कोशीको शिलप्याक सिलिन्डरमा छैन ग्यास, उद्योगलाई दुई लाख जरिवाना

 न्यूज विराट
कोशीको शिलप्याक सिलिन्डरमा छैन ग्यास, उद्योगलाई दुई लाख जरिवाना

विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।

उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिन्डर चेकजाँच गर्दा ग्यास नभएको भेटिएको थियो । विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेको शिलप्याक कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो । शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो । उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्यासको डिलर न्यु हिमाल मार्केटिङबाट ग्यास खरिद गरेकी थिइन् । न्यु हिमालका डिलरबाट ग्यास डुलाउने चौधरीसँग ग्यास लिएकी थिइन् । सिंहले एकै पटकमा ३–४ वटा ग्यास सिलिन्डर राख्ने गर्दछिन् । दुई वटा ग्यास सकिएपछि नयाँ खरिद गरेको ग्यास चुलोमा जोडन खोज्दा सिल प्याक सिलिन्डरमा ग्यास नभएपछि अचम्म परेको बताइन् ।

सिल प्याक ग्यास सिलिन्डरमा ग्यास नभएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतसहितको टोलीले उद्योगमा आइतबार अनुगमन गरेको थियो । अनुगमनको क्रममा उद्योगबाट कैफियत भेटिएपछि वाणिज्य कार्यालयले कारबाही गरिएको उनले बताए । यता कोशी ग्यास उद्योगका प्रबन्धक सचित कुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिन्डर पठाउने भएकोले उपभोक्ताले तौलेर मज्जाले हेरेर मात्र ग्यास लैजान आग्रह गरे । उद्योगको बदनाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने उनले बताए । दुई वर्ष अगाडी पनि विराटनगर –२ तीन पैनी चौकका उपभोक्ता रतनकुमार बर्माले अटोमा सिलेण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको शिलप्याक गरिएको सिलिन्डरमा ३ केजी ३ सय ग्राम कम तौल भेटिएको थियो ।

ग्यास उद्योगले नाम मात्रको प्लास्टिकले ¥यापिङ्ग गरिएको शिलप्याक कमजोर बनाउँदा चोरी गर्नेलाई सजिलो हुने र उपभोक्ताहरू ठगीमा पर्ने क्रम बढेको थियो । त्यसपछि उद्योगले कोशी ग्यासले ¥यापिङ्ग बन्द गरी मजबुत बनाएको थियो । उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ । देशभरिमा ३ सय ९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत ग्यास उपभोक्तामा घरमा पुग्ने गरेको छ ।

सम्बन्धित समाचार

पूर्वराजाप्रति देउवा आक्रोशित, शासन गर्ने मन भए चुनाव लड्न चुनौती

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्रबाट दसैँका अवसरमा व्यक्त भएका अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । देउवाले पूर्वराजालाई गणतन्त्रविरुद्ध नलाग्न चेतावनी दिँदै शासन गर्ने मन भए चुनाव लड्न चुनौती दिएका छन् । गणेशमान स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना...

मोरङको कटहरीमा डुबेर एक जना बालकको मृत्यु

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ सुदा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । अजय साहका छोरा १० वर्षीय प्रेमकुमार साहको खोलामा डुबेर आज विहान मृत्यु भएको हो । प्रेमकुमार नुहाउन भनेर...

चालू वर्ष नेपालको आर्थिक वृद्धिदर १.८

काठमाडौं, २७ वैशाख-विश्‍व बैंक्ले चालू आर्थिक वर्षमा नेपालको आर्थि वृद्धिदर अधिक १.८ प्रतिशतिसम्म हुने अनुमान गरेको छ । यसअघि १.८ देखि २ .५ प्रतिशतको प्रक्षेपण गरेकोमा पुन: विश्‍व बैंकले १.८ प्रतिशतमा खुम्चने अनुमान गरेको छ...

विराटनगरमा १७ सहित प्रदेश १ मा २१५ जनामा कोरोना संक्रमण

विराटनगर, ४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु

विराटनगर, २२ फागुन । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका– २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर दुईजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर...

सार्वजनिक यातायात खुले, तर छैनन् यात्रु

काठमाडौं, १७ असोज-कोभिड-१९ का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण चैत १० देखि बन्द...

थारू संस्कृति ठूलाे सम्पति भएकाेले काेशी सरकारले संरक्षण गर्छ :  मुख्यमन्त्री कार्की

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गाैरबकाे संस्कृति भएकाेले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयाेजना गरेकाे चाैथाे बर्जु माघी महाेत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकाेले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्