अखिल क्रान्तिकारी महेन्द्र मोरङको अध्यक्षमा रोहित यादव
सोमबार, २५ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरको अध्यक्षमा रोहित यादव ( विकास ) चयन भएका छन् ।
विराटनगरमा सोमबार भएको अखिल क्रान्तिकारीको सातौं क्याम्पस कमिटि सम्मेलनबाट यादव अध्यक्षमा चयन भएका हुन् ।
सम्मेलनबाट अहिले क्याम्पसको अध्यक्ष मात्र चयन गरेको छ । पदाधिकारी र सदस्यहरु पछि चयन गर्ने बताएको छ । कार्यक्रमको प्रमुख प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पार्टी सचिब चक्रपानी खनाल (बलदेव) रहेका थिए । कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य शिवकुमार मण्डल, केन्द्रीय सदस्य रन्जित तामङ, प्रदेश सांसद दुर्गा चापाई, माओवादी नेता कुसल लिम्बु, भोगेन्द्र यादव, माओवीदी केन्द्रका प्रदेश सदस्य देवा यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्नु यादव, दिपेन्द्र मेहेतालगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
जनकपुरधाम, ८ असार-नागरिकता ऐन २०६३ को शंसोधन विद्येयकमा राखिएको प्रावधानको प्रदेश २ का विभिन्न जिल्लामा विरोध बढ्दै गएको छ । यसैबीच, आज जनकपुरधाममा नागरिकता विद्येयकको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।...
विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होम (विराटनर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि रगत सङ्कलन केन्द्र स्थापना गर्ने भएको छ । आज दिउँसो ११ बजे एक कार्यक्रम आयोजना गरी ल्याबको...
पाँचथरमा बाढीपहिराेका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन...
विराटनगर, १ कात्तिक–कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा तीन, मोरङ र सुनसरीमा एक÷एक जनाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या...
काठमाडौं, २४ वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवलाय बैठकमा चर्काचर्की भएको छ । चर्काचर्की भएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली बैठकबाट बाहिरिएका छन् । बैठकमा नेताहरूबीच चर्काचर्की हुन थालेपछि प्रधानमन्त्री ओली शयनकक्षतर्फ लागेको...
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको...
काठमाडौं, ३१ असार -नेपाल प्रहरीका २ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । रिक्त २ एआईजी पदको लागि डीआईजी प्रधुन्न कार्की र निरजबहादुर शाही सिफारिस भएका हुन्...
विराटनगर । कोशी प्रदेशको स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले राजीनामा दिएकी छिन् । जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बुले विराटनगरमा आज पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् । जसपाको प्रदेश समितिको बैठकले वर्तमान...