तेली कल्याण समाज विराटनगरको अध्यक्षमा संजय कुमार साह
आइतबार, १७ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह, सहसचिब श्रृजना कुमारी साह र कोषाध्यक्षमा सरिता साह रहेका छन् । सदस्यहरुमा चन्द्र किशोर साह, संजीव कुमार साह, ललित कुमार साह, कमल साह, गंगा प्रसाद साह, ममता कुमारी साह, सत्य नारायण साह, मनिता साह र रेणु कुमारी साह रहेकी छिन् ।
सोही अवसरमा केही दिन अगाडी आयोजना गरिएको निबन्ध प्रतियोगिताको बिजेताहरुलाई पनि पुरस्कार वितरण गरियो । प्रतियोगिताको प्रथम बिशांक साह, द्धितीय पुजा कुमारी साह र राखि कुमारी साह भइन् । उनीहरुले क्रमशः ६ हजार, ३ हजार र २ हजार पाए ।
कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला रहेका थिए । कार्यक्रममा तेली कल्याण समाज नेपालका अध्यक्ष डा. बालकृष्ण साह, नेपाल वैश्य सेवा संघ मोरङ्ग वरिष्ठ सल्लाहकार राजेश गुप्ता, उपाध्यक्ष महेश कुमार साह, मारवाडी युवा मंच अध्यक्ष जय शर्मा, अप्पन बिराट परोपकार समाज अध्यक्ष बसुन्धरा झा, नेपाल सोनार समाज अध्यक्ष राजाराम साह, काइस्त समाज सचिव पंकज कुमार वर्मा, बलभद्र सेवा समाज कोषाध्यक्ष राजेश कुमार भगतलगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा बोल्दै तेली कल्याण समाज नेपालका अध्यक्ष डा. साहले आफ्नो हकअधिकार स्थापित गर्नको लागि तेली सामुदायहरु संगठीत भएर अगाडि बढनुपर्ने बताए । २०५४ सालमा स्थापित भएको तेली समाज देशभरीको १६ वटा जिल्लाहरुमा रहेको उनले बताए । मोरङको आधा दर्जन स्थानीय तहमा तेली समाज गठन भएको उनको भनाई छ । कार्यक्रममा ४ सय बढी तेली समाजको उपस्थीति रहेको थियो । बन्द शत्रमा निर्वाचन समिति संयोजकमा नरेन्द्र साह र सदस्यहरुमा वैद्यनाथ साह, चन्द्र नारायण साह रहेका थिए ।
विराटनगर/मकर संक्रान्तिको विशेष अवसरमा बखरी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सो विद्यालयका ११५ जना विद्यार्थीहरुलाई कठ्यांग्रीदो जाडोबाट बच्न न्यानो कपडा ट्र्याकसुट वितरण गरेको हो । विद्यालयका...
विराटनगर । विराटनगर स्थित लर्ड बुद्ध सेकेण्डरी स्कुल र कोशी मोडल स्कुल मर्जर भएको छ । एक कार्यक्रम आयोजना गरी लर्डबुद्ध र कोशी मोडल स्कुल सोमबार मर्जर भएको हो ।मर्जर पत्रमा लर्डबुद्ध स्कुलको तर्फबाट प्रबन्ध...
विराटनगर । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले लक्ष्य भन्दा बढी फरार प्रतिवादी पक्राउ गरी कानुनी दायरमा ल्याउन सफल भएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा ओखलुढंगा प्रहरीले ६० जना फरार प्रतिवादी पक्राउ गरि अदालतमा उपस्थिती...
देशभर ३० हजार जना क्वारेन्टाइनमा बस्न मिल्ने गरी क्वारेन्टाइन बनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा ३० हजार क्षमताकाे क्वारेनटाइन बनाइएको जानकारी गराएका हुन् । अहिले ९ हजार जना क्वारेन्टाइनमा रहेका छन् ।पर्याप्त आइसाेलेसन...
विराटनगर, २० माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक...
गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोशी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले कोसी अस्पताललाई २ र कोभिड-१९ अस्पतालाई १ गरि ३ वटा...
जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...
काठमाडौं, १६ पुस । पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ ।केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु,...