विराट नर्सिङ होमले ल्यायो ‘हेल्थ रेकर्ड बुक’, बालवालिकाको लागि बहुउपयोगी
मङ्गलबार, १६ असोज, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले ‘हेल्थ रेकर्ड बुक’ ल्याएको छ । स्वास्थ्य उपचारमा सहुलियत दिने उद्देश्यले बहुउपयोगी ‘हेल्थ रेकर्ड बुक’ विराटले ल्याएको हो ।
हस्पिटलले मंगलबार पत्रकार सम्मेलन गरी समुदाय र संस्थाहरुसँग दिगो सम्बन्ध निमार्ण गर्ने उद्देश्यले हेल्थ रेकर्ड बुक लिएर आएको जानकारी गराएको छ । हेल्थ रेकर्ड बुक पाँच हजारमा खरिद गरेपछि विराट नर्सिङ होमबाट स्वास्थ्य उपचार सेवा पाउनेछन् । यो हेल्थ रेकर्ड बुक हस्पिटलले अहिले विद्यालयहरुसँग सम्झौता गरेर सेवा सुरू गरेको छ । हेल्थ रेकर्ड बुकमा बालवालिकाहरूको स्वास्थ्यको बारेमा बहुमूल्य जानकारी समावेश गरिएको हस्पिटलका उपाध्यक्ष डा. डेनिस कार्कीले जानकारी दिए । ‘स्वास्थ्य रेकर्ड पुस्तिका सजिलै पहुँच योग्य हुनेछ । आवश्यक स्वास्थ्य जानकारीमा सजिलो पहुँच प्रदान गर्दछ । यो विशेष गरी आपतकालिन आवथामा लाभदायक हुने हामीले अपेक्षा राखेका छौं । जहाँ स्वास्थय सेवा प्रदायकहरुलाई सही र अद्यावधिक स्वास्थ्य जानकारी गराउँछ,’ डा. कार्कीले भने । स्वास्थ्य रेकर्ड बुक प्याकेजको अतिरिक्त, विराट नर्सिङ होमले विद्यालयलाई चिकित्सा सेवाहरु पनि प्रदाने गर्ने जनाएको छ ।
हेल्थ रेकर्ड बुक लिएपछि बालरोग, दन्त, नेत्र रोग, इएनटी र छाला रोगको सेवाहरु ओपीडिमा निःशुल्क हुनेछ । यस्तै निःशुल्क एम्बुलेन्स, निदान र आइपीडी सेवाहरुमा २० प्रतिशत छुट, एक वर्षको लागि निदान सेवाहरु, सामान्य वार्ड र पि.आइ. सी.यू भर्नासहित स्वास्थ्य रेकर्ड बुक भएका बालवालिकाहरुलाई अस्पतालको अन्तरङ्ग विभागका सेवाहरुमा २० प्रतिशत छुट हुने हस्पिटलले जनाएको छ । पाँच हजार रुपैयाँ तिरेर हेल्थ रेकर्ड बुक लिएपछि प्रत्येक वर्ष २ हजार ५ सय रुपैयाँ नविकरण शुल्क लाग्नेछ । हेल्थ रेकर्ड बुक लिएपछि हस्पिटलबाट पाउने स्वास्थ्य उपचारमा बालवाकिलासहित अभिभावकहरुले पनि सहुलियतमा उपचार सेवा पाउनेछन् । स्वास्थ्य रेकड पुस्तकमा नवजात शिशुदेखि १५ वर्ष उमेर समूहका बालवालिकाहरुको लागि बहुमूल्य जानकारी रहेको हस्पिटलका नवजात तथा बालरोग विशेषज्ञ डाक्टर दिपराज अधिकारीले जानकारी दिए । ‘स्वास्थ्य सम्बन्धित जानकारीहरु एकै ठाउँमा रेकर्ड गरिएको छ । जसले आमाबावुलाई आफ्नो बच्चाको स्वास्थ्य स्थिति थाहा पाउन सजिलो बनाउनेछ,’ डाक्टर अधिकारीले भने, ‘स्वास्थ्य रेकर्ड पुस्तकले विभिन्न उमेर समूहका बालवाकिाको आहार योजना, चेतवनाी चिन्हहरु, के गर्ने र नगर्ने, सुत्ने समय, जाँच समय आदिसहित बहुमूल्य जानकारी प्रदान गरिएको छ ।’
स्वास्थ्य रेकर्ड पुस्तक अहिले विराटनगरको लिलीपुट प्रिमियर स्कुल, मोर्डन ऐरा र न्यू यरो किड्समा सम्झौता गरेर लागू गरिएको कार्यक्रम संयोजक कृष्ण कडेलले जानकारी दिए । विस्तरै अन्य विद्यालयहरुमा पनि सम्झौता गरिने उनले बताए ।
विराटनगर । सुनसरी दुहबीका विश्व हिन्दु परिषद, युवा विभागका दुई युवा अभिशेख कुमार मण्डल र ओम प्रकाश विकले साइकल चढेर भारतको अयोध्याको दर्शन गरेका छन् । उनीहरुले अयोध्या दर्शनको लागि ८ दिन अगाडि दुहबीबाट साईकलमा...
विराटनगर, १३ असार । प्रदेश १ मा आज ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ । प्रदेश...
विराटनगर, बैशाख ६–लक डाउनका कारण बारीमै तरकारी कुहिन थालेको सवत्र गुनासो पछि मोरङको कटहरी गाउँपालिकामा उत्पादित तरकारी संकलन गरिने भएको छ । प्रदेश १ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयमा सामाजिक विकास मन्त्री जीवन...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको...
काठमाडौं, जेठ १८–आज पनि देशका विभिन्न भूभागका मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका साथै नेपालको पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय...
भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित...
विराटनगर । सातौं संस्करणको विराट एक्स्पो आज बिहीबारबाट सुरू हुदैछ । मंसिर २९ देखि पुस ६ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा सुरू हुन लागेको हो ।एक्स्पोको उद्घाटन राष्ट्रिपति विद्यादेवी भण्डारीले बिहीबार...
विराटनगर, २४ फागुन । १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड...