पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

 न्यूज विराट
पुरी परिवारद्धारा सरस्वती स्कुलमा खाजा घर

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र निमार्ण सम्पन्न भएको खाजा घरको उद्घाटन गरिएको छ ।

कानेपोखरी ६ का ढाका बहादुर पुरीले स्वर्गीय छोरी पुर्व विद्यार्थी संगीता पुरी र स्वर्गीय आमा जोगमाया पुरीको स्मृतिमा विद्यालय परिसर भित्र खाजा घर निमार्ण गरिदिएका हुन् ।

उक्त खाजा घरको उद्घाटन आइतबार एक कार्यक्रम आयोजना गरी गरियो । पुरीले १ लाख ५० हजार रुपैयाँ खर्चेर खाजा घर निमार्ण गरिएका हुन् । उनले यसअघि पनि विद्यालयमा ५१ हजार १ सय ५ पाँच रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उक्त कोषको ब्याजबाट विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गरिने गरेको छ ।

सोही अवसरमा खाजा घर निमार्ण गरिदिने पुरीलाई विद्यालयले सम्मान पनि गरेको छ । उनलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरियो । यसैगरी विद्यालयलाई प्रविधि मैत्री बनाएर अगाडी बढाउन सहयोग पु¥याउने मनकारी दाताहरुलाई पनि विद्यालयले सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीले जानकारी दिए ।

सम्बन्धित समाचार

झापामा कोरोनाविरुद्धको खोपमा चरम लापरबाही

झापा, ८ भदौ ।बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरबाही भएको...

कोरोना संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु

विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...

२४ घण्टामा देशभर थपिए ३११ कोरोना संक्रमित

काठमाडौं, १३ साउन-आज देशभर ३११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३११ जनामा कोरोना भाइरस संक्रमित भेटिएको...

८५८३ को परीक्षण गर्दा १३०४ जनामा कोरोना पुष्टि, २०७३ डिस्चार्ज

काठमाडौं, १६ मंसिर-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५८३ जनाको नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५०१ महिला...

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण- मंसिरसम्म १ लाख ९३ हजारभन्दा बढी कोरोना संक्रमित थपिन्छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ कोरोना संक्रमित थपिने प्रक्षेपण गरेको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा भदौदेखि क्रमश: कोरोना संक्रमित घट्दै गए पनि मंसिरसम्म १ लाख ९३...

८९७ को नतिजा नेगेटिभ, १८९ रेड जोनमा, ८२ जना आइसोलेसनमा, ६२ हजारको क्वारेन्टाइनमा बास

काठमाडौं, २९ चैत-कोरोना भाइरस संक्रमणको आशंकामा देशभर ८२ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले देशभर ८२ हजार जना क्वारेन्टाइनमा रहेको जानकारी दिए । उनका...

अमेरिकामा बेरोजगार भत्ताका लागि ३ करोड ६० लाखले भरे फाराम

एजेन्सी, जेठ १-अमेरिकामा कोरोना भाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाख बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो २ महिनामा भएको जनाइएको छ । उनीहरूमध्ये...

मानव जीवनभन्दा ठूलो वैयक्तिक स्वतन्त्रता हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानव जीवनभन्दा ठूलो वैयक्तिक स्वतन्त्रता हुन नसक्ने बताएका छन् । वैयक्तिक स्वतन्त्रताको माग गर्दै अदालतमा मुद्दा परिहरेको अवस्थामा देशवासीको नाममा सम्बोधन गर्दै पहिले ज्यान बचाउने र वैयक्तिक स्वतन्त्रता खोज्ने विकल्प हुने उनले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्