एनडिडिएमा नयाँ नेतृत्व, अध्यक्षमा शालिक राम आर्याल
मङ्गलबार, १२ भदौ, २०८०,
न्यूज विराट
विराटनगर । नेपाल दन्त सामाग्री वितरकहरुको संघ (एनडिडिए) को केन्द्रीय अध्यक्षमा शालिक राम अर्याल निर्वाचित भएका छन् । शनिवार काठमाण्डौमा सम्पन्न संघको तेस्रो साधारणसभाले अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । साधारणसभाले अध्यक्ष अर्यालसहित समितिका सबै पदाधिकारी तथा सदस्यहरुसमेत सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सुनिल बराइली , सचिवमा निरन्जन खतिवडा, सह–सचिवमा केशव प्रसाद लम्साल, कोषाध्यक्षमा प्रशान्त कुमार संघाई र सह–कोषाध्यक्षमा शेखर प्रसाद सुवेदीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा हरिराज रेग्मी , सञ्जीव वराल , सुमन अधिकारी, रमेश तिमल्सिना, सुवा श्रेष्ठ, अमरराज वस्याल र रोशिर मास्के निर्वाचित भएका छन् । साधारणसभाको बन्द सत्रले सबै पदाधिकारी तथा सदस्यहरुलाई पूनः दुई वर्षे कार्यकालकालागि सर्वसम्मत चयन गरेको नवनिर्वाचित केन्द्रीय सदस्य विराटनगरका हरिराज रेग्मीले जानकारी दिएका छन् ।
देशभर छरिएर रहेका दन्त सामाग्री वितरक व्यवसायीहरुलाई एकढिक्का बनाई व्यवसायीको हकहितमा काम गर्ने उद्देश्यले संघको स्थापना भएको जनाइएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले छरिएर रहेका दन्त सामाग्री वितरकहरुलाई संघमा आबद्ध गर्ने कार्यलाई तिब्रता दिई आउने दिनमा बृहद बनाइनुका साथै व्यवसायीका हकहितमा लागिपर्ने बताएका थिए । उनले दन्त सामाग्री वितरक व्यवसायीहरु बीच स्वस्थ्य प्रतिष्पर्धालाई आत्मसात गराउँदै व्यवसाय भित्र देखापर्ने विकृति र विसंगतिका विरुद्ध संघ एकताबद्ध भई लड्ने दावी गरे ।
जनकपुर, माघ २७–जनकपुरधाम उपमहानगरपालिकाको काम कारबाही करिब ३ महिनादेखि ठप्प छ । प्रदेश २ को अस्थायी राजधानीको उपमहानगरको आर्थिक कारोबार ठप्प हुँदा कर्मचारीहरूले कात्तिक महिनादेखिको तलब पाउन सकेका छैनन् भने पालिकाअन्तर्गतका शिक्षकहरू समेतले ३ महिनादेखि...
विराटनगर, २२ चैत्र । अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी हटाएको प्रदेश १ सरकारले नयाँ पदाधिकारी नियुक्त गरेको छ । आज मन्त्रिपरिषद् आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गर्ने...
काठमाडौं, २ साउन-पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको सहमतिअनुसार पटकपटक स्थगित हुँदै आएको बैठक आज बिहान ११ बजे...
विराटनगर, भदौ १० । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गर्नुभएको छ । मुख्यमन्त्रीमा आजै नियुक्त हुनुभएका एमाले नेता आचार्यले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको शपथ लिएपछि कार्यालयमा पुगेर पदभार...
बारा, भदौ १९ । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।...
विराटनगर । सुनसरीको इनरुवा नगरपालिका ३ घर भएकी २३ वर्षीया निकिता चौधरीको रहस्मय मृत्यु भएको छ । १९ महिना अगाडी ३२ वर्षीय नगेन्द्र भगतसँग विवाह भएको निकताको रहस्मय मृत्यु भएको हो । शनिबार राती साढे...
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले उत्तर कोरियाको कोभिड महामारीको तथ्यांकबारे आफ्नो पहुँच नभएको तर त्यहाँ संकट गहिरिएको हुन सक्ने अनुमान गरेको छ । १२ मेमा पहिलो कोभिड केस देखिएको घोषणा गरेको उत्तर कोरियाले गतसाता कोभिड नियन्त्रणमा...
सुनसरीको कोसी–८ भण्टाबारीमा गए राति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र२–०३–००१ख २५०५ नम्बरको...