उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि २० करोड लगानीको प्रतिबद्धता
बिहिबार, ०४ असोज, २०८०,
न्यूज विराट
विराटनगर । कोशी प्रदेशका विभिन्न आठ वटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिबद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिबद्धता जनाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्विस कनट्याक्ट लगायतको सहभागितामा सम्मेलन आयोजना गरिएको थियो । लगानी सम्मेलनमा चिया, माछा, अलैँची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरुलाई आवश्यक पर्ने थप लगानीको प्रतिबद्धता प्राप्त भएको हो ।
सम्मेलनमा सहभागी फण्ड म्यानेजमेन्ट क्षेत्र सम्बद्ध संस्थाहरूले नेपालमै बसेर नवउद्यम प्रवर्द्धनमा लागेका उद्यमीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक लगानीको प्रतिबद्धता जनाए । कार्यक्रममा आध्यन्त फण्ड अन्तरगत आठ महिनाको अवधिमा उद्यम प्रवर्द्धन गरिएका आठ जना नवउद्यमीहरुले आफ्नो उद्यमशीलताको क्षेत्र, लगानी र अवसरहरूबारे जानकारी गराइएका थिए ।
इलामको रक्तकाली टी इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका विष्णु आचार्य, दिव्य दृष्टि वेनेरेसन एन्ड एग्रो कन्सर्ट प्रालि विष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिननाथ सिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालि जोसेफ श्रेष्ठ र खेतीपाती अर्ग्यानिक प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए । आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत १० जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरूमध्ये बिहीबार आयोजित कार्यक्रममा आठ जना उद्यमीहरूले आफ्नो उद्यमबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशीलताको विकास र नविनतम् खोजलाई प्रवर्द्धन गर्दै उनीहरूको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सिपको विकास बिना मुलुकको विकास नहुने बताए । प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा।सरोज कोइरालाले उद्योग र उद्यमशीलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको बताए । कृषि र पर्यटनको क्षेत्रमा सरकारको तर्फबाट प्रोत्साहन समेत हुने गरेकोले नवउद्यमीहरुले इमानदारिताका साथ काम गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्ने सुझाव उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा। लेखराज दाहालले दिए । आध्यन्त फण्डका अध्यक्ष यज्ञप्रसाद न्यौपानेले स्वदेशमै उद्यमशीलताको विकासले विदेशी मुद्राको समग्र सञ्चय हुने, रोजगारी वृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहसित उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने बताए ।
यसै गरी,सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले दृढ विश्वासका साथ अघि बढ्न चाहने नवउद्यमीहरुलाई सबै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताइन् । आद्यन्त फण्डका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य मनोज पौडेलले उद्यमीहरूलाई सुरुवाती र त्यसपछि उद्यमलाई थप वृद्धि गर्न आवश्यक सहयोग आद्यन्तले गर्दै आइरहेको जानकारी दिए ।
कार्यक्रमका अवसरमा आध्यन्त फण्डले विगत ८ महिना यता कोशी प्रदेशमा उद्यमशीलताको विकासको क्षेत्रमा गर्दै आइरहेको सहयोग बारे तयार पारिएको भिडियो सामग्री समेत प्रस्तुत गरिएको थियो । सम्मेलनमा कोशी प्रदेशका विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी सङ्घसंस्था र उद्यम क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूको सहभागिता थियो ।
विराटनगर । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले छुट्टै पहिचान बनाउन सफल भएको विराटनगर १० मा रहेको कान्तिपुर स्कुलले १० औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।स्कुल परिसरमा शुक्रबार एक भव्य कार्यक्रमको...
विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जिवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको...
विराटनगर, ३२ साउन । विराटनगर–विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर...
एजेन्सी, बैशाख १४-कोरोना भाइरसबाट संक्रमित भई उपचार गराइरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सोमबारदेखि नियमित काममा फर्किने भएका छन् । लण्डनस्थित सेन्ट थोमस अस्पतालमा उपचार गराएर निको भएपछि उनी काम सुरु गर्न तयार भएको अधिकारीहरूले जनाएका...
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न सक्ने दाबी गरेका छन् । बेलायतको उदाहरण दिँदै उनले काम गर्न नदिएको अवस्थामा संसद् विघटन गर्न प्रधानमन्त्रीले पाउने बताएका हुन् । ‘बेलायतमा लिखित संविधान...
काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...
विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेज (पुरानो हवाई फिल्ड) को मैदानमा मंसिर २९ गतेदेखि आयोजना हुने विराट एक्स्पोमा प्रदेश १ मा लगानीकर्तालाई आकर्षित र लगानीको संभाव्यताको छुट्टै पेभिलियन राखिने भएको छ । प्रदेश १ लगानी...
काठमाडौं, १२ जेठ-पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपालीका लागि राहत वितरण गरिएको छ । विष्टले पठाएको आर्थिक सहयोगबाट ‘द वर्नईन नेपाल युथ क्लब, दिल्ली’...