सिक्कममा मनाइयो इन्द्रजात्रा, झी पुचः का अध्यक्ष भविस श्रेष्ठको सहभागि

 न्यूज विराट
सिक्कममा मनाइयो इन्द्रजात्रा, झी पुचः का अध्यक्ष भविस श्रेष्ठको सहभागि

विराटनगर । भारतको सिक्कममा इन्द्रजात्रा पर्व भव्य कार्यक्रम आयोजना गरी मनाएको छ । सिक्कमका मुख्यमन्त्री प्रेम सिङ तामाङ (गोले) को प्रमुख अतिथिमा भव्य कार्यक्रम आयोजना गरी इन्द्रजात्रा मनाएको हो ।

इन्द्रजात्रा पर्वमा नेपालबाट विराटनगरमा रहेको झी पुचः का पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई पनि बोलाएको थियो । उक्त कार्यक्रममा झी पुचः का अध्यक्ष तथा पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ, सचिब सुरज कुमार श्रेष्ठको सहभागिता रहेको थियो । कार्यक्रममा मुख्यमन्त्री प्रेम सिङ तामाङले झी पुचः का अध्यक्ष श्रेष्ठलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा पर्यटनको क्षेत्रमा पनि छलफल भएको थियो । उक्त कार्यक्रममा झी पुचः का अध्यक्ष श्रेष्ठले धर्मसंस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने बताए । छिमेकी देश र सिमाना पर्ने राज्य भएकोले पर्यटन र संस्कृतिको क्षेत्रको विकासमा मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित समाचार

एसईई २०७७ को नतिजा प्रकाशित

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएर नतिजा प्रकाशित भएको बोर्डले नतिजा प्रकाशित गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणी पौडेलले...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

भारु १ हजार लिएर भारतीयलाई सीमा कटाउन खोज्ने पक्राउ

विराटनगर, बैशाख ३०–भारतीय मजदुरसंग रकम लिएर सीमा कटाउन खोज्ने दुईजनालाई प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । विराटनगर–१८ भेडियारी स्थित एकिकृत जाँचपास चौकी(आइसिपी) नजिकै दशगजाक्षेत्रबाट प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका २ जना विराटनगर–६...

वित्तीय कारोबारलाई चलायमान राख्न जुट्यो राष्ट्र बैंक

काठमाडाैं, ४ वैशाख-कोरोनाका कारणा देश नै लकडाउनकाे अवस्थामा रहेकाे बेला कारोबार घट्न सक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सुरक्षित भएर सक्रिय रहन आग्रह गरेको छ । लकडाउनका कारण बैंकिङ कारोबार घट्नुका साथै बैंकिङ तथ्यांकको अभाव...

एभरेष्ट स्कुलमा हाजिरिजवाफ प्रतियोगिता

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा प्राथमिक तहस्तरीय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अन्तर‘हाउस प्रतियोगिताको पहिलो दिन कक्षा २ र ३ का हाउसहरुमा प्रतिष्पर्धा भएको थियो । जसमा मेचि हाउस प्रथम भएको...

सर्वोच्चको फैसला : मेडिकल कलेजले तोकिएको सिट सङ्ख्याभन्दा बढी भर्ना नगर्नु

सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलबाट तोकिएको सिट सङ्ख्याभन्दा बढी गैरकानुनी रुपमा भर्ना गर्न नपाउने फैसला गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संयुक्त इजलासले गरेको फैसलाका पूर्ण पाठमा मेडिकल कलेजका विद्यार्थीको समस्या समाधान...

जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

जनकपुर, १९ वैशाख-धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका...

कोरोनाविरुद्ध लड्न नयाँ वर्षमा उच्च मनोबल र सकारात्मक सोच विकास गरौँः राष्ट्रपति भण्डारी

काठमाडौं, १ वैशाख-राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष आगमनको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भ्रातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् । नयाँ वर्ष २०७७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्