने तयारी गरिएको छ ।