विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेका छन् ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷ ८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेश जारी गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । जेठ ३१ गते जारी दुबै अध्यादेश भदौ १० गते निष्क्रिय भएका थिए ।
प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय भएको सरकारले जनाएको छ । उद्धब थापा नेतृत्वको सरकारलाई सर्बोच्च अदालतले कामचलाउमा परिणत गर्दै दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएपछी भदौ १० बाट प्रदेश बजेट शुन्यतामा थियो । हिक्मत कार्की नेतृत्वको सरकार बनेपछि पुन ः अध्यादेश जारी भएको हो । पुन ः अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।
काठमाडौं, २० जेठ । एमाले नेता गोकर्ण विष्टले आफ्नाबारे भ्रमपूर्ण प्रचार भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज फेसबुकमा एक स्टाटस शेयर गर्दै विष्टले आफू एमाले एकता जोगाउन प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।...
काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...
विराटनगर, ९ भदौ-मोरङको रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेसन केन्द्रबाट मंगलबार ६ महिने शिशु र एक गर्भवती महिलासहित एकैदिन ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सो आइसोलेसन केन्द्रमा उपचारपछी मंगलबार एकै दिन रंगेली नगरपालिकाका...
एजेन्सी, १६ माघ-भारतस्थित उत्तर प्रदेशको नोएडा प्रहरीले भारतीय कांग्रेसका नेता शशि थरुरसहित केही वरिष्ठ पत्रकारविरुद्ध राजद्रोहको मुद्दा लगाएको छ । गणतन्त्र दिवसको दिन भएको हिंसामा संलग्न भएको भन्दै कांग्रेस नेता थरुरसहित पत्रकारहरु राजदीप सरदेसाइ, मृणाल...
एजेन्सी, असार २५-संयुक्त राज्य अमेरिकामा २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमीटरका अनुसार त्यहाँ गत २४ घण्टामा अहिलेसम्मकै बढी ६१ हजार ८ सय संक्रमित थपिएका हुन् । योसँगै अमेरिकामा संक्रमितको संख्या ३१...
विराटनगर । प्रहरी जवान सुनिल कुमार ठाकुर उत्कृष्ट प्रहरी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय इटहरी दरबन्दी भइ हाल जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत ठाकुर उत्कृष्ट कार्यसम्पदान गरेको भन्दै सुनसरी प्रहरीले भदौ महिनाको उत्कृष्ट...
विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ । साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको...
काठमाडौं, ३१ भदौ-पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि गत १० चैतदेखि बन्द रहेको पर्यटक बससेवा...