‘सुझावका तीन प्रश्न’ लिएर अभियानमा होमिए मन्त्री सुदन किराती
आइतबार, १७ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ भन्ने नाराका साथ सुरु भएको नेकपा (माओवादी केन्द्र)को तीन महिने अभियानको नेतृत्व मोरङ बेलबारी ३ नम्बर वडा पाएका छन् ।
माओवादीका केन्द्रीय सदस्य समेत रहेका उनी १५ गते नै बेलबारी आइपुगेका हुन् । अन्य माओवादी नेताको भन्दा उनको अभियानको शैली भने फरक देखियो । अभियानमा उनी जनताबाट सुझाव संकलन गर्न भन्दै तीन प्रश्न समेटिएको ‘सुझाव पत्र’ वितरण गर्छन् ।
विगतमा सरकारमा पुर्याउन भोट मागेको र जनताले भोट दिएका कारण सरकारमा पुगेको भन्दै मन्त्री किरातीले अब सरकारले गर्नुपर्ने कामहरु पनि जनताकै सुझाव आधारमा हुनुपर्ने बताउँछन् । सुझाव पत्र बाड्दै मन्त्री किरातीले भने, ‘चुनावको बेला हामीले तपाईहरुसँग भोट दिनुहोस, सरकारमा पुगेर सेवा गर्छौ भनेका थियौ । तपाईहरुले भोट दिनु भयो, हामी सरकारमा पुगेका छौं, मन्त्री भएका छौ । अब तपाईहरुले भन्नु पर्यो, लिखित रुपमा भन्नु पर्यो हामीले के गर्नु पर्छ ? सरकारले के गर्नु पर्छ ? हामी तपाईहरुको सुझाव अनुसार नै काम गर्ने छौं ।’
काठमाडौंबाटै सुझाव संकलनका लागि सुझाव पत्र नै लिएर कार्यक्षेत्र पुगेका उनले मुख्यगरी तीन विषयमा सुझाव संकलन गर्न खोजेका छन् । मन्त्री किरातीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा जारी भ्रष्टाचार विरुद्धको अभियानबारे जनताको धारणा र सुशानको सन्दर्भमा सरकारले गर्नुपर्ने बाँकी कामबारे पहिलो बुँदामार्फत सुझाव संकलन गर्न खोजेका छन् । ‘भ्रष्टाचार विरुद्धको अभियानको राम्रो पक्ष र कमीकमजोरी के देख्नुभएको छ ? अब कसरी काम गर्दा राम्रो होला ?’ भन्दै मन्त्री किरातीले माओवादी नेतृत्वको सरकारको कामको जनताबाट समीक्षा गर्ने कोसिस गरेका छन् ।
उनले सुभलाव पत्रमार्फत आफू नेतत्वको मन्त्रालय सँगै अन्य विकासे मन्त्रालयहरुले गरिरहेको काम र गर्नुपर्ने कामको विषयमा समेत जनतासँग समीक्षा र सुझाव मागेका छन् । सुझावका प्रश्नहरुको २ नम्बर बुँदामा लेखेको छन्, ‘हाम्रो सरकारले रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, संस्कृति, उड्डयन, सडक, जलविद्युत लगायत महत्वपूर्ण विषयमा केके काम गर्नुपर्ला ? कसरी गर्नुपर्ला ? हाम्रो कमजोरी केके देख्नुभएको छ ?’ त्यसैगरी, तेस्रो बुँदामार्फत मन्त्री किरातीले नेपालका राजनीतिक दल र आफ्नो पार्टीको अवस्थाबारे जनतासँग सुझाव लिने प्रयास गरेका छन् । उनले जनतासँग भनेका छन्, ‘नेपालका राजनीतिक दलहरु, त्यसमा पनि माओवादी केन्द्रको राजनीतिक भुमिकामा भएको बलियो पक्ष र कमजोरीहरु केके देख्नुभएको छ ? के कसरी सच्याउनुपर्छ ? केके कुरा सच्याउनुपर्छ ?’
टोलका सबै जनतासँग सुझाव लिने, चोक चोकबाट संकलन गर्ने अभियानका क्रममा करिव पाँच हजार जनतासँग सुझाव लिने मन्त्री किरातीको योजना छ । किरातीको जिम्मेजारी परेको बेलबारी नगरको ३ नम्बर वडामा पाँच हजार भन्दा धेरै मतदान छन् । सुझावहरु संकलन गर्न तयार पारिएको सुझवा पत्रमा उत्तर लेख्न खाली ठाउँ राखिएको छ । मन्त्री किरातीका अनुसार अभियानका क्रममा नेता कार्यकर्ताले उक्त सुझाव पत्र हरेक जनताको हातमा पुर्याउने छन् । र, जनताले सोही पत्रमा सुझाव लेख्ने छन् । जनताले लेखेको सुझाव संकलन गर्न मन्त्री किराती आफै वडाको चोक चोकमा पुग्ने छन् । जनतासँग लिएको सुझावलाई केन्द्रीत गरेर सार्वजनिक गर्दै प्राथमिकीकरणका आधारमा कार्यन्वयन गर्ने मन्त्री किरातीको योजना रहको छ । उनले भने, ‘त्यसै सुझाव लिन लागिएको होइन । हामी चाच्चिकै जनताको चाहना अनुसार काम गर्छौ । उहाँहरुले दिनु भएको सुझावलाई प्राथमिकीकणरका आधारमा कार्यन्वयन गर्ने योजना छ ।’ शनिबारदेखि देशैभर माओवादीको अभियान सुरु भएको छ । सबै वडामा औपचारिक कार्यक्रम गरेर अभियान प्रारम्भ भएको जानकारी गराइएको छ । अभियान प्रारम्भ हुनु अघि नै धेरै नेता तोकिएका वडामा पुगेर जनतासँग पुरानै शैलीमा भेटघाटमा व्यस्त छन् । तर, जनतासँग लिखित रुपमै सुझाव माग्ने काम कम्तिमा पनि माओादीका लागि पहिलो र नौलो अभ्यास हो । यसअघि पनि माओवादीले विभिन्न चरणमा अभियान सञ्चालन गरेको थियो । माओवादीका नेता कार्यकर्ता हुल बाँधेर देउसी खेले झै जनताको घर पुगेर फर्कन्थे । मन्त्री किरातील भने, ‘विगतमा मैले पनि त्यसै गरेका थिए तर अब त्यसो गरेर हुँदैन । जनतासँग स्वार्थी काम गरेर हुँदैन । जनताको कुरा सुनेर जनताकै लागि काम गर्नु नै सबैभन्दा राम्रो काम हो ।’ प्रचण्ड सरकारको क्रियाशील मन्त्रीको छवि बनाएका मन्त्री किराती १६ गते विहानैदेखि भेटघाट तथा सामाजिक कार्यमा जुटेका थिए । उनले यसअघिका शनिबारमा पनि सरसफाइ तथा वृक्षरोपणमा जुट्दै आएका छन् । यो शनिबार पनि मन्त्री किरातीले बेलबारी पुगेर पनि बेलबारी बहुमुखी क्याक्पस लगात धार्मिक तथा सांस्कृतिक सम्पदाहरुमा बिहानै वृक्षरोपण गरे । बिहान वृक्षरोपणमा जुटेका मन्त्री किराती दिउँसो अभियान घोषणा कार्यक्रममा सहभागी भए ।
प्रदेश–१ मा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चितवन, झापा र सुनसरी गरी छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको हो ।चितवनमो इच्छा मनकामना–३ सौराहका २७ बर्षीय चित्रकुमार गुरुङको स्काभेटर दुर्घटनाबाट मृत्यु छ ।...
विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका...
विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी भइ सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आइतबार भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल...
बुटवल, २९ कात्तिक-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा बिग्रिएको व्यवस्था फेर्न आफू अर्जुनदृष्टिका साथ लागेको बताएका छन् । मुलुकको कृषि व्यवस्था लामो समय अस्तव्यस्त हुँदा मुलुक गरिब बनेको भन्दै त्यसलाई फेर्न आफ्नो...
काठमाडौं, १६ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुँदैछ । विभिन्न...
विराटनगर । पूर्वाचल विश्वविद्यालयले आफ्नो एघारौं दीक्षान्त समारोह मनाएको छ। विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा...
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना भएको पुष्टिभएसँगै सतर्कता बढाइएको छ । बेलायतबाट आएका एकै परिवाका ३ जनामा कोरोनाको आशंका गरिएकामा २ जनामा पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सनसिटी अपार्टमेन्टमा बस्ने...
विराटनगर । हुलाकी सडकबाट प्रभावित स्थानमै पुगेर विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीयको गुनासो सुनेका छन् ।ठेकेदारको लापरबाहीका कारण विराटनगर–५ जामुनगाछी पश्चिम जाने सडक निर्माण हुन सकेको छैन । मेयर कोइरालाकै अग्रसरतामा पटक–पटक ठेकेदारसित छलफल...