न्यूरो र अटलको सहकार्यमा विराटनगरमा सुविधा सम्पन्न सिटी क्लिनीक संचालन
शुक्रबार, १२ असोज, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल तथा अटल क्लिनीकको साझा प्रयासमा सिटी क्लिनीक संचालनमा आएको छ । विराटनगर – ९ जलजलारोडमा शुक्रबारदेखि सिटी क्लिनीक संचालनमा आएको हो ।
उक्त क्लिनीकको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । सिटी क्लिनीक सुविधा सम्पन्न पाँच तलाको भवनमा रहेको छ । सिटि क्लिनीकको ओपीडी समय विहान ८ः३० देखि १०ः०० र बेलुकी ०५ः०० बजे पछि हुने अटल क्लिनीक एण्ड प्याथल्याबका प्रबन्ध निर्देशक सुरेश चन्द्र अटलले जानकारी दिए । सो क्लिनीकमा न्यूरोका विशेषज्ञ चिकित्सकहरुले सेवा दिनेछन् । पहिलो तलामा विशेषज्ञ चिकित्सकले ओपीडिमा विरामीको स्वास्थ्य जाँच गर्नेछन् । दोस्रो तलामा प्रयोगशाला र रेडियोलोजी रहेको छ । तेस्रो तलामा स्त्री रोग, हाड जोर्नी, पाँचौ तलामा छाला तथा सौन्दर्यको स्वास्थ्य परीक्षण हुनेछ ।
बिराटगनरको स्वास्थ्य क्षेत्रमा दशकौं देखी सेवाग्राहीहरुको माझमा भरोसाको पयार्य बन्न सफल दुई संस्था न्यूरो अस्पताल र अटल फार्मेशीको साझा स्वामित्वमा सिटी क्लिनीक संचालन आएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । अटल फार्मेशीको स्वामित्वमा रहेको अत्याधुनिक भवनमा न्युरो अस्पतालमा कार्यरत बरिष्ठ विशेषज्ञ चिकित्सकहरुको सेवाको सुविधा सेवाग्राहीहरुले आफ्नो पायक समय र ठाँउमा गर्नुहुनेछ जहाँ बिरामी मैत्री माहौल पाउनु हुने उनले बताए । ‘हाम्रो यो साझा प्रयासले स्वास्थ्य सेवाग्राहीहरुको अपेक्षालाई सम्बोधन गर्नेछ । वभिन्न पेशामा व्यस्त रहुन भएका पेशाकर्मी बिराटनगरवासी जसलाई कार्यालय समयमा आफनो तथा आफनो आफन्तहरुको स्वास्थ्य जाँचको लागी समय निकाल्न चुनौती रहेको छ,’ उनले भने, ‘उहाँहरुको स्वास्थ्य आवश्यक्तालाई मध्यनजर गरी सिटी क्लिनीकको अवधारणा अगाडी ल्याएका हौं ।’
स्वास्थ्य क्षेत्रमा विगत २३ वर्ष देखी अविच्छिन्न रुपमा विभिन्न प्रकारको मल्टिसपेशयालिटी हस्पिटल तथा त्यसैगरी औषधी व्यवसायको माध्यमबाट न्युरोले स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । विगत ३–४ दशक देखी विराटगरको स्वास्थ्य क्षेत्रमा आफनो विशेष पहिचान बनाउन सफल अटल फार्मेशी विचमा पवित्र उद्देश्य सहित स्वास्थ्य क्षेत्रमा सहकार्य गरी सिटी क्लिनीकको सुरुवात गरिएको न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलका अध्यक्ष डा. विरेन्द्र कुमार विष्टले बताए ।
विराटनगर, २१ पुस । मोरङको सुनवर्षी नगरपालिकामा लक्षित बर्गका युवाहरुका लागि तीन दिने आभारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिकाको सहयोगमा सञ्चारकर्मी मिडिया प्रा.लि. विराटनगरको आयोजनामा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको...
काठमाडौं, ३ असोज-पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि बढ्न सबैलाई आह्वान गरेका छन् । संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले अथक संघर्षबाट प्राप्त लोकतान्त्रिक, समावेशी र समाजवादउन्मुख संविधानको रक्षा गर्दै अगाडि...
विराटनगर । मस्तिष्क मृत्युपश्चता अंग दान गराउनको लागि जनचेतना बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।नेपालमा मस्तिष्क मृत्युसम्बन्धी बलियो ऐन बनिसकेको कारणले अब जनचेतना बढाएर मस्तिष्क मृत्युपश्चात अंग दान गर्नको लागि अभिपेरीत गरिनुपर्नेमा बताएका हुन् ।...
काठमाडौं,२१ जेठ-कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा छ । ११ चैतदेखि सुरु भएको लकडाउन ३२ जेठसम्म लम्बिएको छ । कोरोना सक्रमितको तथ्याङ्क बढ्दो छ । बुधबारसम्म देशभर २ हजारभन्दा बढीमा कोरोना पुष्टि भएको छ...
काठमाडौं, २५ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुक्कसँग संसद् बैठक बस्नसक्ने वातावरण बनेको प्रतिक्रिया दिएका छन् । संसद्को वर्षे अधिवेशनको पूर्वसन्ध्यामा आज बानेश्वरस्थित संसद् भवनको निरीक्षण तथा कोभिड–१९ परीक्षणका लागि स्वाब...
रंगेली, ३ जेठ । नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमणका कारण रंगेलीमा सोमबार दिउँसो एक जनाको मृत्यु भएको छ । नयाँ भेरियन्टको संक्रमण सुरु भएयता रंगेलीमा पहिलो पटक एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...
विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ का ४३ वर्षीय दुर्गाकुमार राईको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरको छ । राईको हत्या आरोपमा प्रहरीले लेटाङ नगरपालिका–१ का ३० वर्षीय साने भनिने हस्तबहादुर लिम्बू पक्राउ परेका हुन्...
पोखरा, १९ जेठ-पोखरामा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका खड्कबहादुर कार्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतबाट आएर फेदीखोला गाउँपालिकाले बनाएको...